< 요엘 1 >
1 여호와께서 브두엘의 아들 요엘에게 이르신 말씀이라
पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
2 늙은 자들아 너희는 이것을 들을지어다 땅의 모든 거민아 너희는 귀를 기울일지어다 너희의 날에나 너희 열조의 날에 이런 일이 있었느냐
हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
3 너희는 이 일을 너희 자녀에게 고하고 너희 자녀는 자기 자녀에게 고하고 그 자녀는 후시대에 고할 것이니라
तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
4 팟종이가 남긴 것을 메뚜기가 먹고 메뚜기가 남긴 것을 늣이 먹고 늣이 남긴 것을 황충이 먹었도다
जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।
5 무릇 취하는 자들아 너희는 깨어 울지어다 포도주를 마시는 자들아 너희는 곡할지어다 이는 단 포도주가 너희 입에서 끊어졌음이니
जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
6 한 이족이 내 땅에 올라왔음이로다 그들은 강하고 무수하며 그 이는 사자의 이 같고 그 어금니는 암사자의 어금니 같도다
एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
7 그들이 내 포도나무를 멸하며 내 무화과나무를 긁어 말갛게 벗겨서 버리니 그 모든 가지가 하얗게 되었도다
त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ।
8 너희는 애곡하기를 처녀가 어렸을 때에 약혼한 남편을 인하여 굵은 베로 동이고 애곡함같이 할찌어다
आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
9 소제와 전제가 여호와의 전에 끊어졌고 여호와께 수종드는 제사장은 슬퍼하도다
याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्।
10 밭이 황무하고 토지가 처량하니 곡식이 진하여 새 포도주가 말랐고 기름이 다하였도다
खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्त भएको छ।
11 농부들아 너희는 부끄러워할지어다 포도원을 다스리는 자들아 곡할찌어다 이는 밀과 보리의 연고라 밭의 소산이 다 없어졌음이로다
हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्ट भएको छ।
12 포도나무가 시들었고 무화과 나무가 말랐으며 석류나무와 대추나무와 사과나무와 및 밭의 모든 나무가 다 시들었으니 이러므로 인간의 희락이 말랐도다
दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
13 제사장들아 너희는 굵은 베로 동이고 슬피 울찌어다 단에 수종드는 자들아 너희는 곡할지어다 내 하나님께 수종드는 자들아 너희는 와서 굵은 베를 입고 밤이 맞도록 누울지어다 이는 소제와 전제를 너희 하나님의 전에 드리지 못함이라
हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
14 너희는 금식일을 정하고 성회를 선포하여 장로들과 이 땅 모든 거민을 너희 하나님 여호와의 전으로 몰수히 모으고 여호와께 부르짖을찌어다
पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्नेहरू सबैलाई तिमीहरूका परमेश्वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।
15 오호라! 그 날이여 여호와의 날이 가까왔나니 곧 멸망같이 전능자에게로서 이르리로다
हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्वरबाट विनाशझैँ आउनेछ।
16 식물이 우리 목전에 끊어지지 아니 하였느냐 기쁨과 즐거움이 우리 하나님의 전에 끊어지지 아니하였느냐
के हाम्रा आँखाकै सामु खानाहरू नष्ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
17 씨가 흙덩이 아래서 썩어졌고 창고가 비었고 곳간이 무너졌으니 이는 곡식이 시들었음이로다
माटोका डल्लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्न सुकेको छ।
18 생축이 탄식하고 소떼가 민망해하니 이는 꼴이 없음이라 양떼도 피곤하도다
कष्टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्ट भोगिरहेका छन्।
19 여호와여! 내가 주께 부르짖으오니 불이 거친 들의 풀을 살랐고 불꽃이 밭의 모든 나무를 살랐음이니이다
हे याहवेह, म तपाईंलाई पुकार्छु; किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
20 들짐승도 주를 향하여 헐떡거리오니 시내가 다 말랐고 들의 풀이 불에 탔음이니이다
जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।