< Isaiæ 65 >

1 Quæsierunt me qui ante non interrogabant; invenerunt qui non quæsierunt me. Dixi: Ecce ego, ecce ego, ad gentem quæ non invocabat nomen meum.
“जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
2 Expandi manus meas tota die ad populum incredulum, qui graditur in via non bona post cogitationes suas.
हठी मानिसहरूलाई दिनभरि मैले आफ्‍ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
3 Populus qui ad iracundiam provocat me ante faciem meam semper; qui immolant in hortis, et sacrificant super lateres;
तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
4 qui habitant in sepulchris, et in delubris idolorum dormiunt; qui comedunt carnem suillam, et jus profanum in vasis eorum;
तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्‍ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
5 qui dicunt: Recede a me, non appropinques mihi, quia immundus es. Isti fumus erunt in furore meo, ignis ardens tota die.
तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन् ।
6 Ecce scriptum est coram me: Non tacebo, sed reddam, et retribuam in sinum eorum.
हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
7 Iniquitates vestras, et iniquitates patrum vestrorum simul, dicit Dominus; qui sacrificaverunt super montes, et super colles exprobraverunt mihi; et remetiar opus eorum primum in sinu eorum.
तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्‍नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
8 Hæc dicit Dominus: Quomodo si inveniatur granum in botro, et dicatur: Ne dissipes illud, quoniam benedictio est: sic faciam propter servos meos, ut non disperdam totum.
परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
9 Et educam de Jacob semen, et de Juda possidentem montes meos; et hæreditabunt eam electi mei, et servi mei habitabunt ibi.
याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् ।
10 Et erunt campestria in caulas gregum, et vallis Achor in cubile armentorum, populo meo qui requisierunt me.
मलाई खोज्‍ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्‍नेछन् ।
11 Et vos qui dereliquistis Dominum, qui obliti estis montem sanctum meum, qui ponitis fortunæ mensam, et libatis super eam:
तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
12 numerabo vos in gladio, et omnes in cæde corruetis: pro eo quod vocavi, et non respondistis; locutus sum, et non audistis; et faciebatis malum in oculis meis, et quæ nolui elegistis.
तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।”
13 Propter hoc hæc dicit Dominus Deus: Ecce servi mei comedent, et vos esurietis; ecce servi mei bibent, et vos sitietis;
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
14 ecce servi mei lætabuntur, et vos confundemini; ecce servi mei laudabunt præ exsultatione cordis, et vos clamabitis præ dolore cordis, et præ contritione spiritus ululabitis,
हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
15 et dimittetis nomen vestrum in juramentum electis meis; et interficiet te Dominus Deus, et servos suos vocabit nomine alio:
मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
16 in quo qui benedictus est super terram benedicetur in Deo, amen, et qui jurat in terra jurabit in Deo, amen: quia oblivioni traditæ sunt angustiæ priores, et quia absconditæ sunt ab oculis meis.
पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्‍वरद्वारा आशिषित्‌ हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन् ।
17 Ecce enim ego creo cælos novos, et terram novam; et non erunt in memoria priora, et non ascendent super cor.
किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
18 Sed gaudebitis et exsultabitis usque in sempiternum in his quæ ego creo: quia ecce ego creo Jerusalem exsultationem, et populum ejus gaudium.
तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु ।
19 Et exsultabo in Jerusalem, et gaudebo in populo meo, et non audietur in eo ultra vox fletus et vox clamoris.
यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्‍टको सोर कदापि सुनिनेछैन ।
20 Non erit ibi amplius infans dierum, et senex qui non impleat dies suos, quoniam puer centum annorum morietur, et peccator centum annorum maledictus erit.
त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ ।
21 Et ædificabunt domos, et habitabunt; et plantabunt vineas, et comedent fructus earum.
तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
22 Non ædificabunt, et alius habitabit; non plantabunt, et alius comedet: secundum enim dies ligni erunt dies populi mei, et opera manuum eorum inveterabunt.
तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
23 Electi mei non laborabunt frustra, neque generabunt in conturbatione, quia semen benedictorum Domini est, et nepotes eorum cum eis.
तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
24 Eritque antequam clament, ego exaudiam; adhuc illis loquentibus, ego audiam.
तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।
25 Lupus et agnus pascentur simul, leo et bos comedent paleas, et serpenti pulvis panis ejus. Non nocebunt, neque occident in omni monte sancto meo, dicit Dominus.
ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

< Isaiæ 65 >