< 욥기 16 >

1 욥이 대답하여 가로되
तब इयोबले जवाफ दिए:
2 이런 말은 내가 많이 들었나니 너희는 다 번뇌케 하는 안위자로 구나
“मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!
3 허망한 말이 어찌 끝이 있으랴 네가 무엇에 격동되어 이같이 대답하는고
तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?
4 나도 너희처럼 말할 수 있나니 가령 너희 마음이 내 마음 자리에 있다 하자 나도 말을 지어 너희를 치며 너희를 향하여 머리를 흔들 수 있느니라
यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ।
5 그래도 입으로 너희를 강하게 하며 입술의 위로로 너희의 근심을 풀었으리라
तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।
6 내가 말하여도 내 근심이 풀리지 아니하나니 잠잠한들 어찌 평안하랴
“मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन।
7 이제 주께서 나를 곤고케 하시고 나의 무리를 패괴케 하셨나이다
साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।
8 주께서 나를 시들게 하셨으니 이는 나를 향하여 증거를 삼으심이라 나의 파리한 모양이 일어나서 대면하여 나의 죄를 증거하나이다
तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले, र यसले मेरो विरुद्ध साक्षी दिन्छ।
9 그는 진노하사 나를 찢고 군박하시며 나를 향하여 이를 갈고 대적이 되어 뾰족한 눈으로 나를 보시고
परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।
10 무리들은 나를 향하여 입을 벌리며 나를 천대하여 뺨을 치며 함께 모여 나를 대적하는구나
मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्।
11 하나님이 나를 경건치 않은 자에게 붙이시며 악인의 손에 던지셨구나
परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ।
12 내가 평안하더니 그가 나를 꺾으시며 내 목을 잡아던져 나를 부숴뜨리시며 나를 세워 과녁을 삼으시고
सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;
13 그 살로 나를 사방으로 쏘아 인정 없이 내 허리를 뚫고 내 쓸개로 땅에 흘러나오게 하시는구나
उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।
14 그가 나를 꺾고 다시 꺾고 용사 같이 내게 달려드시니
उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।
15 내가 굵은 베를 꿰어매어 내 피부에 덮고 내 뿔을 티끌에 더럽혔구나
“मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु।
16 내 얼굴은 울음으로 붉었고 내 눈꺼풀에는 죽음의 그늘이 있구나
रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;
17 그러나 내 손에는 포학이 없고 나의 기도는 정결하니라
तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ।
18 땅아 내 피를 가리우지 말라 나의 부르짖음으로 쉴 곳이 없게 되기를 원하노라
“हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!
19 지금 나의 증인이 하늘에 계시고 나의 보인이 높은 데 계시니라
अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ।
20 나의 친구는 나를 조롱하나 내 눈은 하나님을 향하여 눈물을 흘리고
मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;
21 사람과 하나님 사이에와 인자와 그 이웃 사이에 변백하시기를 원하노니
एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।
22 수 년이 지나면 나는 돌아오지 못할 길로 갈 것임이니라
“थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।

< 욥기 16 >