< Job 12 >
1 Respondens autem Job, dixit:
तब अय्यूबले जवाफ दिए र भने,
2 Ergo vos estis soli homines, et vobiscum morietur sapientia?
“निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ । बुद्धि तपाईंहरूसितै मर्नेछ ।
3 Et mihi est cor sicut et vobis, nec inferior vestri sum; quis enim hæc quæ nostis ignorat?
तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?
4 Qui deridetur ab amico suo, sicut ego, invocabit Deum, et exaudiet eum: deridetur enim justi simplicitas.
म आफ्नो छिमेकीको हाँस्ने कुरा भएको छु, मैले परमेश्वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्ने कुरा भएको छु ।
5 Lampas contempta apud cogitationes divitum parata ad tempus statutum.
चैनमा बस्नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।
6 Abundant tabernacula prædonum, et audacter provocant Deum, cum ipse dederit omnia in manus eorum.
डाँकुहरूका पालको उन्नति हुन्छ, र परमेश्वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्वर हुन् ।
7 Nimirum interroga jumenta, et docebunt te; et volatilia cæli, et indicabunt tibi.
तर अब जङ्गली पशुहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंलाई भन्नेछन् । आकाशका चराहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् ।
8 Loquere terræ, et respondebit tibi, et narrabunt pisces maris.
वा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् ।
9 Quis ignorat quod omnia hæc manus Domini fecerit?
परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?
10 In cujus manu anima omnis viventis, et spiritus universæ carnis hominis.
उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।
11 Nonne auris verba dijudicat? et fauces comedentis, saporem?
जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र?
12 In antiquis est sapientia, et in multo tempore prudentia.
पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।
13 Apud ipsum est sapientia et fortitudo; ipse habet consilium et intelligentiam.
परमेश्वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।
14 Si destruxerit, nemo est qui ædificet; si incluserit hominem, nullus est qui aperiat.
हेर्नुहोस्, उहाँले तोड्नुहुन्छ, त्यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्छ भने, त्यहाँ छुटकारा हुँदैन ।
15 Si continuerit aquas, omnia siccabuntur; et si emiserit eas, subvertent terram.
हेर्नुहोस्, उहाँले पानीलाई रोक्नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्छ भने, तिनले जमिनलाई डुबाउँछ ।
16 Apud ipsum est fortitudo et sapientia; ipse novit et decipientem, et eum qui decipitur.
उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्छन् ।
17 Adducit consiliarios in stultum finem, et judices in stuporem.
उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।
18 Balteum regum dissolvit, et præcingit fune renes eorum.
उहाँले राजाहरूको उच्च अधिकार खोस्नुहुन्छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ ।
19 Ducit sacerdotes inglorios, et optimates supplantat:
उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्नुहुन्छ ।
20 commutans labium veracium, et doctrinam senum auferens.
उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्याउनुहुन्छ ।
21 Effundit despectionem super principes, eos qui oppressi fuerant relevans.
उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्नुहुन्छ ।
22 Qui revelat profunda de tenebris, et producit in lucem umbram mortis.
उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्यारो छायामा ज्योति ल्याउनुहुन्छ ।
23 Qui multiplicat gentes, et perdit eas, et subversas in integrum restituit.
उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ ।
24 Qui immutat cor principum populi terræ, et decipit eos ut frustra incedant per invium:
उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन ।
25 palpabunt quasi in tenebris, et non in luce, et errare eos faciet quasi ebrios.
उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।