< I Paralipomenon 17 >
1 Cum autem habitaret David in domo sua, dixit ad Nathan prophetam: Ecce ego habito in domo cedrina: arca autem fœderis Domini sub pellibus est.
राजा आफ्नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्दैछु, तर परमप्रभुको करारको सन्दूकचाहिं पालमुनि राखिएको छ ।”
2 Et ait Nathan ad David: Omnia quæ in corde tuo sunt, fac: Deus enim tecum est.
तब नातानले दाऊदलाई जवाफ दिए, “जानुहोस्, आफ्नो मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ ।”
3 Igitur nocte illa factus est sermo Dei ad Nathan, dicens:
तर त्यही रात परमेश्वरको यो वचन नातानकहाँ यसो भनेर आयो,
4 Vade, et loquere David servo meo: Hæc dicit Dominus: Non ædificabis tu mihi domum ad habitandum.
“जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले मेरो लागि बस्ने घर बनाउनेछैनस् ।
5 Neque enim mansi in domo ex eo tempore quo eduxi Israël usque ad diem hanc: sed fui semper mutans loca tabernaculi, et in tentorio
किनकि इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि यता आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ । बरू, विभिन्न ठाउँमा पवित्र पालसम्म म बस्दैआएको छु ।
6 manens cum omni Israël. Numquid locutus sum saltem uni judicum Israël, quibus præceperam ut pascerent populum meum, et dixi: Quare non ædificastis mihi domum cedrinam?
सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्ति देवदारुको घर किन बनाएको छैनस्?”
7 Nunc itaque sic loqueris ad servum meum David: Hæc dicit Dominus exercituum: Ego tuli te, cum in pascuis sequereris gregem, ut esses dux populi mei Israël:
“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्नबाट बोलाएँ ।
8 et fui tecum quocumque perrexisti, et interfeci omnes inimicos tuos coram te, fecique tibi nomen quasi unius magnorum qui celebrantur in terra.
तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्वीमा भएका महान् व्यक्तिहरूझैं प्रसिद्ध तुल्याउनेछु ।
9 Et dedi locum populo meo Israël: plantabitur, et habitabit in eo, et ultra non commovebitur: nec filii iniquitatis atterent eos, sicut a principio,
म आफ्ना मानिस इस्राएलको निम्ति एउटा ठाउँ तोक्नेछु ताकि तिनीहरू आफ्नै देशमा बसून् र फेरि कष्टमा नपरून् । दुष्ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,
10 ex diebus quibus dedi judices populo meo Israël, et humiliavi universos inimicos tuos. Annuntio ergo tibi, quod ædificaturus sit tibi Dominus domum.
जसरी मैले आफ्ना मानिस इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।
11 Cumque impleveris dies tuos ut vadas ad patres tuos, suscitabo semen tuum post te, quod erit de filiis tuis: et stabiliam regnum ejus.
जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
12 Ipse ædificabit mihi domum, et firmabo solium ejus usque in æternum.
उसैले मेरो लागि एउटा मन्दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।
13 Ego ero ei in patrem, et ipse erit mihi in filium: et misericordiam meam non auferam ab eo, sicut abstuli ab eo qui ante te fuit.
म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्दा पहिले राज्य गर्ने शाऊलबाट मेरो आफ्नो करारको विश्वस्तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।
14 Et statuam eum in domo mea, et in regno meo usque in sempiternum: et thronus ejus erit firmissimus in perpetuum.
उसलाई म आफ्नो मन्दिर र मेरो राज्यमाथि सधैंको निम्ति राख्नेछु, र उसको सिंहासन सदासर्वदाको निम्ति स्थापित हुनेछ ।”
15 Juxta omnia verba hæc, et juxta universam visionem istam, sic locutus est Nathan ad David.
नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।
16 Cumque venisset rex David, et sedisset coram Domino, dixit: Quis ego sum, Domine Deus, et quæ domus mea, ut præstares mihi talia?
तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
17 sed et hoc parum visum est in conspectu tuo, ideoque locutus es super domum servi tui etiam in futurum: et fecisti me spectabilem super omnes homines, Domine Deus.
किनकि हे परमेश्वर, तपाईंको दृष्टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दासको घरानालाई भविष्यको बारेमा बोल्नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ ।
18 Quid ultra addere potest David, cum ita glorificaveris servum tuum, et cognoveris eum?
म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्न सक्छु र? तपाईंले आफ्नो दासलाई विशेष आदर गर्नुभएको छ ।
19 Domine, propter famulum tuum juxta cor tuum fecisti omnem magnificentiam hanc, et nota esse voluisti universa magnalia.
हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।
20 Domine, non est similis tui, et non est alius deus absque te, ex omnibus quos audivimus auribus nostris.
हे परमप्रभु, तपाईंजस्तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्वर छैन ।
21 Quis enim est alius, ut populus tuus Israël, gens una in terra, ad quam perrexit Deus ut liberaret et faceret populum sibi, et magnitudine sua atque terroribus ejiceret nationes a facie ejus, quem de Ægypto liberarat?
किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्वरले महान् र भयानक कार्यहरूद्वारा आफ्नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।
22 Et posuisti populum tuum Israël tibi in populum usque in æternum, et tu, Domine, factus es Deus ejus.
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्वर हुनुभएको छ ।
23 Nunc igitur Domine, sermo quem locutus es famulo tuo et super domum ejus confirmetur in perpetuum, et fac sicut locutus es.
यसैले अब हे परमप्रभु, आफ्नो दास र उसको घरानाको निम्ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस् ।
24 Permaneatque et magnificetur nomen tuum usque in sempiternum, et dicatur: Dominus exercituum Deus Israël, et domus David servi ejus permanens coram eo.
तपाईंको नाम सदासर्वदाको निम्ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ ।,’
25 Tu enim, Domine Deus meus, revelasti auriculam servi tui, ut ædificares ei domum: et idcirco invenit servus tuus fiduciam, ut oret coram te.
किनकि, हे मेरा परमेश्वर, तपाईंले आफ्नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।
26 Nunc ergo Domine, tu es Deus, et locutus es ad servum tuum tanta beneficia.
अब हे परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ, र आफ्नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
27 Et cœpisti benedicere domui servi tui, ut sit semper coram te: te enim, Domine, benedicente, benedicta erit in perpetuum.
तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदाको निम्ति आशिषित हुनेछ ।”