< Isaiæ 19 >
1 Onus Ægypti. Ecce Dominus ascendet super nubem levem, et ingredietur Ægyptum, et commovebuntur simulachra Ægypti a facie eius, et cor Ægypti tabescet in medio eius.
मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन्,
2 Et concurrere faciam Ægyptios adversus Ægyptios: et pugnabit vir contra fratrem suum, et vir contra amicum suum, civitas adversus civitatem, regnum adversus regnum.
“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
3 Et dirumpetur spiritus Ægypti in visceribus eius, et consilium eius præcipitabo: et interrogabunt simulachra sua, et divinos suos, et pythones, et ariolos.
मिश्रदेशको आत्मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
4 Et tradam Ægyptum in manu dominorum crudelium, et rex fortis dominabitur eorum, ait Dominus Deus exercituum.
मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”
5 Et arescet aqua de mari, et fluvius desolabitur, atque siccabitur.
समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
6 Et deficient flumina: attenuabuntur, et siccabuntur rivi aggerum. Calamus et iuncus marcescet:
नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्नेछन् र सुख्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
7 nudabitur alveus rivi a fonte suo, et omnis sementis irrigua siccabitur, arescet, et non erit.
नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
8 Et mœrebunt piscatores, et lugebunt omnes mittentes in flumen hamum, et expandentes rete super faciem aquarum emarcescent.
जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
9 Confundentur qui operabantur linum, pectentes, et texentes subtilia.
बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
10 Et erunt irrigua eius flaccentia: omnes qui faciebant lacunas ad capiendos pisces.
मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
11 Stulti principes Taneos, sapientes consiliarii Pharaonis dederunt consilium insipiens: quomodo dicetis Pharaoni: Filius sapientium ego, filius regum antiquorum?
सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्न सक्छौ, “म बुद्धिमान् मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
12 Ubi nunc sunt sapientes tui? Annuncient tibi, et indicent quid cogitaverit Dominus exercituum super Ægyptum.
तेरा बुद्धिमान् मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
13 Stulti facti sunt principes Taneos, emarcuerunt principes Mempheos, deceperunt Ægyptum, angulum populorum eius.
सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
14 Dominus miscuit in medio eius spiritum vertiginis: et errare fecerunt Ægyptum in omni opere suo, sicut errat ebrius et vomens.
परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्ट तिनीहरूले त्यसलाई बनाएका छन् ।
15 Et non erit Ægypto opus, quod faciat caput et caudam incurvantem, et refrenantem.
मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
16 In die illa erit Ægyptus quasi mulieres, et stupebunt, et timebunt a facie commotionis manus Domini exercituum, quam ipse movebit super eam.
त्यस दिनमा, मिश्रीहरू स्त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्नेछन् र डराउनेछन् ।
17 Et erit Terra Iuda Ægypto in pavorem: omnis, qui illius fuerit recordatus, pavebit a facie consilii Domini exercituum, quod ipse cogitavit super eam.
यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
18 In die illa erunt quinque civitates in Terra Ægypti, loquentes lingua Chanaan, et iurantes per Dominum exercituum: Civitas solis vocabitur una.
त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
19 In die illa erit altare Domini in medio Terræ Ægypti, et titulus Domini iuxta terminum eius:
त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्मारक हुनेछ ।
20 erit in signum, et in testimonium Domino exercituum in Terra Ægypti. Clamabunt enim ad Dominum a facie tribulationis, et mittet eis salvatorem et propugnatorem, qui liberet eos.
मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
21 Et cognoscetur Dominus ab Ægypto, et cognoscent Ægyptii Dominum in die illa, et colent eum in hostiis et in muneribus: et vota vovebunt Domino, et solvent.
मिश्रदेशले परमप्रभुलाई चिन्नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
22 Et percutiet Dominus Ægyptum plaga, et sanabit eam, et revertentur ad Dominum, et placabitur eis, et sanabit eos.
परमप्रभुले मिश्रदेशलाई कष्ट दिंदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
23 In die illa erit via de Ægypto in Assyrios, et intrabit Assyrius Ægyptum, et Ægyptius in Assyrios, et servient Ægyptii Assur.
त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
24 In die illa erit Israel tertius Ægyptio et Assyrio: benedictio in medio terræ,
त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्मा तेस्रो हुनेछ ।
25 cui benedixit Dominus exercituum, dicens: Benedictus populus meus Ægypti, et opus manuum mearum Assyrio: hereditas autem mea Israel.
सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”