< Genesis 6 >

1 Cumque cœpissent homines multiplicari super terram, et filias procreassent,
मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,
2 videntes filii Dei filias hominum quod essent pulchræ, acceperunt sibi uxores ex omnibus, quas elegerant.
परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।
3 Dixitque Deus: Non permanebit spiritus meus in homine in æternum, quia caro est: eruntque dies illius centum viginti annorum.
परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।”
4 Gigantes autem erant super terram in diebus illis: postquam enim ingressi sunt filii Dei ad filias hominum, illæque genuerunt, isti sunt potentes a sæculo viri famosi.
ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए ।
5 Videns autem Deus quod multa malitia hominum esset in terra, et cuncta cogitatio cordis intenta esset ad malum omni tempore,
पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।
6 pœnituit eum quod hominum fecisset in terra. Et tactus dolore cordis intrinsecus,
पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।
7 Delebo, inquit, hominem, quem creavi, a facie terræ, ab homine usque ad animantia, a reptili usque ad volucres cæli: pœnitet enim me fecisse eos.
यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।”
8 Noë vero invenit gratiam coram Domino.
तर नोआले परमप्रभुको निगाह पाए ।
9 Hæ sunt generationes Noë: Noë vir justus atque perfectus fuit in generationibus suis; cum Deo ambulavit.
यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।
10 Et genuit tres filios, Sem, Cham et Japheth.
नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।
11 Corrupta est autem terra coram Deo, et repleta est iniquitate.
परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको र हिंसाले भरिएको थियो ।
12 Cumque vidisset Deus terram esse corruptam (omnis quippe caro corruperat viam suam super terram),
परमेश्‍वरले पृथ्वीलाई देख्‍नुभयो; हेर, यो त भ्रष्‍ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्‍ट भएका थिए ।
13 dixit ad Noë: Finis universæ carnis venit coram me: repleta est terra iniquitate a facie eorum, et ego disperdam eos cum terra.
परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु ।
14 Fac tibi arcam de lignis lævigatis; mansiunculas in arca facies, et bitumine linies intrinsecus et extrinsecus.
तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू ।
15 Et sic facies eam: trecentorum cubitorum erit longitudo arcæ, quinquaginta cubitorum latitudo, et triginta cubitorum altitudo illius.
तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस् ।
16 Fenestram in arca facies, et in cubito consummabis summitatem ejus: ostium autem arcæ pones ex latere; deorsum, cœnacula et tristega facies in ea.
जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू ।
17 Ecce ego adducam aquas diluvii super terram, ut interficiam omnem carnem, in qua spiritus vitæ est subter cælum: universa quæ in terra sunt, consumentur.
सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् ।
18 Ponamque fœdus meum tecum: et ingredieris arcam tu et filii tui, uxor tua, et uxores filiorum tuorum tecum.
तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ ।
19 Et ex cunctis animantibus universæ carnis bina induces in arcam, ut vivant tecum: masculini sexus et feminini.
हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र
20 De volucribus juxta genus suum, et de jumentis in genere suo, et ex omni reptili terræ secundum genus suum: bina de omnibus ingredientur tecum, ut possint vivere.
पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू ।
21 Tolles igitur tecum ex omnibus escis, quæ mandi possunt, et comportabis apud te: et erunt tam tibi, quam illis in cibum.
खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ ।”
22 Fecit igitur Noë omnia quæ præceperat illi Deus.
यसैले नोआले यो गरे । तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे ।

< Genesis 6 >

The World is Destroyed by Water
The World is Destroyed by Water