< Job 39 >
1 Numquid nosti tempus partus ibicum in petris, vel parturientes cervas observasti?
चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्दछस्? हरिणीले बच्चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्?
2 Dinumerasti menses conceptus earum, et scisti tempus partus earum?
तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्न सक्छस्? तिनीहरूले बच्चा जन्माउने समय तँलाई थाहा छ?
3 Incurvantur ad fœtum, et pariunt, et rugitus emittunt.
तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।
4 Separantur filii earum, et pergunt ad pastum: egrediuntur, et non revertuntur ad eas.
तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।
5 Quis dimisit onagrum liberum, et vincula eius quis solvit?
वन-गधालाई कसले छाडा छोडेको हो? कुद्ने गधाको बन्धन कसले फुकालेको हो,
6 Cui dedi in solitudine domum, et tabernacula eius in terra salsuginis.
जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु ।
7 Contemnit multitudinem civitatis, clamorem exactoris non audit.
सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।
8 Circumspicit montes pascuæ suæ, et virentia quæque perquirit.
डाँडाहरूमा भएका आफ्ना खर्कहरूतिर त्यो घुम्छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्छ ।
9 Numquid volet rhinoceros servire tibi, aut morabitur ad præsepe tuum?
वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र? तेरो डुँडनेर बस्न त्यो सन्तुष्ट हुनेछ र?
10 Numquid alligabis rhinocerota ad arandum loro tuo? aut confringet glebas vallium post te?
वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्नेछ?
11 Numquid fiduciam habebis in magna fortitudine eius, et derelinques ei labores tuos?
त्यसको बल अत्याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्?
12 Numquid credes illi quod sementem reddat tibi, et aream tuam congreget?
तेरो अन्न घरमा ल्याउन, अन्लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र?
13 Penna struthionis similis est pennis herodii, et accipitris.
शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्छर हुन् र?
14 Quando derelinquit ova sua in terra, tu forsitan in pulvere calefacies ea?
किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ ।
15 Obliviscitur quod pes conculcet ea, aut bestia agri conterat.
पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्छ भनी त्यसले बिर्सन्छ ।
16 Duratur ad filios suos quasi non sint sui, frustra laboravit nullo timore cogente.
त्यसले आफ्ना बच्चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
17 Privavit enim eam Deus sapientia, nec dedit illi intelligentiam.
किनकि परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।
18 Cum tempus fuerit, in altum alas erigit: deridet equum et ascensorem eius.
जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
19 Numquid præbebis equo fortitudinem, aut circumdabis collo eius hinnitum?
घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?
20 Numquid suscitabis eum quasi locustas? gloria narium eius terror.
त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
21 Terram ungula fodit, exultat audacter: in occursum pergit armatis.
त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
22 Contemnit pavorem, nec cedit gladio.
त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्दैन ।
23 Super ipsum sonabit pharetra, vibrabit hasta et clypeus.
काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
24 Fervens et fremens sorbet terram, nec reputat tubæ sonare clangorem.
क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।
25 Ubi audierit buccinam, dicit: Vah, procul odoratur bellum, exhortationem ducum, et ululatum exercitus.
जब तुरही बजेको सुनिन्छ, तब त्यसले भन्छ, 'आहा!' कमान्डरहरूका गर्जने आवाज र होहल्लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।
26 Numquid per sapientiam tuam plumescit accipiter, expandens alas suas ad Austrum?
के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?
27 Numquid ad præceptum tuum elevabitur aquila, et in arduis ponet nidum suum?
के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?
28 In petris manet, et in præruptis silicibus commoratur, atque inaccessis rupibus.
त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैं हुन्छ ।
29 Inde contemplatur escam, et de longe oculi eius prospiciunt,
त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।
30 Pulli eius lambent sanguinem: et ubicumque cadaver fuerit, statim adest.
त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”