< 출애굽기 33 >

1 여호와께서 모세에게 이르시되 너는 네가 애굽 땅에서 인도하여 낸 백성과 함께 여기서 떠나서 내가 아브라함과 이삭과 야곱에게 맹세하기를 네 자손에게 주마 한 그 땅으로 올라가라
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
2 내가 사자를 네 앞서 보내어 가나안 사람과, 아모리 사람과, 헷 사람과, 브리스 사람과, 히위 사람과, 여부스 사람을 쫓아내고
म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
3 너희로 젖과 꿀이 흐르는 땅에 이르게 하려니와 나는 너희와 함께 올라가지 아니하리니 너희는 목이 곧은 백성인즉 내가 중로에서 너희를 진멸할까 염려함이니라 하시니
दूध र मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”
4 백성이 이 황송한 말씀을 듣고 슬퍼하여 한 사람도 그 몸을 단장하지 아니하니
जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
5 여호와께서 모세에게 이르시기를 이스라엘 자손에게 이르라 너희는 목이 곧은 백성인즉 내가 순식간이라도 너희 중에 행하면 너희를 진멸하리니 너희 단장품을 제하라! 그리하면 내가 너희에게 어떻게 할 일을 알겠노라 하셨음이라
परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
6 이스라엘 자손이 호렙 산에서부터 그 단장품을 제하니라
त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।
7 모세가 항상 장막을 취하여 진 밖에 쳐서 진과 멀리 떠나게 하고 회막이라 이름하니 여호와를 앙모하는 자는 다 진 바깥 회막으로 나아가며
मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।
8 모세가 회막으로 나아갈 때에는 백성이 다 일어나 자기 장막문에 서서 모세가 회막에 들어가기까지 바라보며
मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्‍जेलसम्म तिनलाई हेर्ने गर्थे ।
9 모세가 회막에 들어갈 때에 구름 기둥이 내려 회막문에 서며 여호와께서 모세와 말씀하시니
मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।
10 모든 백성이 회막문에 구름 기둥이 섰음을 보고 다 일어나 각기 장막문에 서서 경배하며
कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।
11 사람이 그 친구와 이야기함 같이 여호와께서는 모세와 대면하여 말씀하시며 모세는 진으로 돌아오나 그 수종자 눈의 아들 청년 여호수아는 회막을 떠나지 아니하니라
एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
12 모세가 여호와께 고하되 `보시옵소서! 주께서 나더러 이 백성을 인도하여 올라가라 하시면서 나와 함께 보낼 자를 내게 지시하지 아니하시나이다 주께서 전에 말씀하시기를 나는 이름으로도 너를 알고 너도 내 앞에 은총을 입었다 하셨사온즉
मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्‍नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् ।'
13 내가 참으로 주의 목전에 은총을 입게 하시며 이 족속을 주의 백성으로 여기소서!'
अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।”
14 여호와께서 가라사대 내가 친히 가리라! 내가 너로 편케 하리라!
परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”
15 모세가 여호와께 고하되 `주께서 친히 가지 아니하시려거든 우리를 이곳에서 올려 보내지 마옵소서
मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।
16 나와 주의 백성이 주의 목전에 은총 입은 줄을 무엇으로 알리이까? 주께서 우리와 함께 행하심으로 나와 주의 백성을 천하 만민 중에 구별하심이 아니니이까?'
किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”
17 여호와께서 모세에게 이르시되 너의 말하는 이 일도 내가 하리니 너는 내 목전에 은총을 입었고 내가 이름으로도 너를 앎이니라
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
18 모세가 가로되 `원컨대 주의 영광을 내게 보이소서!'
मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
19 여호와께서 가라사대 내가 나의 모든 선한 형상을 네 앞으로 지나게 하고 여호와의 이름을 네 앞에 반포하리라 나는 은혜 줄 자에게 은혜를 주고 긍휼히 여길자에게 긍휼을 베푸느니라
परमप्रभुले भन्‍नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”
20 또 가라사대 네가 내 얼굴을 보지 못하리니 나를 보고 살 자가 없음이니라
तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”
21 여호와께서 가라사대 보라 내 곁에 한 곳이 있으니 너는 그 반석 위에 섰으라
परमप्रभुले भन्‍नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।
22 내 영광이 지날 때에 내가 너를 반석 틈에 두고 내가 지나도록 내 손으로 너를 덮었다가
मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।
23 손을 거두리니 네가 내 등을 볼 것이요 얼굴은 보지 못하리라
त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।”

< 출애굽기 33 >