< 민수기 30 >

1 모세가 이스라엘 자손 지파의 두령들에게 일러 가로되 여호와의 명령이 이러하니라
मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।
2 사람이 여호와께 서원하였거나 마음을 제어하기로 서약하였거든 파약하지 말고 그 입에서 나온 대로 다 행할 것이니라
जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
3 또 여자가 만일 어려서 그 아비 집에 있을 때에 여호와께 서원한 일이나 스스로 제어하려 한 일이 있다 하자
आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा,
4 그 아비가 그의 서원이나 그 마음을 제어하려는 서약을 듣고도 그에게 아무 말이 없으면 그 모든 서원을 행할 것이요 그 마음을 제어하려는 서약을 지킬 것이니라
यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल र प्रतिज्ञा सुन्छ, यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने, त्यसका सबै भाकल रहने छन् । त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने छ ।
5 그러나 그 아비가 그것을 듣는 날에 허락지 아니하면 그 서원과 마음을 제어하려던 서약이 이루지 못할 것이니 그 아비가 허락지 아니하였은즉 여호와께서 사하시리라
तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् ।
6 또 혹시 남편을 맞을 때에 서원이나 마음을 제어 하려는 서약을 경솔히 그 입에서 발하였다 하자
तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।
7 그 남편이 그것을 듣고 그 듣는 날에 그에게 아무 말이 없으면 그 서원을 행할 것이요 그 마음을 제어하려는 서약을 지킬 것이니라
यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।
8 그러나 그 남편이 그것을 듣는 날에 허락지 아니하면 그 서원과 마음을 제어하려고 경솔히 입술에서 발한 서약이 무효될 것이니 여호와께서 그 여자를 사하시리라
तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
9 과부나 이혼당한 여자의 서원이나 무릇 그 마음을 제어하려는 서약은 지킬 것이니라
तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।
10 부녀가 혹시 그 남편의 집에 있어 서원을 하였다든지 마음을 제어하려고 서약하였다 하자
यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,
11 그 남편이 그것을 듣고도 아무 말이 없고 금함이 없으면 그 서원은 무릇 행할 것이요 그 마음을 제어하려는 서약은 무릇 지킬 것이니라
र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
12 그러나 그 남편이 그것을 듣는 날에 무효케 하면 그 서원과 마음을 제어하려던 일에 대하여 입술에서 낸 것을 무엇이든지 이루지 못하나니 그 남편이 그것을 무효케 하였은즉 여호와께서 그 부녀를 사하시느니라
तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
13 무릇 서원과 무릇 마음을 괴롭게 하려는 서약은 그 남편이 그것을 지키게도 할 수 있고 무효케도 할 수 있나니
कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ ।
14 그 남편이 일향 말이 없으면 아내의 서원과 스스로 제어하려는 일을 지키게 하는 것이니 이는 그가 그것을 들을 때에 그 아내에게 아무 말도 아니하였으므로 지키게 됨이니라
तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।
15 그러나 그 남편이 들은 지 얼마 후에 그것을 무효케 하면 그가 아내의 죄를 담당할 것이니라
यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने छ ।”
16 이는 여호와께서 모세에게 명하신 율례니 남편이 아내에게, 아비가 자기 집에 있는 유년 여자에게 대한 것이니라
पुरुष र त्यसकी पत्‍नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् ।

< 민수기 30 >