< Actuum Apostolorum 18 >

1 Post hæc egressus ab Athenis, venit Corinthum:
यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
2 et inveniens quemdam Iudæum nomine Aquilam, Ponticum genere, qui nuper venerat ab Italia, et Priscillam uxorem eius, (eo quod præcepisset Claudius discedere omnes Iudæos a Roma) accessit ad eos.
त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
3 Et quia eiusdem erat artis, manebat apud eos, et operabatur: (erant autem scenofactoriæ artis.)
पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
4 Et disputabat in synagoga per omne sabbatum, interponens nomen Domini Iesu, suadebatque Iudæis, et Græcis.
तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
5 Cum venissent autem de Macedonia Silas et Timotheus, instabat verbo Paulus, testificans Iudæis esse Christum Iesum.
तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
6 Contradicentibus autem eis, et blasphemantibus, excutiens vestimenta sua, dixit ad eos: Sanguis vester super caput vestrum: mundus ego, ex hoc ad Gentes vadam.
तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
7 Et migrans inde, intravit in domum cuiusdam, nomine Titi Iusti, colentis Deum, cuius domus erat coniuncta synagogæ.
तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
8 Crispus autem archisynagogus credidit Domino cum omni domo sua: et multi Corinthiorum audientes credebant, et baptizabantur.
सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
9 Dixit autem Dominus nocte per visionem Paulo: Noli timere, sed loquere, et ne taceas:
राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
10 propter quod ego sum tecum: et nemo apponetur tibi ut noceat te: quoniam populus est mihi multus in hac civitate.
किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
11 Sedit autem ibi annum et sex menses, docens apud eos verbum Dei.
त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए ।
12 Gallione autem proconsule Achaiæ, insurrexerunt uno animo Iudæi in Paulum, et adduxerunt eum ad tribunal,
तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
13 dicentes: Quia contra legem hic persuadet hominibus colere Deum.
तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ ।”
14 Incipiente autem Paulo aperire os, dixit Gallio ad Iudæos: Si quidem esset iniquum aliquid, aut facinus pessimum o viri Iudæi, recte vos sustinerem.
तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
15 Si vero quæstiones sunt de verbo, et nominibus, et lege vestra, vos ipsi videritis: Iudex ego horum nolo esse.
तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्‍नँ ।”
16 Et minavit eos a tribunali.
तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए ।
17 Apprehendentes autem omnes Sosthenem principem synagogæ, percutiebant eum ante tribunal: et nihil eorum Gallioni curæ erat.
तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
18 Paulus vero cum adhuc sustinuisset dies multos, fratribus valefaciens, navigavit in Syriam, (et cum eo Priscilla, et Aquila) qui sibi totonderat in Cenchris caput: habebat enim votum.
धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
19 Devenitque Ephesum, et illos ibi reliquit. Ipse vero ingressus synagogam, disputabat cum Iudæis.
जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
20 Rogantibus autem eis ut ampliori tempore maneret, non consensit,
तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।
21 sed valefaciens, et dicens, Iterum revertar ad vos Deo volente, profectus est ab Epheso.
तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
22 Et descendens Cæsaream, ascendit, et salutavit Ecclesiam, et descendit Antiochiam.
कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
23 Et facto ibi aliquanto tempore profectus est, perambulans ex ordine Galaticam regionem, et Phrygiam, confirmans omnes discipulos.
त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
24 Iudæus autem quidam, Apollo nomine, Alexandrinus genere, vir eloquens, devenit Ephesum, potens in scripturis.
अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
25 Hic erat edoctus viam Domini: et fervens spiritu loquebatur, et docebat diligenter ea, quæ sunt Iesu, sciens tantum baptisma Ioannis.
अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो ।
26 Hic ergo cœpit fiducialiter agere in synagoga. Quem cum audissent Priscilla et Aquila, assumpserunt eum, et diligentius exposuerunt ei viam Domini.
अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
27 Cum autem vellet ire Achaiam, exhortati fratres, scripserunt discipulis ut susciperent eum. Qui cum venisset, contulit multum his, qui crediderant.
जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
28 Vehementer enim Iudæos revincebat publice, ostendens per Scripturas, esse Christum Iesum.
धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।

< Actuum Apostolorum 18 >