< Iosue 14 >

1 Hoc est, quod possederunt filii Israel in Terra Chanaan, quam dederunt eis Eleazar sacerdos, et Iosue filius Nun, et principes familiarum per tribus Israel:
कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
2 sorte omnia dividentes, sicut præceperat Dominus in manu Moysi, novem tribubus, et dimidiæ tribui.
जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।
3 Duabus enim tribubus, et dimidiæ dederat Moyses trans Iordanem possessionem: absque Levitis, qui nihil terræ acceperunt inter fratres suos:
किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।
4 sed in eorum successerunt locum filii Ioseph in duas divisi tribus, Manasse et Ephraim: nec acceperunt Levitæ aliam in Terra partem, nisi urbes ad habitandum, et suburbana earum ad alenda iumenta et pecora sua.
वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।
5 Sicut præceperat Dominus Moysi, ita fecerunt filii Israel, et diviserunt Terram.
इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे ।
6 Accesserunt itaque filii Iuda ad Iosue in Galgala, locutusque est ad eum Caleb filius Iephone Cenezæus: Nosti quid locutus sit Dominus ad Moysen hominem Dei de me et te in Cadesbarne.
त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ ।
7 Quadraginta annorum eram quando misit me Moyses famulus Domini de Cadesbarne, ut considerarem Terram, nunciavique ei quod mihi verum videbatur.
परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ ।
8 Fratres autem mei, qui ascenderant mecum, dissolverunt cor populi: et nihilominus ego secutus sum Dominum Deum meum.
तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ ।
9 Iuravitque Moyses in die illo, dicens: Terra, quam calcavit pes tuus, erit possessio tua, et filiorum tuorum in æternum: quia secutus es Dominum Deum meum.
त्यस दिन मोशाले यसो भने, 'निश्‍चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।'
10 Concessit ergo Dominus vitam mihi, sicut pollicitus est usque in præsentem diem. Quadraginta et quinque anni sunt, ex quo locutus est Dominus verbum istud ad Moysen, quando ambulabat Israel per solitudinem: hodie octoginta quinque annorum sum,
अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु ।
11 sic valens, ut eo valebam tempore quando ad explorandum missus sum: illius in me temporis fortitudo usque hodie perseverat, tam ad bellandum quam ad gradiendum.
म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ ।
12 Da ergo mihi montem istum, quem pollicitus est Dominus, te quoque audiente, in quo Enacim sunt, et urbes magnæ atque munitæ: si forte sit Dominus mecum, et potuero delere eos: sicut promisit mihi.
यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”
13 Benedixitque ei Iosue: et tradidit ei Hebron in possessionem.
त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए ।
14 Atque ex eo fuit Hebron Caleb filio Iephone Cenezæo usque in præsentem diem: quia secutus est Dominum Deum Israel.
यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए ।
15 Nomen Hebron ante vocabatur Cariath Arbe: Adam maximus ibi inter Enacim situs est: et Terra cessavit a præliis.
हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।

< Iosue 14 >