< Liber Numeri 1 >
1 Locutusque est Dominus ad Moysen in deserto Sinai in tabernaculo fœderis, prima die mensis secundi, anno altero egressionis eorum ex Ægypto, dicens:
सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्नुभयो,
2 Tollite summam universæ congregationis filiorum Israël per cognationes et domos suas, et nomina singulorum, quidquid sexus est masculini
“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,
3 a vigesimo anno et supra, omnium virorum fortium ex Israël, et numerabitis eos per turmas suas, tu et Aaron.
जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्नुपर्छ ।
4 Eruntque vobiscum principes tribuum ac domorum in cognationibus suis,
हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।
5 quorum ista sunt nomina: de Ruben, Elisur, filius Sedeur;
हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको
6 de Simeon, Salamiel filius Surisaddai;
कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।
7 de Juda, Nahasson filius Aminadab;
यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
8 de Issachar, Nathanaël filius Suar;
इस्साखारको कुलबाट सूआरको छोरो नतनेल;
9 de Zabulon, Eliab filius Helon;
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
10 filiorum autem Joseph, de Ephraim, Elisama filius Ammiud; de Manasse, Gamaliel filius Phadassur;
योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
11 de Benjamin, Abidan filius Gedeonis;
बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;
12 de Dan, Ahiezer filius Ammisaddai;
दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर;
13 de Aser, Phegiel filius Ochran;
आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
14 de Gad, Eliasaph filius Duel;
गातको कुलबाट दूएलको छोरो एल्यासाप;
15 de Nephthali, Ahira filius Enan.
नप्तालीको कुलबाट एनानको छोरो अहीरा ।”
16 Hi nobilissimi principes multitudinis per tribus et cognationes suas, et capita exercitus Israël,
मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।
17 quos tulerunt Moyses et Aaron cum omni vulgi multitudine:
नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र
18 et congregaverunt primo die mensis secundi, recensentes eos per cognationes, et domos, ac familias, et capita, et nomina singulorum a vigesimo anno et supra,
यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।
19 sicut præceperat Dominus Moysi. Numeratique sunt in deserto Sinai.
त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।
20 De Ruben primogenito Israëlis per generationes et familias ac domos suas, et nomina capitum singulorum, omne quod sexus est masculini a vigesimo anno et supra, procedentium ad bellum,
इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
21 quadraginta sex millia quingenti.
रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
22 De filiis Simeon per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina et capita singulorum, omne quod sexus est masculini a vigesimo anno et supra, procedentium ad bellum,
शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
23 quinquaginta novem millia trecenti.
शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
24 De filiis Gad per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina singulorum a viginti annis et supra, omnes qui ad bella procederent,
गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
25 quadraginta quinque millia sexcenti quinquaginta.
गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
26 De filiis Juda per generationes et familias ac domos cognationum suarum, per nomina singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
27 recensiti sunt septuaginta quatuor millia sexcenti.
यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
28 De filiis Issachar, per generationes et familias ac domos cognationum suarum, per nomina singulorum a vigesimo anno et supra, omnes qui ad bella procederent,
इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
29 recensiti sunt quinquaginta quatuor millia quadringenti.
इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
30 De filiis Zabulon per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
31 quinquaginta septem millia quadringenti.
जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।
32 De filiis Joseph, filiorum Ephraim per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
33 quadraginta millia quingenti.
एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।
34 Porro filiorum Manasse per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina singulorum a viginti annis et supra, omnes qui poterant ad bella procedere,
मनश्शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
35 triginta duo millia ducenti.
मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।
36 De filiis Benjamin per generationes et familias ac domos cognationum suarum recensiti sunt nominibus singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
37 triginta quinque millia quadringenti.
बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
38 De filiis Dan per generationes et familias ac domos cognationum suarum recensiti sunt nominibus singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
39 sexaginta duo millia septingenti.
दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
40 De filiis Aser per generationes et familias ac domos cognationum suarum recensiti sunt per nomina singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
41 quadraginta millia et mille quingenti.
आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।
42 De filiis Nephthali per generationes et familias ac domos cognationum suarum recensiti sunt nominibus singulorum a vigesimo anno et supra, omnes qui poterant ad bella procedere,
नप्तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
43 quinquaginta tria millia quadringenti.
नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।
44 Hi sunt, quos numeraverunt Moyses et Aaron, et duodecim principes Israël, singulos per domos cognationum suarum.
मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।
45 Fueruntque omnis numerus filiorum Israël per domos et familias suas a vigesimo anno et supra, qui poterant ad bella procedere,
यसैले लडाइँमा जान सक्ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।
46 sexcenta tria millia virorum quingenti quinquaginta.
तिनीहरू ६,०३,५५० पुरुष थिए ।
47 Levitæ autem in tribu familiarum suarum non sunt numerati cum eis.
तर लेवीका सन्तानहरूको गन्ती
48 Locutusque est Dominus ad Moysen, dicens:
गरिएन, किनभने परमप्रभुले मोशालाई भन्नुभयो,
49 Tribum Levi noli numerare, neque pones summam eorum cum filiis Israël:
“तैँले लेवीको कुललाई नगन्नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।
50 sed constitue eos super tabernaculum testimonii et cuncta vasa ejus, et quidquid ad cæremonias pertinet. Ipsi portabunt tabernaculum et omnia utensilia ejus: et erunt in ministerio, ac per gyrum tabernaculi metabuntur.
बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्त गर्नू ।
51 Cum proficiscendum fuerit, deponent Levitæ tabernaculum; cum castrametandum, erigent. Quisquis externorum accesserit, occidetur.
पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्तिलाई मार्नू ।
52 Metabuntur autem castra filii Israël unusquisque per turmas et cuneos atque exercitum suum.
इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्त्र समुहको झण्डाको नजिकै टाँग्नू ।
53 Porro Levitæ per gyrum tabernaculi figent tentoria, ne fiat indignatio super multitudinem filiorum Israël, et excubabunt in custodiis tabernaculi testimonii.
तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।
54 Fecerunt ergo filii Israël juxta omnia quæ præceperat Dominus Moysi.
इस्राएलका मानिसहरूले यी सबै कुरा गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे ।