< Ii Paralipomenon 27 >
1 Vigintiquinque annorum erat Ioatham cum regnare coepisset, et sedecim annis regnavit in Ierusalem: nomen matris eius Ierusa filia Sadoc.
योताम राजगद्दी आरोहण गर्दा पच्चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
2 Fecitque quod rectum erat coram Domino iuxta omnia quae fecerat Ozias pater suus, excepto quod non est ingressus templum Domini, et adhuc populus delinquebat.
हरेक कुरामा आफ्ना पिता उज्जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्ना दुष्ट चालमा लागिरहेका थिए ।
3 Ipse aedificavit portam domus Domini excelsam, et in muro Ophel multa construxit.
तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
4 Urbes quoque aedificavit in montibus Iuda, et in saltibus castella, et turres.
यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्ला र धरहराहरू बनाए ।
5 Ipse pugnavit contra regem filiorum Ammon, et vicit eos, dederuntque ei filii Ammon in tempore illo centum talenta argenti, et decem millia coros tritici, ac totidem coros hordei: haec ei praebuerunt filii Ammon in anno secundo et tertio.
अम्मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्त गरे । त्यसै वर्ष अम्मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्चिस हजार मुरी गहूँ र पच्चिस हजार मुरी जौ दिए । अम्मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्यसरी नै तिनलाई दिए ।
6 Corroboratusque est Ioatham eo quod direxisset vias suas coram Domino Deo suo.
यसरी परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
7 Reliqua autem sermonum Ioatham, et omnes pugnae eius, et opera, scripta sunt in Libro regum Israel et Iuda.
योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन् ।
8 Vigintiquinque annorum erat cum regnare coepisset, et sedecim annis regnavit in Ierusalem.
तिनी राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे ।
9 Dormivitque Ioatham cum patribus suis, et sepelierunt eum in Civitate David: et regnavit Achaz filius eius pro eo.
योताम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।