< 민수기 33 >
1 이스라엘 자손이 모세와 아론의 관할하에 그 항오대로 애굽 땅에서 나오던 때의 노정이 이러하니라
मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
2 모세가 여호와의 명대로 그 노정을 따라 그 진행한 것을 기록하였으니 그 진행한 대로 그 노정은 이러하니라
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
3 그들이 정월 십오일에 라암셋에서 발행하였으니 곧 유월절 다음날이라 이스라엘 자손이 애굽 모든 사람의 목전에서 큰 권능으로 나왔으니
तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
4 애굽인은 여호와께서 그들 중에 치신 그 모든 장자를 장사하는 때라 여호와께서 그들의 신들에게도 벌을 주셨더라
मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
5 이스라엘 자손이 라암셋에서 발행하여 숙곳에 진 쳤고
इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्कोतमा छाउनी लगाए ।
6 숙곳에서 발행하여 광야 끝 에담에 진 쳤고
तिनीहरू सुक्कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
7 에담에서 발행하여 바알스본 앞 비하히롯으로 돌아가서 믹돌 앞에 진 쳤고
तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
8 하히롯 앞에서 발행하여 바다 가운데로 지나 광야에 이르고 에담 광야로 삼일 길쯤 들어가서 마라에 진 쳤고
त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
9 마라에서 발행하여 엘림에 이르니 엘림에는 샘물 열 둘과 종려 칠십 주가 있으므로 거기 진 쳤고
तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
11 홍해 가에서 발행하여 신 광야에 진 쳤고
तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
13 돕 가에 진 쳤고 돕가에서 발행하여 알루스에 진 쳤고
तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
14 알루스에서 발행하여 르비딤에 진 쳤는데 거기는 백성의 마실 물이 없었더라
तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
15 르비딤에서 발행하여 시내 광야에 진 쳤고
तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
16 시내 광야에서 발행하여 기브롯핫다아와에 진 쳤고
तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
17 기브롯핫다아와에서 발행하여 하세롯에 진 쳤고
तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्नामा छाउनी हाले ।
तिनीहरू लिब्नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
31 모세롯에서 발행하여 브네야아간에 진 쳤고
तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
32 브네야아간에서 발행하여 홀하깃갓에 진 쳤고
तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
35 아브로나에서 발행하여 에시온게벨에 진 쳤고
तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन-गेबेरमा छाउनी हाले ।
36 에시온게벨에서 발행하여 신 광야 곧 가데스에 진 쳤고
तिनीहरू एस्योन-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
37 가데스에서 발행하여 에돔 국경 호르산에 진 쳤더라
तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
38 이스라엘 자손이 애굽 땅에서 나온 지 사십년 오월 일일에 제사장 아론이 여호와의 명으로 호르산에 올라가 거기서 죽었으니
हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
39 아론이 호르산에서 죽던 때에 나이 일백 이십 삼세이었더라
हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
40 가나안 땅 남방에 거한 가나안 사람 아랏 왕이 이스라엘의 옴을 들었더라
कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्ने सुने ।
41 그들이 호르산에서 발행하여 살모나에 진 쳤고
तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
44 오봇에서 발행하여 모압 변경 이예아바림에 진 쳤고
तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
46 디본갓에서 발행하여 알몬디블라다임에 진 쳤고
तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
47 알몬디블라다임에서 발행하여 느보 앞 아바림 산에 진 쳤고
तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
48 아바림 산에서 발행하여 여리고 맞은편 요단 가 모압 평지에 진쳤으니
तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
49 요단 가 모압 평지의 진이 벧여시못에서부터 아벨싯딤에 미쳤었더라
तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
50 여리고 맞은편 요단 가 모압 평지에서 여호와께서 모세에게 일러 가라사대
परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
51 이스라엘 자손에게 말하여 그들에게 이르라 너희가 요단을 건너 가나안 땅에 들어가거든
“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
52 그 땅 거민을 너희 앞에서 다 몰아내고 그 새긴 석상과 부어 만든 우상을 다 파멸하며 산당을 다 훼파하고
तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्च स्थानहरू नष्ट पार्नुपर्छ ।
53 그 땅을 취하여 거기 거하라 내가 그 땅을 너희 산업으로 너희에게 주었음이라
तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
54 너희의 가족을 따라서 그 땅을 제비뽑아 나눌 것이니 수가 많으면 많은 기업을 주고 적으면 적은 기업을 주되 각기 제비뽑힌 대로 그 소유가 될 것인즉 너희 열조의 지파를 따라 기업을 얻을 것이니라
तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
55 너희가 만일 그 땅 거민을 너희 앞에서 몰아내지 아니하면 너희의 남겨둔 자가 너희의 눈에 가시와 너희의 옆구리에 찌르는 것이 되어 너희 거하는 땅에서 너희를 괴롭게 할 것이요
तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
56 나는 그들에게 행하기로 생각한 것을 너희에게 행하리라
त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।