< 시편 111 >
1 할렐루야! 내가 정직한 자의 회와 공회 중에서 전심으로 여호와께 감사하리로다
याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु।
2 여호와의 행사가 크시니 이를 즐거워하는 자가 다 연구하는도다
याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।
3 그 행사가 존귀하고 엄위하며 그 의가 영원히 있도다
उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
4 그 기이한 일을 사람으로 기억케 하셨으니 여호와는 은혜로우시고 자비하시도다
उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
5 여호와께서 자기를 경외하는 자에게 양식을 주시며 그 언약을 영원히 기억하시리로다
उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।
6 저가 자기 백성에게 열방을 기업으로 주사 그 행사의 능을 저희에게 보이셨도다
अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
7 그 손의 행사는 진실과 공의며 그 법도는 다 확실하니
उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।
8 영원 무궁히 정하신 바요 진실과 정의로 행하신 바로다
ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्।
9 여호와께서 그 백성에게 구속을 베푸시며 그 언약을 영원히 세우셨으니 그 이름이 거룩하고 지존하시도다
उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।
10 여호와를 경외함이 곧 지혜의 근본이라 그 계명을 지키는 자는 다 좋은 지각이 있나니 여호와를 찬송함이 영원히 있으리로다
याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।