< 시편 85 >

1 (고라 자손의 시. 영장으로 한 노래) 여호와여, 주께서 주의 땅에 은혜를 베푸사 야곱의 포로 된 자로 돌아오게 하셨으며
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन। हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
2 주의 백성의 죄악을 사하시고 저희 모든 죄를 덮으셨나이다 (셀라)
तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला
3 주의 모든 분노를 거두시며 주의 진노를 돌이키셨나이다
तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।
4 우리 구원의 하나님이여, 우리를 돌이키시고 우리에게 향하신 주의 분노를 그치소서
हे हाम्रा मुक्तिदाता परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्!
5 주께서 우리에게 영원히 노하시며 대대에 발분하시겠나이까
के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?
6 우리를 다시 살리사 주의 백성으로 주를 기뻐하게 아니하시겠나이까
के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?
7 여호와여, 주의 인자하심을 우리에게 보이시며 주의 구원을 우리에게 주소서
हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
8 내가 하나님 여호와의 하실 말씀을 들으리니 대저 그 백성 그 성도에게 화평을 말씀하실 것이라 저희는 다시 망령된 데로 돌아가지 말지로다
याहवेह परमेश्‍वरले जे भन्‍नुहुनेछ, त्यो म सुन्‍नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्‍वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
9 진실로 그의 구원이 그를 경외하는 자에게 가까우니 이에 영광이 우리 땅에 거하리이다
निश्‍चय नै उहाँको भय मान्‍नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।
10 긍휼과 진리가 같이 만나고 의와 화평이 서로 입맞추었으며
अचुक प्रेम र विश्‍वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
11 진리는 땅에서 솟아나고 의는 하늘에서 하감하였도다
पृथ्वीबाट विश्‍वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
12 여호와께서 좋은 것을 주시리니 우리 땅이 그 산물을 내리로다
जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
13 의가 주의 앞에 앞서 행하며 주의 종적으로 길을 삼으리로다
धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।

< 시편 85 >