< Psalmorum 80 >

1 In finem, pro iis qui commutabuntur. Testimonium Asaph, psalmus. Qui regis Israël, intende; qui deducis velut ovem Joseph. Qui sedes super cherubim, manifestare
हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।
2 coram Ephraim, Benjamin, et Manasse. Excita potentiam tuam, et veni, ut salvos facias nos.
एफ्राइम, बेन्यामीन र मनश्‍शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3 Deus, converte nos, et ostende faciem tuam, et salvi erimus.
हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
4 Domine Deus virtutum, quousque irasceris super orationem servi tui?
हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?
5 cibabis nos pane lacrimarum, et potum dabis nobis in lacrimis in mensura?
तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
6 Posuisti nos in contradictionem vicinis nostris, et inimici nostri subsannaverunt nos.
हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
7 Deus virtutum, converte nos, et ostende faciem tuam, et salvi erimus.
हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8 Vineam de Ægypto transtulisti: ejecisti gentes, et plantasti eam.
तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो ।
9 Dux itineris fuisti in conspectu ejus; plantasti radices ejus, et implevit terram.
तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो ।
10 Operuit montes umbra ejus, et arbusta ejus cedros Dei.
त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो ।
11 Extendit palmites suos usque ad mare, et usque ad flumen propagines ejus.
यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
12 Ut quid destruxisti maceriam ejus, et vindemiant eam omnes qui prætergrediuntur viam?
तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
13 Exterminavit eam aper de silva, et singularis ferus depastus est eam.
वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।
14 Deus virtutum, convertere, respice de cælo, et vide, et visita vineam istam:
हे सर्वशक्तिमान् परमेश्‍वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्‍यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
15 et perfice eam quam plantavit dextera tua, et super filium hominis quem confirmasti tibi.
तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
16 Incensa igni et suffossa, ab increpatione vultus tui peribunt.
यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्छन् ।
17 Fiat manus tua super virum dexteræ tuæ, et super filium hominis quem confirmasti tibi.
तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् ।
18 Et non discedimus a te: vivificabis nos, et nomen tuum invocabimus.
तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।
19 Domine Deus virtutum, converte nos, et ostende faciem tuam, et salvi erimus.
हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।

< Psalmorum 80 >