< Soakas 8 >
1 Lohng! Lalmwetmet el wowoyak. Etauk el oru pusracl in lohngyuk.
के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?
2 El tu fin tohktok uh sisken inkanek, Ac yen inkanek uh osun we.
बाटोको छेउका उच्च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
3 Ke nien utyak nu in siti uh Sisken mutunoa el pang ac fahk:
सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
4 “Nga kwafe suwos nukewa; Nga pang nu sin mwet nukewa faclu.
“हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
5 Kowos su srakna elahn tulik, oru kowos in elahn mwet matu. Ya kowos lalfon? Lutlut in oasr etauk lowos.
तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्त गर ।
6 Lohng kas wolana luk. Ma nukewa nga fahk uh suwohs.
सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्ने छु ।
7 Kas nukewa luk pwayena; Kas kikiap uh mwe srungayuk sik.
किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्टता मेरो ओठको लागि घृणित कुरो हो ।
8 Ma nukewa nga fahk uh pwaye, Wangin kutena ma sesuwos ku mwe kiapu mwet.
मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
9 Nu sin mwet liyaten uh, ma inge nukewa kalem, Ac nu selos su oasr etauk la, fisrasr elos in kalem kac.
बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
10 Sulela kas in luti luk liki na silver; Sulela etauk liki na in eis gold nasnas.
चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्त गर ।
11 “Nga pa Lalmwetmet. Nga wo liki mwe naweyuk uh; Wangin ma kom lungse ac ku in lumweyuk nu sik.
किनकि बुद्धि रत्नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।
12 Nga Lalmwetmet ac liyaten; Oasr etauk ac nunak suwohs in nga.
म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।
13 Elos nukewa su akfulatye LEUM GOD elos kwase ma koluk. Nga srunga inse fulat ac filang, Oayapa inkanek koluk ac kas kikiap.
परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
14 Nga orek pwapa, ac nga akfahsrye. Oasr ku ac etauk yuruk.
मसित असल सरसल्लाह र पक्का बुद्धि छ । म अन्तर्दृष्टि हुँ । मसित सामर्थ्य छ ।
15 Nga kasru tokosra uh in leumi mwet uh, Ac nga kasru mwet kol in oru ma sap suwohs.
मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
16 Mwet kol nukewa faclu leumi mwet uh ke kasru luk — Fisrak ac mwet leum fin faclu oana sie.
मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
17 Nga lungse elos nukewa su lungse nga; Kutena mwet su sukyu, ku in koneyuyak.
मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
18 Oasr mwe kasrup ac sunak, Wo ouiya ac kapkapak yuruk in kitala.
मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
19 Ma kom ac eis sik uh saok liki gold ma wo emeet, Ac wo liki pac silver ma arulana nasnas.
मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्ठ छ ।
20 Nga fufahsryesr ke inkanek suwoswos; Nga fahsr tukun inkanek lun nununku suwohs.
म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।
21 Nga sang mwe kasrup nu selos su lungse nga, Ac nwakla lohm selos ke ma saok.
परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्न तुल्याउने छु । म तिनीहरूका ढुकुटीहरू भरिदिने छु ।
22 “LEUM GOD El oreyula meet liki ma nukewa, Orekma se emeet lal in pacl loeloes somla.
परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्टि गर्नुभयो ।
23 Orekla nga ke mutaweyen ma nukewa, Meet liki na orekla faclu.
पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।
24 Nga isusla meet liki oasr meoa, Pacl ma soenna oasr unon in kof.
महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।
25 Nga isusla meet liki oasr fineol uh, Meet liki tohktok uh oakiyuki,
पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।
26 Meet liki na ke God El orala faclu, ku inima we — Soenna oasr kutkut srisrik lun infohk uh.
परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
27 Nga oasr we ke El oakiya ma oan inkusrao, Ac ke El asroelik pekusra uh fin meoa,
उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।
28 Ke pacl se el filiya pukunyeng yen engyengu, Ke El ikasla unon in kof in meoa,
उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
29 Ac ke El sapkin tuh kof in meoa uh in tia alukela srikasrak ma El oakiya. Nga muta we ke El oakiya pwelung loangeyen faclu.
उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
30 Nga muta siskal oana sie mwet lemlem nu ke musa. Len nukewa nga mwe engan nu sel, Ac nga engan ye mutal pacl nukewa —
एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।
31 Nga engan ke faclu, Ac ke mwet su muta fin faclu.
म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।
32 “Ke ma inge, tulik nutik, lohngyu inge. Oru oana ke nga fahk, ac kowos ac fah insewowo.
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।
33 Lohng ma lutiyuk kowos kac, Aklalmwetmetye kowos, ac tia pilesru.
मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।
34 Insewowo mwet se su muta ke mutunoa sik len nukewa, Ac soano in lohngyu ke nien utyak nu inkul sik.
मेरो कुरा सुन्ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
35 Mwet se su koneyuyak el konauk moul, Ac LEUM GOD El ac fah insewowo sel.
किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
36 Mwet se su tia koneyuyak el sifacna kunausulla; Kutena mwet su srungayu, lungse misa.”
तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”