< 에스겔 23 >

1 여호와의 말씀이 또 내게 임하여 가라사대
'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 인자야 두 여인이 있었으니 한 어미의 딸이라
“ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए ।
3 그들이 애굽에서 행음하되 어렸을 때에 행음하여 그들의 유방이 눌리며 그 처녀의 가슴이 어루만진 바 되었었나니
आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्‍यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्‍तन मिचिए र तिनीहरूको कुमारी अवस्‍थाको मुन्टाहरू खेलाइए ।
4 그 이름이 형은 오홀라요 아우는 오홀리바라 그들이 내게 속하여 자녀를 낳았나니 그 이름으로 말하면 오홀라는 사마리아요 오홀리바는 예루살렘이니라
तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।
5 오홀라가 내게 속하였을 때에 행음하여 그 연애하는 자 곧 그 이웃 앗수르 사람을 사모하였나니
तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,
6 그들은 다 자색 옷을 입은 방백과 감독이요 준수한 소년, 말 타는 자들이라
नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।
7 그가 앗수르 중에 잘 생긴 그 모든 자들과 행음하고 누구를 연애하든지 그들의 모든 우상으로 스스로 더럽혔으며
यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।
8 그가 젊었을 때에 애굽사람과 동침하매 그 처녀의 가슴이 어루만진바 되며 그 몸에 음란을 쏟음을 당한바 되었더니 그가 그 때부터 행음함을 마지 아니하였느니라
किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।
9 그러므로 내가 그를 그 정든 자 곧 그 연애하는 앗수르 사람의 손에 붙였더니
यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
10 그들이 그 하체를 드러내고 그 자녀를 빼앗으며 칼로 그를 죽여 그 누명을 여자에게 드러내었나니 이는 그들이 그에게 심문을 행함이니라
तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
11 그 아우 오홀리바가 이것을 보고도 그 형보다 음욕을 더하며 그 형의 간음함보다 그 간음이 더 심하므로 그 형보다 더 부패하여 졌느니라
त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी ।
12 그가 그 이웃 앗수르 사람을 연애하였나니 그들은 화려한 의복을 입은 방백과 감독이요 말타는 자들과 준수한 소년이었느니라
अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
13 그 두 여인이 한 길로 행하므로 그도 더러워졌음을 내가 보았노라
त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए ।
14 그가 음행을 더하였음은 붉은 것으로 벽에 그린 사람의 형상 곧 갈대아 사람의 형상을 보았음이니
त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी,
15 그 형상은 허리를 띠로 동이고 머리를 긴 수건으로 쌌으며 용모는 다 존귀한 자 곧 그 고토 갈대아 바벨론 사람 같은 것이라
आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो ।
16 그가 보고 곧 연애하여 사자를 갈대아 그들에게로 보내매
त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई ।
17 바벨론 사람이 나아와 연애하는 침상에 올라 음란으로 그를 더럽히매 그가 더럽힘을 입은 후에 그들을 싫어하는 마음이 생겼느니라
त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।
18 그가 이와 같이 그 음행을 나타내며 그 하체를 드러내므로 내 마음이 그 형을 싫어한 것 같이 그를 싫어하였으나
जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ ।
19 그가 그 음행을 더하여 그 젊었을 때 곧 애굽 땅에서 음행하던 때를 생각하고
तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई ।
20 그 하체는 나귀 같고 그 정수는 말 같은 음란한 간부를 연애하였도다
यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो ।
21 네가 젊었을 때에 행음하여 애굽 사람에게 네 가슴과 유방이 어루만진바 되었던 것을 오히려 생각하도다
मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।
22 그러므로 오홀리바야 나 주 여호와가 말하노라 내가 너의 연애하다가 싫어하던 자들을 격동시켜서 그들로 사방에서 와서 너를 치게 하리니
यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्‍याउनेछुः
23 그들은 바벨론 사람과 갈대아 모든 무리 브곳과 소아와 고아 사람과 또 그와 함께 한 모든 앗수르 사람 곧 준수한 소년이며 다 방백과 감독이며 귀인과 유명한 자, 다 말 타는 자들이라
बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
24 그들이 병기와 병거와 수레와 크고 작은 방패를 이끌고 투구 쓴 군대를 거느리고 치러 와서 너를 에워쌀지라 내가 심문권을 그들에게 맡긴즉 그들이 그 심문권대로 너를 심문하리라
उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ ।
25 내가 너를 향하여 투기를 발하리니 그들이 분노로 네게 행하여 네 코와 귀를 깎아버리고 남은 자를 칼로 엎드러뜨리며 네 자녀를 빼앗고 그 남은 자를 불에 사르며
मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ ।
26 또 네 옷을 벗기며 네 장식품을 빼앗을지라
उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ ।
27 이와 같이 내가 네 음란과 애굽 땅에서부터 음행하던 것을 그치게 하여 너로 그들을 향하여 눈을 들지도 못하게 하며 다시는 애굽을 기억하지도 못하게 하리라
यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।'
28 나 주 여호와가 말하노라 내가 너의 미워하는 자와 네 마음에 싫어하는 자의 손에 너를 붙이리니
किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।
29 그들이 미워하는 마음으로 네게 행하여 네 모든 수고한 것을 빼앗고 너를 벌거벗겨 적신으로 두어서 네 음행의 벗은 몸 곧 네 음란하며 음행하던 것을 드러낼 것이라
उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।
30 네가 이같이 당할 것은 네가 음란히 이방을 좇고 그 우상들로 더럽혔음이로다
वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
31 네가 네 형의 길로 행하였은즉 내가 그의 잔을 네 손에 주리라
तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस्‌, यसैले त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु ।'
32 나 주 여호와가 말하노라 깊고 크고 가득히 담긴 네 형의 잔을 네가 마시고 비소와 조롱을 당하리라
परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्‍ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ ।
33 네가 네 형 사마리아의 잔 곧 놀람과 패망의 잔에 넘치게 취하고 근심할지라
मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस्‌ । तेरी दिदी सामरियाको कचौरा ।
34 네가 그 잔을 다 기울여 마시고 그 깨어진 조각을 씹으며 네 유방을 꼬집을 것은 내가 이렇게 말하였음이니라 나 주 여호와의 말이니라
तैंले त्यो पिउनेछेस् र त्‍यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्‍यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्‍ना स्‍तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'
35 그러므로 나 주 여호와가 말하노라 네가 나를 잊었고 또 나를 네 등 뒤에 버렸은즉 너는 네 음란과 네 음행의 죄를 담당할지니라 하시니라
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”
36 여호와께서 또 내게 이르시되 인자야 네가 오홀라와 오홀리바를 국문하려느냐 그러면 그 가증한 일을 그들에게 고하라
परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस्? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
37 그들이 행음하였으며 피를 손에 묻혔으며 또 그 우상과 행음하며 내게 낳아준 자식들을 우상을 위하여 화제로 살랐으며
किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
38 이외에도 그들이 내게 행한 것이 있나니 당일에 내 성소를 더럽히며 내 안식일을 범하였도다
त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्‌: तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।
39 그들이 자녀를 죽여 그 우상에게 드린 당일에 내 성소에 들어와서 더럽혔으되 그들이 내 성전 가운데서 그렇게 행하였으며
किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् ।
40 또 사자를 원방에 보내어 사람을 불러오게 하고 그들이 오매 그들을 위하여 목욕하며 눈썹을 그리며 스스로 단장하고
अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस्‌ ।
41 화려한 자리에 앉아 앞에 상을 베풀고 내 향과 기름을 그 위에 놓고
त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ ।
42 그 무리와 편히 지껄이고 즐겼으며 또 광야에서 잡류와 술취한 사람을 청하여 오매 그들이 팔쇠를 그 손목에 끼우고 아름다운 면류관을 그 머리에 씌웠도다
यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
43 내가 음행으로 쇠한 여인을 가리켜 말하노라 그가 그래도 그들과 피차 행음하는도다
तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
44 그들이 그에게 나아오기를 기생에게 나아옴 같이 음란한 여인 오홀라와 오홀리바에게 나아왔은즉
जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए र त्‍यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।
45 의인이 음부를 심문함 같이 심문하며 피를 흘린 여인을 심문함 같이 심문하리니 그들은 음부요 또 피가 그 손에 묻었음이니라
तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ ।
46 나 주 여호와가 말하노라 내가 군대를 거느리고 와서 치게 하여 그들로 학대와 약탈을 당하게 하리니
यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।
47 그 군대가 그들을 돌로 치며 칼로 죽이고 그 자녀도 죽이며 그 집들을 불사르리라
तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाउनेछन्‌ ।
48 이와 같이 내가 이 땅에서 음란을 그치게 한즉 모든 여인이 경성하여 너희 음행을 본받지 아니하리라
किनकि देशबाट लज्‍जास्‍पद व्‍यवहारलाई म खतम गर्नेछु, र सबै स्‍त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् ।
49 그들이 너희 음란으로 너희에게 보응한즉 너희가 모든 우상을 위하던 죄를 담당할지라 너희가 나를 주 여호와인 줄 알리라 하시니라
यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस्‌, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस् ।

< 에스겔 23 >