< Maroma 8 >

1 Lyahanu kakwina ku atuliwa kwavo vena mwa Kresite Jesu.
त्यसकारण, अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
2 Kakuti itayero zo Luhuho lo buhalo mwa Kresite Jesu iba ni sanduli yo lukuluhite ku milao ye chivi ni ifuu.
किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।
3 Kwecho mulao kena uva woli kuchipanga che vaka lyokuti kena uva kwina manta che nyama, Ireeza avakwina. ava tumini mwanakwe muku saka chivi che nyama kwiza ku munewila kuchivi mi ava atulu chivi mwi nyama.
जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
4 Ava pangi izi kuti zitokwahala zo mulao zi wole kwi zuzilikizwa mwetu, iswe tuyenda isiñi che nyama, kono chokuya cho Luhuho.
हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।
5 Avo vahala chokuya che nyama va twaliza muhupulo kuzintu ze nyama, kono avo va hala chokuya ko luhuho va twaliza muhupulo ku zintu zo Luhuho.
जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
6 Kaho muhupulo we nyana ifu, kono muhupulo we Luhuho vuhalo ni nkozo.
शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
7 Iyi njikuti muhupulo we nyama ilwisa Ireeza, kaho kaimwina mumulao wa Ireeza, kapa iwoleka kuva.
शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्‍न नै समर्थ हुन्छ ।
8 Avo vena mwi nyama kavawoli kutavisa Ireeza.
जो शरीरमा छन्, उनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
9 Nihakuva bulyo, kamwina mwi nyama kono mu Luhuho, haiva initi kuti Luhuho lwe Ireeza luhala mwenu. Kono haiva zumwi kena Luhuho lwa Kreste, kavalilwa kwali.
तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।
10 Haiva Kreste wina mwenu, muvili ufwile cho kukuteka chivi, kono Luhuho luhala cho kukuteka kujolola.
यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
11 Haiva Luhuho lwakwe yava vusi Jesu kuvafu lyi hala mwenu iye yava vusi Kreste kuvafu kamihe vuhalo mane ni mu mivili yenu cha Luhuho lwakwe, ya hala mwenu.
येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
12 Cwalehe, vamukulwangu, tu korota, kono isike kwi nyama kahala chokuya ke nyama.
त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ ।
13 Kaho haiva muhala chokuya che nyama, china hafuhi nikufwa, kono haiva cha Luhuho mwihaya mitendo yo mivili yenu, kamuhale.
तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
14 Kaho vangi va yendiswa Luho lwa Ireeza, ava vaana va Ireeza.
किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।
15 Kaho kena muva tambili Luho lo kusuminwa hape kuti mu tiiye. Kono, muva tambuli Luho lo kuañulwa, kowo utu lira, “Abba, Father!”
किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।
16 Luho ulo lyine luhindite vupaki ni luho lwetu kuti tuvana ve Ireeza.
हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
17 Haiva tu vana, cwale tuvajovoli, va jovoli ve Ireeza. mi tuva jovoli hamwina ni Jesu, haiva luli tu nyanda naye njokuti tuka nyemunwe naswe naye.
यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
18 Kaho ihinda kuti manyando eyinu inako ka swaneli ku vambañwa ni nkaya yete vonahazwe kwetu.
यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।
19 Kokusaka luli zintu zi livelelwe zo kuvumbwazilindile kuvonehala kwa vana va Ireeza.
किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
20 Kaho kuvumbwa kuva kuketetwe, isike cho kusaka kwateni, kono kwali yava chiketi. Ina mukukola luli
किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा । यो दृढ निश्‍चयता हो,
21 kuti kuvumbwa uko kwine kakuhewe kuzwa ku vukova ku vola, mi kailetwe mwi ntukuluho ye nkanya ya vaana ve Ireeza.
कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ ।
22 Kaho twizi kuti kuvumbwa konse kwina mukulira ni misevezi ichisa hamwina nanga hanu.
हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
23 Isike fela izo, kono nanga iswe tuvene, vena miselo ye ntanzi yo Luho-nanga iswe tuvene tulivuza kukati ketu, kulindiza kuañulwa kwetu, kuwulwa kwe mivili yetu.
यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
24 Kaho cho vundume vakwe tuva hazwa. Kono icho chituva ni vundume kuchili ka chipangahale ni chiseni kuvoneka, kaho kozo ulindiza kwecho cha vona kale?
किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र?
25 kono haiva tuva ni vundume kwecho chitusa voni, cwale tulindza ni nkulo inde kuchili.
तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
26 Mwinzila iswana, Luho lutusa hape mutushekesha. Kaho ka twizi mutu swanela ku lapelera, kono Luho ulo lwine lyitu lapelera.
त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
27 Iye yo saka wizi mihupulo ye Luhuho, kakuti utu lapelera muchivaka cha valumeli chokuya chentanto ye Ireeza.
जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्छ, किनकि उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।
28 Twizi kuti kwavo va saka Ireeza, useveza zintu zonse hamwina kuva vulotu, kwavo vava sumpwa chokuya kwali.
हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
29 Kakuti kwavo va vezivi kale, avava hupuleli kale kuva chiswaniso cha mwanakwe, kuti avo we ntanzi mukati ka mizwale vakwe.
किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।
30 Avo vava hupuleli kale, avo avava sumpi hape. Avo vava sumpi, ava avava pangi ku jolola. Avo vava jolozi, avo hape avava nyemuni.
जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
31 Chinzi hape chese tu wambe kuamana izi zintu? Haiva Ireeza nji wetu, njeni yo wola ku tilwisa?
त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
32 iye yasena va katwi mwanakwe kono ava muhi muchisa chetu, keta wole vule hape naye kutuha zintu zonse?
जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र?
33 Yate lete kuhambiliza kwavo va keta Ireeza? Ireeza njiyena ya joloza.
परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ ।
34 njeni yata watule? Kreste njiyena yava tufwili, mi niku hita izo, ava vuswa hape. Niyendisa ni Ireeza mu chivaka china ikute, mi njiyena yo tulapelera.
दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
35 Njeni yasa tuzwise kwi rato lya Kreste? manyando, kapa inzala, kapa kusa zwata, kapa inkozi, kapa kasho?
हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले?
36 Sina mwiñolelwe, “chokukoma kwako twihaiwa izuva ni zuva. tuva kuhindwa sina ingu iya kukwihaiwa.”
जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
37 Mwezi zonse zintu tuvakomi mwali utusaka.
यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
38 kaho niva zumini kuti kapa ifu, kapa vuhalo, kapa ma ñiloyi, kapa mivuso, kapa zintu zina koo, kapa zintu zete zize, kapa manta, kapa vule, kapa vutungi,
किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
39 kapa chintu chimwi cha vumbwa, chete chi wole kuni zwisa kwi rato lya Ireeza, lyina mwa Kreste Jesu Simwine wetu.
न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।

< Maroma 8 >