< Psalmorum 61 >
1 In finem, In hymnis David. Exaudi Deus deprecationem meam: intende orationi meæ.
हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
2 A finibus terræ ad te clamavi: dum anxiaretur cor meum, in petra exaltasti me. Deduxisti me,
मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् ।
3 quia factus es spes mea: turris fortitudinis a facie inimici.
किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्ने बलियो धरहरा हुनुभएको छ ।
4 Inhabitabo in tabernaculo tuo in sæcula: protegar in velamento alarum tuarum.
मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
5 Quoniam tu Deus meus exaudisti orationem meam: dedisti hereditatem timentibus nomen tuum.
किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।
6 Dies super dies regis adiicies: annos eius usque in diem generationis et generationis.
तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
7 Permanet in æternum in conspectu Dei: misericordiam et veritatem eius quis requiret?
तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
8 Sic psalmum dicam nomini tuo in sæculum sæculi: ut reddam vota mea de die in diem.
तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्नो भाकल पुरा गर्न सकौं।