< 민수기 35 >

1 여호와께서 여리고 맞은편 요단 가 모압 평지에서 모세에게 일러 가라사대
परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
2 이스라엘 자손에게 명하여 그들의 얻은 기업에서 레위인에게 거할 성읍들을 주게 하고 너희는 또 그 성읍 사면의 들을 레위인에게 주어서
“इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
3 성읍으로는 그들의 거처가 되게 하고 들로는 그들의 가축과 물산과 짐승들을 둘 곳이 되게 할 것이라
लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
4 너희가 레위인에게 줄 성읍들의 들은 성벽에서부터 밖으로 사면 이천 규빗이라
तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
5 성을 중앙에 두고 성 밖 동편으로 이천 규빗, 남편으로 이천 규빗서 편으로 이천 규빗, 북편으로 이천 규빗을 측량할지니 이는 그 들의 성읍의 들이며
तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
6 너희가 레위인에게 줄 성읍은 살인자로 피케 할 도피성으로 여섯 성읍이요, 그 외에 사십 이 성읍이라
तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
7 너희가 레위인에게 모두 사십 팔 성읍을 주고 그 들도 함께 주되
तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
8 이스라엘 자손의 산업에서 레위인에게 너희가 성읍을 줄 때에 많이 얻은 자에게서는 많이 취하여 주고 적게 얻은 자에게서는 적게 취하여 줄 것이라 각기 얻은 산업을 따라서 그 성읍들을 레위인에게 줄지니라
इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
9 여호와께서 또 모세에게 일러 가라사대
त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
10 이스라엘 자손에게 말하여 그들에게 이르라 너희가 요단을 건너 가나안 땅에 들어 가거든
“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
11 너희를 위하여 성읍을 도피성으로 정하여 그릇 살인한 자로 그리로 피하게 하라
तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ ।
12 이는 너희가 보수할 자에게서 도피하는 성을 삼아 살인자가 회중앞에 서서 판결을 받기까지 죽지 않게 하기 위함이니라
यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
13 너희가 줄 성읍 중에 여섯으로 도피성이 되게 하되
तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।
14 세 성읍은 요단 이 편에서 주고 세 성읍은 가나안 땅에서 주어 도피성이 되게 하라
तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
15 이 여섯 성읍은 이스라엘 자손과 타국인과 이스라엘 중에 우거하는 자의 도피성이 되리니 무릇 그릇 살인한 자가 그리로 도피할 수 있으리라
यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ ।
16 만일 철 연장으로 사람을 쳐죽이면 이는 고살한 자니 그 고살자를 반드시 죽일 것이요
तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
17 만일 사람을 죽일 만한 돌을 손에 들고 사람을 쳐죽이면 이는 고살한 자니 그 고살자를 반드시 죽일 것이요
यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
18 만일 사람을 죽일 만한 나무 연장을 손에 들고 사람을 쳐죽이면 이는 고살한 자니 그 고살자를 반드시 죽일 것이니라
यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
19 피를 보수하는 자가 그 고살자를 친히 죽일 것이니 그를 만나거든 죽일 것이요
रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।
20 만일 미워하는 까닭에 밀쳐 죽이거나 기회를 엿보아 무엇을 던져 죽이거나
यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,
21 원한으로 인하여 손으로 쳐죽이면 그 친 자를 반드시 죽일 것이니 이는 고살하였음이라 피를 보수하는 자가 그 고살자를 만나거든 죽일 것이니라
वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
22 원한 없이 우연히 사람을 밀치거나 기회를 엿봄이 없이 무엇을 던지거나
तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने,
23 보지 못하고 사람을 죽일 만한 돌을 던져서 죽였다 하자 이는 원한도 없고 해하려 한 것도 아닌즉
वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।
24 회중이 친 자와 피를 보수하는 자 간에 이 규례대로 판결하여
त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
25 피를 보수하는 자의 손에서 살인자를 건져내어 그가 피하였던 도피성으로 돌려 보낼 것이요 그는 거룩한 기름 부음을 받은 대제사장의 죽기까지 거기 거할 것이니라
समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
26 그러나 살인자가 어느 때든지 그 피하였던 도피성 지경 밖에 나갔다 하자
तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
27 피를 보수하는 자가 도피성 지경 밖에서 그 살인자를 만나 죽일지라도 위하여 피흘린 죄가 없나니
र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।
28 이는 살인자가 대제사장의 죽기까지 그 도피성에 유하였을 것임이라 대제사장의 죽은 후에는 그 살인자가 자기의 산업의 땅으로 돌아갈 수 있느니라
किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
29 이는 너희 대대로 거하는 곳에서 판단하는 율례라
यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
30 무릇 사람을 죽인 자 곧 고살자를 증인들의 말을 따라서 죽일 것이나 한 증인의 증거만 따라서 죽이지 말 것이요
कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन ।
31 살인죄를 범한 고살자의 생명의 속전을 받지 말고 반드시 죽일 것이며
साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
32 또 도피성에 피한 자를 대제사장의 죽기 전에는 속전을 받고 그의 땅으로 돌아가 거하게 하지 말 것이니라
शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
33 너희는 거하는 땅을 더럽히지 말라 피는 땅을 더럽히나니 피 흘림을 받은 땅은 이를 흘리게 한 자의 피가 아니면 속할 수 없느니라
तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।
34 너희는 너희 거하는 땅 곧 나의 거하는 땅을 더럽히지 말라 나 여호와가 이스라엘 자손 중에 거함이니라
त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।

< 민수기 35 >