< Genesis 23 >
1 Vixit autem Sara centum viginti septem annis.
सारा एक सय सत्ताइस वर्ष बाँचिन् । साराका जीवनमा वर्षहरू यी नै थिए ।
2 Et mortua est in civitate Arbee, quæ est Hebron, in terra Chanaan: venitque Abraham ut plangeret et fleret eam.
सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन् । अब्राहामले साराको निम्ति शोक र विलाप गरे ।
3 Cumque surrexisset ab officio funeris, locutus est ad filios Heth, dicens:
त्यसपछि अब्राहाम आफ्नी पत्नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
4 Advena sum et peregrinus apud vos: date mihi jus sepulchri vobiscum, ut sepeliam mortuum meum.
“म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
5 Responderunt filii Heth, dicentes:
हेतका छोराहरूले अब्राहामलाई भने,
6 Audi nos, domine: princeps Dei es apud nos: in electis sepulchris nostris sepeli mortuum tuum, nullusque te prohibere poterit quin in monumento ejus sepelias mortuum tuum.
“मालिक, हाम्रा कुरा सुन्नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस् । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्ये कसैले पनि आफ्नो चिहान तपाईंलाई दिन इन्कार गर्नेछैन ।”
7 Surrexit Abraham, et adoravit populum terræ, filios videlicet Heth:
तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्डवत् गरे ।
8 dixitque ad eos: Si placet animæ vestræ ut sepeliam mortuum meum, audite me, et intercedite pro me apud Ephron filium Seor:
तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्जुर छ भने मेरो कुरो सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति बिन्ती गरिदिनुहोस् ।
9 ut det mihi speluncam duplicem, quam habet in extrema parte agri sui: pecunia digna tradat eam mihi coram vobis in possessionem sepulchri.
उनका खेतको छेउमा भएको आफ्नो मक्पेलाको ओडार मलाई बेच्न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
10 Habitabat autem Ephron in medio filiorum Heth. Responditque Ephron ad Abraham, cunctis audientibus qui ingrediebantur portam civitatis illius, dicens:
त्यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
11 Nequaquam ita fiat, domine mi, sed tu magis ausculta quod loquor. Agrum trado tibi, et speluncam quæ in eo est, præsentibus filiis populi mei; sepeli mortuum tuum.
“होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्ने म त्यो तपाईंलाई दिन्छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
12 Adoravit Abraham coram populo terræ.
अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे ।
13 Et locutus est ad Ephron circumstante plebe: Quæso ut audias me: dabo pecuniam pro agro: suscipe eam, et sic sepeliam mortuum meum in eo.
अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्जुरी भए मेरो कुरा सुन्नुहोस् । म त्यस जग्गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
।” एप्रोनले अब्राहामलाई भने,
15 Domine mi, audi me: terra, quam postulas, quadringentis siclis argenti valet: istud est pretium inter me et te: sed quantum est hoc? sepeli mortuum tuum.
“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।”
16 Quod cum audisset Abraham, appendit pecuniam, quam Ephron postulaverat, audientibus filiis Heth, quadringentos siclos argenti probatæ monetæ publicæ.
अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए ।
17 Confirmatusque est ager quondam Ephronis, in quo erat spelunca duplex, respiciens Mambre, tam ipse, quam spelunca, et omnes arbores ejus in cunctis terminis ejus per circuitum,
यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
18 Abrahæ in possessionem, videntibus filiis Heth, et cunctis qui intrabant portam civitatis illius.
त्यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।
19 Atque ita sepelivit Abraham Saram uxorem suam in spelunca agri duplici, quæ respiciebat Mambre. Hæc est Hebron in terra Chanaan.
त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाक खेतको ओडारमा गाडे ।
20 Et confirmatus est ager, et antrum quod erat in eo, Abrahæ in possessionem monumenti a filiis Heth.
यसरी त्यो खेत र त्यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।