< Isaiæ 52 >
1 Consurge, consurge, induere fortitudine tua Sion, induere vestimentis gloriæ tuæ Ierusalem civitas sancti: quia non adiiciet ultra ut pertranseat per te incircumcisus et immundus.
ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्नेछैन ।
2 Excutere de pulvere, consurge; sede Ierusalem: solve vincula colli tui captiva filia Sion.
आफैबाट धूलो टक्टक्या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्नो घाँटीबाट साङ्ला निकाल् ।
3 Quia hæc dicit Dominus: Gratis venundati estis, et sine argento redimemini.
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”
4 Quia hæc dicit Dominus Deus: In Ægyptum descendit populus meus in principio ut colonus esset ibi: et Assur absque ulla causa calumniatus est eum.
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्यो ।
5 Et nunc quid mihi est hic, dicit Dominus, quoniam ablatus est populus meus gratis? dominatores eius inique agunt, dicit Dominus, et iugiter tota die nomen meum blasphematur.
यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
6 Propter hoc sciet populus meus nomen meum in die illa: quia ego ipse qui loquebar, ecce adsum.
यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । “हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।
7 Quam pulchri super montes pedes annunciantis et prædicantis pacem: annunciantis bonum, prædicantis salutem, dicentis Sion: Regnabit Deus tuus!
असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्वरले राज्य गर्नुहुन्छ!” ।
8 Vox speculatorum tuorum: levaverunt vocem, simul laudabunt: quia oculo ad oculum videbunt cum converterit Dominus Sion.
सुन्, तिमीहरूका रक्षकहरूले आफ्ना सोर उच्च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्नेछन् ।
9 Gaudete, et laudate simul deserta Ierusalem: quia consolatus est Dominus populum suum, redemit Ierusalem.
ए यरूशलेमको भग्नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।
10 Paravit Dominus brachium sanctum suum in oculis omnium Gentium: et videbunt omnes fines terræ salutare Dei nostri.
परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्वरको उद्धार देख्नेछ ।
11 Recedite, recedite, exite inde, pollutum nolite tangere: exite de medio eius, mundamini qui fertis vasa Domini.
छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्छौ ।
12 Quoniam non in tumultu exibitis, nec in fuga properabitis: præcedet enim vos Dominus, et congregabit vos Deus Israel.
किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।
13 Ecce intelliget servus meus, exaltabitur, et elevabitur, et sublimis erit valde.
हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
14 Sicut obstupuerunt super te multi, sic inglorius erit inter viros aspectus eius, et forma eius inter filios hominum.
जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
15 Iste asperget gentes multas, super ipsum continebunt reges os suum: quia quibus non est narratum de eo, viderunt: et qui non audierunt, contemplati sunt.
तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्ना मुख बन्द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्नेछन् ।