< Deuteronomii 15 >

1 Septimo anno facies remissionem,
हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।
2 quæ hoc ordine celebrabitur. Cui debetur aliquid ab amico vel proximo ac fratre suo, repetere non poterit, quia annus remissionis est Domini.
त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।
3 A peregrino et advena exiges: civem et propinquum repetendi non habebis potestatem.
तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्‍का गरिदेओ ।
4 Et omnino indigens et mendicus non erit inter vos: ut benedicat tibi Dominus Deus tuus in terra, quam traditurus est tibi in possessionem.
तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने छ) ।
5 Si tamen audieris vocem Domini Dei tui, et custodieris universa quæ jussit, et quæ ego hodie præcipio tibi, benedicet tibi, ut pollicitus est.
तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ ।
6 Fœnerabis gentibus multis, et ipse a nullo accipies mutuum. Dominaberis nationibus plurimis, et tui nemo dominabitur.
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।
7 Si unus de fratribus tuis, qui morantur intra portas civitatis tuæ in terra quam Dominus Deus tuus daturus est tibi, ad paupertatem venerit, non obdurabis cor tuum, nec contrahes manum,
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्‍नुहुन्छ ।
8 sed aperies eam pauperi, et dabis mutuum, quo eum indigere perspexeris.
तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू ।
9 Cave ne forte subrepat tibi impia cogitatio, et dicas in corde tuo: Appropinquat septimus annus remissionis: et avertas oculos tuos a paupere fratre tuo, nolens ei quod postulat mutuum commodare: ne clamet contra te ad Dominum, et fiat tibi in peccatum.
'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्‍ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।
10 Sed dabis ei: nec ages quippiam callide in ejus necessitatibus sublevandis, ut benedicat tibi Dominus Deus tuus in omni tempore, et in cunctis ad quæ manum miseris.
निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।
11 Non deerunt pauperes in terra habitationis tuæ: idcirco ego præcipio tibi, ut aperias manum fratri tuo egeno et pauperi, qui tecum versatur in terra.
किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍नू ।'
12 Cum tibi venditus fuerit frater tuus Hebræus aut Hebræa, et sex annis servierit tibi, in septimo anno dimittes eum liberum:
तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।
13 et quem libertate donaveris, nequaquam vacuum abire patieris:
तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।
14 sed dabis viaticum de gregibus, et de area, et torculari tuo, quibus Dominus Deus tuus benedixerit tibi.
तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
15 Memento quod et ipse servieris in terra Ægypti, et liberaverit te Dominus Deus tuus, et idcirco ego nunc præcipio tibi.
तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।
16 Sin autem dixerit: Nolo egredi: eo quod diligat te, et domum tuam, et bene sibi apud te esse sentiat:
त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्यो भने
17 assumes subulam, et perforabis aurem ejus in janua domus tuæ, et serviet tibi usque in æternum. Ancillæ quoque similiter facies.
एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।
18 Non avertas ab eis oculos tuos, quando dimiseris eos liberos, quoniam juxta mercedem mercenarii per sex annos servivit tibi: ut benedicat tibi Dominus Deus tuus in cunctis operibus quæ agis.
त्यसलाई फुक्‍का भएर जान दिन अप्ठ्यारो नमान्‍नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
19 De primogenitis, quæ nascuntur in armentis, et in ovibus tuis, quidquid est sexus masculini, sanctificabis Domino Deo tuo. Non operaberis in primogenito bovis, et non tondebis primogenita ovium.
तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।
20 In conspectu Domini Dei tui comedes ea per annos singulos in loco quem elegerit Dominus, tu et domus tua.
परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।
21 Sin autem habuerit maculam, vel claudum fuerit, vel cæcum, aut in aliqua parte deforme vel debile, non immolabitur Domino Deo tuo:
त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू ।
22 sed intra portas urbis tuæ comedes illud: tam mundus quam immundus similiter vescentur eis, quasi caprea et cervo.
त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।
23 Hoc solum observabis, ut sanguinem eorum non comedas, sed effundes in terram quasi aquam.
केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।

< Deuteronomii 15 >