< Nehemiæ 10 >
1 Signatores autem fuerunt, Nehemias, Athersatha filius Hachelai, et Sedecias,
सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
2 Saraias, Azarias, Ieremias,
सरायाह, अजर्याह, यर्मिया,
3 Pheshur, Amarias, Melchias,
पशहूर, अमर्याह, मल्कियाह,
4 Hattus, Sebenia, Melluch,
हत्तूश, शबन्याह, मल्लूक,
5 Harem, Merimuth, Obdias,
हारीम, मरेमोत, ओबदिया,
6 Daniel, Genthon, Baruch,
दानिएल, गिन्नतोन, बारूक,
7 Mosollam, Abia, Miamin,
मशुल्लाम, अबिया, मियामीन,
8 Maazia, Belgai, Semeia: hi sacerdotes.
माज्याह, बिल्गै, र शमायाह । यिनीहरूचाहिँ पुजारी थिए ।
9 Porro Levitæ, Iosue filius Azaniæ, Bennui de filiis Henadad, Cedmihel,
लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,
10 et fratres eorum, Sebenia, Odaia, Celita, Phalaia, Hanan,
र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
11 Micha, Rohob, Hasebia,
मीयका, रहोब, हशब्याह,
12 Zachur, Serebia, Sabania,
जक्कूर, शरेबियाह, शबन्याह,
14 Capita populi, Pharos, Phahathmoab, Ælam, Zethu, Bani,
मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
19 Hareph, Anathoth, Nebai,
हारीप, अनातोत, नेबै,
20 Megphias, Mosollam, Hazir,
मग्पीआस, मशुल्लाम, हेजीर,
21 Mesizabel, Sadoc, Ieddua,
मशेजेबेल, सादोक, यदूअ,
22 Pheltia, Hanan, Anaia,
पलत्याह, हानान, अनायाह,
होशिया, हनन्याह, हश्शूब,
24 Alohes, Phalea, Sobec,
हल्लोहेश, पिल्हा, शोबक,
25 Rehum, Hasebna, Maasia,
रेहूम, हशब्ना, मासेयाह,
27 Melluch, Haran, Baana:
मल्लूक, हारीम र बानाह ।
28 et reliqui de populo, Sacerdotes, Levitæ, ianitores, et cantores, Nathinæi, et omnes qui se separaverunt de populis terrarum ad legem Dei, uxores eorum, filii eorum, et filiæ eorum,
बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,
29 omnes qui poterant sapere spondentes pro fratribus suis, optimates eorum, et qui veniebant ad pollicendum, et iurandum ut ambularent in lege Dei, quam dederat in manu Moysi servi Dei, ut facerent et custodirent universa mandata Domini Dei nostri, et iudicia eius et ceremonias eius,
तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
30 et ut non daremus filias nostras populo terræ, et filias eorum non acciperemus filiis nostris.
हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्यौँ ।
31 Populi quoque terræ, qui important venalia, et omnia ad usum, per diem Sabbati ut vendant, non accipiemus ab eis in Sabbato et in die sanctificato. Et dimittemus annum septimum, et exactionem universæ manus.
त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्ने प्रतिज्ञा पनि गर्यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ ।
32 Et statuemus super nos præcepta, ut demus tertiam partem sicli per annum ad opus domus Dei nostri,
हाम्रा परमेश्वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्यौँ ।
33 ad panes propositionis, et ad sacrificium sempiternum, et in holocaustum sempiternum in Sabbatis, in calendis, in sollemnitatibus, et in sanctificatis, et pro peccato: ut exoretur pro Israel, et in omnem usum domus Dei nostri.
उपस्थितिको रोटी, नियमित अन्नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्यौँ ।
34 Sortes ergo misimus super oblationem lignorum inter Sacerdotes, et Levitas, et populum, ut inferrentur in domum Dei nostri per domos patrum nostrorum, per tempora, a temporibus anni usque ad annum: ut arderent super altare Domini Dei nostri, sicut scriptum est in lege Moysi:
पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।
35 et ut afferremus primogenita terræ nostræ, et primitiva universi fructus omnis ligni, ab anno in annum, in domo Domini.
हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्यौँ ।
36 Et primitiva filiorum nostrorum, et pecorum nostrorum, sicut sciptum est in lege, et primitiva boum nostrorum, et ovium nostrarum, ut offerrentur in domo Dei nostri, Sacerdotibus qui ministrant in domo Dei nostri:
व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्यौँ ।
37 et primitias ciborum nostrorum, et libaminum nostrorum, et poma omnis ligni, vindemiæ quoque et olei afferemus Sacerdotibus ad gazophylacium Dei nostri, et decimam partem terræ nostræ Levitis. Ipsi Levitæ decimas accipient ex omnibus civitatibus operum nostrorum.
हामी पहिले पिँधेको पिठो, हाम्रा अन्नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।
38 Erit autem Sacerdos filius Aaron cum Levitis in decimis Levitarum, et Levitæ offerent decimam partem decimæ suæ in domo Dei nostri, ad gazophylacium in domum thesauri.
लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।
39 Ad gazophylacium enim deportabunt filii Israel, et filii Levi primitias frumenti, vini, et olei: et ibi erunt vasa sanctificata, et Sacerdotes, et cantores, et ianitores, et ministri, et non dimittemus domum Dei nostri.
इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।