< Isaiæ 32 >
1 Ecce in justitia regnabit rex, et principes in judicio præerunt.
हेर, एक जना राजाले धर्मिकतामा राज्य गर्नेछन् र शासकहरूले न्यायमा राज्य गर्नेछन् ।
2 Et erit vir sicut qui absconditur a vento, et celat se a tempestate; sicut rivi aquarum in siti, et umbra petræ prominentis in terra deserta.
प्रत्येक व्यक्ति हावाबाट बच्ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
3 Non caligabunt oculi videntium, et aures audientium diligenter auscultabunt.
तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्नेहरूका कानले ध्यानपुर्वक सुन्नेछन् ।
4 Et cor stultorum intelliget scientiam, et lingua balborum velociter loquetur et plane.
हडबडेले समझदार भएर होसियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्टसँग र सजिलोसँग बोल्नेछ ।
5 Non vocabitur ultra is qui insipiens est, princeps, neque fraudulentus appellabitur major;
मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान भनिनेछ ।
6 stultus enim fatua loquetur, et cor ejus faciet iniquitatem, ut perficiat simulationem, et loquatur ad Dominum fraudulenter, et vacuam faciat animam esurientis, et potum sitienti auferat.
किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।
7 Fraudulenti vasa pessima sunt; ipse enim cogitationes concinnavit ad perdendos mites in sermone mendacii, cum loqueretur pauper judicium.
छलीका विधिहरू खराब हुन्छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्ट योजनाहरू बनाउँछ ।
8 Princeps vero ea quæ digna sunt principe cogitabit, et ipse super duces stabit.
तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्छ ।
9 Mulieres opulentæ, surgite, et audite vocem meam; filiæ confidentes, percipite auribus eloquium meum.
ए चैनमा बसेका स्त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्ता नभएका छोरीहरू, मेरो कुरा सुन ।
10 Post dies enim et annum, vos conturbabimini confidentes; consummata est enim vindemia, collectio ultra non veniet.
किनकि ए चिन्ता नभएका स्त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्मा गर्ने समय आउनेछैन ।
11 Obstupescite, opulentæ; conturbamini, confidentes: exuite vos et confundimini; accingite lumbos vestros.
ए चैनमा बस्ने स्त्रीहरू, थरथर होओ । ए निर्धक्क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
12 Super ubera plangite, super regione desiderabili, super vinea fertili.
राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।
13 Super humum populi mei spinæ et vepres ascendent: quanto magis super omnes domos gaudii civitatis exultantis!
मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।
14 Domus enim dimissa est, multitudo urbis relicta est, tenebræ et palpatio factæ sunt super speluncas usque in æternum; gaudium onagrorum, pascua gregum.
किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
15 Donec effundatur super nos spiritus de excelso, et erit desertum in carmel, et carmel in saltum reputabitur.
माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्म ।
16 Et habitabit in solitudine judicium, et justitia in carmel sedebit.
तब न्यान उजाड-स्थान बास गर्नेछ । अनि धार्मिकताचाहिं फलदायी खेतमा बास गर्नेछ ।
17 Et erit opus justitiæ pax, et cultus justitiæ silentium, et securitas usque in sempiternum.
धार्मिकताको कामचाहिं शान्ति हुनेछ । अनि धार्मिकताको परिणामचाहिं सदासर्वदा शान्ति र दृढता हुनेछ ।
18 Et sedebit populus meus in pulchritudine pacis, et in tabernaculis fiduciæ, et in requie opulenta.
मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
19 Grando autem in descensione saltus, et humilitate humiliabitur civitas.
तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि,
20 Beati qui seminatis super omnes aquas, immittentes pedem bovis et asini.
तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित् हुनेछौ ।