< Job 35 >
1 Igitur Eliu hæc rursum locutus est:
अझै एलीहूले निरन्तर यसो भनिरहे,
2 Numquid æqua tibi videtur tua cogitatio, ut diceres: Iustior sum Deo?
“जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ?
3 Dixisti enim: Non tibi placet quod rectum est: vel quid tibi proderit, si ego peccavero?
किनकि तपाईं सोध्नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्छ र?’
4 Itaque ego respondebo sermonibus tuis, et amicis tuis tecum.
म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
5 Suspice cælum et intuere, et contemplare æthera quod altior te sit.
माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
6 Si peccaveris, quid ei nocebis? et si multiplicatæ fuerint iniquitates tuæ, quid facies contra eum?
तपाईंले पाप गर्नुभयो भने, परमेश्वरको के नोक्सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
7 Porro si iuste egeris, quid donabis ei, aut quid de manu tua accipiet?
तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्छ र?
8 Homini, qui similis tui est, nocebit impietas tua: et filium hominis adiuvabit iustitia tua.
जसरी तपाईं मानिस हुनुहुन्छ, तपाईंको दुष्ट कामले मानिसलाई नै चोट पुर्याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
9 Propter multitudinem calumniatorum clamabunt: et eiulabunt propter vim brachii tyrannorum.
अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् ।
10 Et non dixit: Ubi est Deus, qui fecit me, qui dedit carmina in nocte,
तर कसैले यसो भन्दैन, 'मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
11 Qui docet nos super iumenta terræ, et super volucres cæli erudit nos?
जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
12 Ibi clamabunt, et non exaudiet, propter superbiam malorum.
त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न ।
13 Non ergo frustra audiet Deus, et Omnipotens causas singulorum intuebitur.
परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
14 Etiam cum dixeris: Non considerat: iudicare coram illo, et expecta eum.
तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
15 Nunc enim non infert furorem suum, nec ulciscitur scelus valde.
अब तपाईं भन्नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्यान दिनुहुन्न ।
16 Ergo Iob frustra aperit os suum, et absque scientia verba multiplicat.
त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”