< I Paralipomenon 26 >
1 Divisiones autem janitorum: de Coritis Meselemia, filius Core, de filiis Asaph.
द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्याह, जो आसापका छोरा थिए ।
2 Filii Meselemiæ: Zacharias primogenitus, Jadihel secundus, Zabadias tertius, Jathanaël quartus,
मेशेलेम्याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्नीएल,
3 Ælam quintus, Johanan sextus, Elioënai septimus.
ठाइँला एलाम, अन्तरे येहोहानान, र कान्छा एल्यहोएनै थिए ।
4 Filii autem Obededom: Semeias primogenitus, Jozabad secundus, Joaha tertius, Sachar quartus, Nathanaël quintus,
ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
5 Ammiel sextus, Issachar septimus, Phollathi octavus: quia benedixit illi Dominus.
अन्तरे अम्मीएल, जन्तरे इस्साखार र कान्छा पुल्लतै, किनकि परमेश्वरले ओबेद एदोमलाई आशिष् दिनुभएको थियो ।
6 Semei autem filio ejus nati sunt filii, præfecti familiarum suarum: erant enim viri fortissimi.
तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
7 Filii ergo Semeiæ: Othni, et Raphaël, et Obed, Elzabad, fratres ejus viri fortissimi: Eliu quoque et Samachias.
शमायाहका छोराहरू ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।
8 Omnes hi, de filiis Obededom: ipsi, et filii et fratres eorum, fortissimi ad ministrandum, sexaginta duo de Obededom.
यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए ।
9 Porro Meselemiæ filii, et fratres eorum robustissimi, decem et octo.
मशेलेम्याहका छोराहरू र आफन्तहरू सबै योग्यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्ख्या १८ जना थिए ।
10 De Hosa autem, id est, de filiis Merari: Semri princeps (non enim habuerat primogenitum, et idcirco posuerat eum pater ejus in principem),
मरारीका सन्तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
11 Helcias secundus, Tabelias tertius, Zacharias quartus: omnes hi filii et fratres Hosa, tredecim.
माहिला हिल्कियाह, साहिंला तबलियाह र कान्छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्मा सङ्ख्या १३ जना थिए ।
12 Hi divisi sunt in janitores, ut semper principes custodiarum, sicut et fratres eorum ministrarent in domo Domini.
तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैं परमप्रभुको मन्दिरको सेवा गर्नुपर्थ्यो ।
13 Missæ sunt ergo sortes ex æquo, et parvis et magnis, per familias suas in unamquamque portarum.
तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्ति चिट्ठा हाले ।
14 Cecidit ergo sors orientalis, Selemiæ. Porro Zachariæ filio ejus, viro prudentissimo et erudito, sortito obtigit plaga septentrionalis.
जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्यो शेलेम्याहको नाउँमा पर्यो । तब तिनका छोरा बुद्धिमान् सल्लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्ति तिनलाई चिट्ठा पर्यो ।
15 Obededom vero et filiis ejus ad austrum: in qua parte domus erat seniorum concilium.
ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।
16 Sephim et Hosa ad occidentem, juxta portam, quæ ducit ad viam ascensionis: custodia contra custodiam.
शुप्पीम र होसालाई पश्चिम ढोका र माथिल्लो बाटोको शल्केत प्रवेशद्वार पर्यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।
17 Ad orientem vero Levitæ sex: et ad aquilonem, quatuor per diem: atque ad meridiem similiter in die quatuor: et ubi erat concilium bini et bini.
पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्थे ।
18 In cellulis quoque janitorum ad occidentem quatuor in via, binique per cellulas.
पश्चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।
19 Hæ sunt divisiones janitorum filiorum Core et Merari.
द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्तानहरूबाट भरिएको थियो ।
20 Porro Achias erat super thesauros domus Dei, et vasa sanctorum.
लेवीहरूमध्येबाट अहीजा परमेश्वरको मन्दिरका भण्डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्डारका जिम्मावाल थिए ।
21 Filii Ledan, filii Gersonni: de Ledan principes familiarum Ledan, et Gersonni, Jehieli.
लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
22 Filii Jehieli: Zathan, et Joël fratres ejus super thesauros domus Domini.
यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए ।
23 Amramitis, et Isaaritis, et Hebronitis, et Ozihelitis.
अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका वंशहरूबाटः
24 Subaël autem filius Gersom filii Moysi, præpositus thesauris.
मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्डारहरूका सुपरिवेक्षक थिए ।
25 Fratres quoque ejus Eliezer, cujus filius Rahabia, et hujus filius Isaias, et hujus filius Joram, hujus quoque filius Zechri, et hujus filius Selemith.
एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
26 Ipse Selemith, et fratres ejus, super thesauros sanctorum quæ sanctificavit David rex, et principes familiarum, et tribuni, et centuriones, et duces exercitus,
दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्डरहरू र सेनाका अरू कमाण्डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
27 de bellis et manubiis præliorum, quæ consecraverant ad instaurationem et supellectilem templi Domini.
तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति छुट्याएका थिए ।
28 Hæc autem universa sanctificavit Samuel videns, et Saul filius Cis, et Abner filius Ner, et Joab filius Sarviæ: omnes qui sanctificaverant ea per manum Selemith et fratrum ejus.
अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्मामा थिए ।
29 Isaaritis vero præerat Chonenias, et filii ejus ad opera forinsecus super Israël ad docendum et judicandum eos.
यिसहारीका सन्तानहरूबाट, कनन्याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
30 Porro de Hebronitis Hasabias, et fratres ejus viri fortissimi, mille septingenti præerant Israëli trans Jordanem contra occidentem, in cunctis operibus Domini, et in ministerium regis.
हेब्रोनका सन्तानहरूबाट, हशब्याह र तिनका दाजुभाइ १,७०० योग्य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्चिमतिर थिए ।
31 Hebronitarum autem princeps fuit Jeria secundum familias et cognationes eorum. Quadragesimo anno regni David recensiti sunt, et inventi sunt viri fortissimi in Jazer Galaad,
हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्यका मानिसहरू भेट्टाइए ।
32 fratresque ejus robustioris ætatis, duo millia septingenti principes familiarum. Præposuit autem eos David rex Rubenitis, et Gadditis, et dimidiæ tribui Manasse, in omne ministerium Dei et regis.
यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।