< 레위기 15 >

1 여호와께서 모세와 아론에게 일러 가라사대
याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
2 이스라엘 자손에게 고하여 이르라 누구든지 몸에 유출병이 있으면 그 유출병을 인하여 부정한 자라
“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो।
3 그 유출병으로 말미암아 부정함이 이러하니 곧 몸에서 흘러 나오든지 그것이 엉겼든지 부정한즉
चाहे त्यो त्यसको शरीरबाट बहिरह्‍यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ:
4 유출병 있는 자의 눕는 상은 다 부정하고 그의 앉았던 자리도 다 부정하니
“‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्‍ने हरेक थोक अशुद्ध हुनेछ।
5 그 침상에 접촉하는 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
6 유출병 있는 자의 앉았던 자리에 앉는 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
7 유출병 있는 자의 몸에 접촉하는 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
“‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
8 유출병 있는 자가 정한 자에게 침을 뱉으면 정한 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
“‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
9 유출병 있는 자의 탔던 안장은 다 부정하며
“‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ।
10 그 몸 아래 닿았던 것에 접촉한 자는 다 저녁까지 부정하며 그런 것을 옮기는 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
11 유출병 있는 자가 물로 손을 씻지 아니하고 아무든지 만지면 그 자는 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정하리라
“‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
12 유출병 있는 자의 만진 질그릇은 깨뜨리고 목기는 다 물로 씻을지니라
“‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्।
13 유출병 있는 자는 그 유출이 깨끗하여지거든 그 몸이 정결하기 위하여 칠일을 계산하여 옷을 빨고 흐르는 물에 몸을 씻을 것이요 그리하면 정하리니
“‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ।
14 제 팔일에 산비둘기 둘이나 집비둘기 새끼 둘을 자기를 위하여 취하고 회막 문 여호와 앞으로 가서 제사장에게 줄 것이요
आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्।
15 제사장은 그 하나는 속죄제로, 하나는 번제로 드려 그의 유출병을 인하여 여호와 앞에 속죄할지니라!
पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्‍चित गर्नेछ।
16 설정한 자는 전신을 물로 씻을 것이며 저녁까지 부정하리라
“‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
17 무릇 정수가 묻은 옷이나 가죽은 물에 빨 것이며 저녁까지 부정하리라
कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
18 남녀가 동침하여 설정하였거든 둘 다 물로 몸을 씻을 것이며 저까지 부정하리라
कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्।
19 어떤 여인이 유출을 하되 그 유출이 피면 칠일 동안 불결하니 무릇 그를 만지는 자는 저녁까지 부정할 것이요
“‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ।
20 그 불결할 동안에 그의 누웠던 자리는 다 부정하며 그의 앉았던 자리도 다 부정한즉
“‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।
21 그 침상을 만지는 자는 다 옷을 빨고 물로 몸을 씻을 것이요 저녁까지 부정할 것이며
जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
22 그 좌석을 만지는 자도 다 옷을 빨고 물로 몸을 씻을 것이요 저녁까지 부정할 것이며
जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
23 그의 침상과 무릇 그 좌석에 있는 것을 만지는 자도 저녁까지 부정할 것이며
त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
24 누구든지 이 여인과 동침하여 그 불결에 전염되면 칠일 동안 부정할 것이라 그의 눕는 상은 무릇 부정하니라
“‘यदि कुनै पुरुषले साँच्‍चै त्यससित सम्भोग गर्‍यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ।
25 여인의 피의 유출이 그 불결기 외에 있어서 여러 날이 간다든지 그 유출이 불결기를 지나든지 하면 그 부정을 유출하는 날 동안은 무릇 그 불결한 때와 같이 부정한즉
“‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्‍यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्‍यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे।
26 무릇 그 유출이 있는 날 동안에 그의 눕는 침상은 그에게 불결한 때의 침상과 같고 무릇 그의 앉는 자리도 부정함이 불결의 부정 과 같으니
त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ।
27 이런 것을 만지는 자는 무릇 부정한즉 옷을 빨고 물로 몸을 씻을 것이며 저녁까지 부정할 것이요
जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
28 그의 유출이 그치면 칠일을 센 후에야 정하리니
“‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे।
29 그는 제 팔일에 산비둘기 둘이나 집비둘기 새끼 둘을 자기를 위하여 취하여 회막 문 앞 제사장에게로 가져올 것이요
आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्।
30 제사장은 그 하나는 속죄제로, 하나는 번제로 드려 유출로 부정한 여인을 위하여 여호와 앞에 속할지니라
पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्‍चित गर्नेछ।
31 너희는 이와 같이 이스라엘 자손으로 그 부정에서 떠나게하여 그들로 그 가운데 있는 내 장막을 더럽히고 그 부정한 중에서 죽음을 면케 할찌니라
“‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’”
32 이 규례는 유출병이 있는 자와 설정함으로 부정을 입은 자와
कुनै मानिसको धातुस्रावको निम्ति वीर्य स्खलन भएको कारण कोही अशुद्ध भएको निम्ति,
33 불결을 앓는 여인과 유출병이 있는 남녀와 불결한 여인과 동침한 자에게 관한 것이니라
मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्।

< 레위기 15 >