< Actuum Apostolorum 1 >
1 Primum quidem sermonem feci de omnibus, o Theophile, quæ cœpit Iesus facere, et docere
थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ ।
2 usque in diem, qua præcipiens Apostolis per Spiritum sanctum, quos elegit, assumptus est:
उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।
3 quibus et præbuit seipsum vivum post passionem suam in multis argumentis, per dies quadraginta apparens eis, et loquens de regno Dei.
उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा बताउनु भयो ।
4 Et convescens, præcepit eis ab Ierosolymis ne discederent, sed expectarent promissionem Patris, quam audistis (inquit) per os meum:
उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्नुभयो, “तिमीहरूले मबाट सुन्यौ
5 quia Ioannes quidem baptizavit aqua, vos autem baptizabimini Spiritu sancto non post multos hos dies.
कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।
6 Igitur qui convenerant, interrogabant eum, dicentes: Domine si in tempore hoc restitues regnum Israel?
तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?”
7 Dixit autem eis: Non est vestrum nosse tempora vel momenta, quæ Pater posuit in sua potestate:
उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्नुभएको समय र ऋतुहरू जान्ने काम तिमीहरूको होइन ।
8 sed accipietis virtutem supervenientis Spiritus sancti in vos, et eritis mihi testes in Ierusalem, et in omni Iudæa, et Samaria, et usque ad ultimum terræ.
तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
9 Et cum hæc dixisset, videntibus illis, elevatus est: et nubes suscepit eum ab oculis eorum.
येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
10 Cumque intuerentur in cælum euntem illum, ecce duo viri astiterunt iuxta illos in vestibus albis,
उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।
11 qui et dixerunt: Viri Galilæi quid statis aspicientes in cælum? hic Iesus, qui assumptus est a vobis in cælum, sic veniet quemadmodum vidistis eum euntem in cælum.
तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
12 Tunc reversi sunt Ierosolymam a monte, qui vocatur Oliveti, qui est iuxta Ierusalem, sabbati habens iter.
त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।
13 Et cum introissent in cœnaculum, ascenderunt ubi manebant Petrus, et Ioannes, Iacobus, et Andreas, Philippus, et Thomas, Bartholomæus, et Matthæus, Iacobus Alphæi, et Simon Zelotes, et Iudas Iacobi.
तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।
14 hi omnes erant perseverantes unanimiter in oratione cum mulieribus, et Maria matre Iesu, et fratribus eius.
तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।
15 In diebus illis exurgens Petrus in medio fratrum dixit (erat autem turba hominum simul, fere centum viginti.)
ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,
16 Viri fratres, oportet impleri Scripturam, quam prædixit Spiritus sanctus per os David de Iuda, qui fuit dux eorum, qui comprehenderunt Iesum:
“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पुरा हुनु आवश्यक थियो ।
17 qui connumeratus erat in nobis, et sortitus est sortem ministerii huius.
किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्त गर्यो ।”
18 Et hic quidem possedit agrum de mercede iniquitatis, et suspensus crepuit medius: et diffusa sunt omnia viscera eius.
(यो मानिसले उसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो ।
19 Et notum factum est omnibus habitantibus Ierusalem, ita ut appellaretur ager ille, lingua eorum, Haceldama, hoc est, ager sanguinis.
यो कुरा यरूशलेममा बस्ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )
20 Scriptum est enim in libro Psalmorum: Fiat commoratio eorum deserta, et non sit qui inhabitet in ea: et episcopatum eius accipiat alter.
“किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’
21 Oportet ergo ex his viris, qui nobiscum sunt congregati in omni tempore, quo intravit et exivit inter nos Dominus Iesus,
यसकारण यो आवश्यक छ कि, यूहन्नाको बप्तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”
22 incipiens a baptismate Ioannis usque in diem, qua assumptus est a nobis, testem resurrectionis eius nobiscum fieri unum ex istis.
23 Et statuerunt duos, Ioseph, qui vocabatur Barsabas, qui cognominatus est Iustus: et Mathiam.
तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे ।
24 Et orantes dixerunt: Tu Domine, qui corda nosti omnium, ostende, quem elegeris ex his duobus unum
तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस्
25 accipere locum ministerii huius, et apostolatus, de quo prævaricatus est Iudas ut abiret in locum suum.
यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”
26 Et dederunt sortes eis, et cecidit sors super Mathiam, et annumeratus est cum undecim Apostolis.
उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।