< Luka 24 >
1 Manyata sana ligono lya kwanza lya juma, bhahidili kumakaburi bhaletili manukato ambagho bhajhele bhaghaandele.
हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
2 Bhalibhwene liganga libelendusibhu patali ni likaburi.
तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
3 Bhakajhingila mugati, lakini bhaghubhwene lepi mb'ele bhwa Bwana Yesu.
तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
4 Jhatokili kwamba, wakati bhachanganyikibhu kuhusu e'le ghafla, bhanu bhabhele bhajhemili pagati pa bhene bhafwalili mavazi gha kulangala.
जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
5 Bhadala bhamemili hofu ni kujhinamisya nyuso sya bhene pasi, bhakabhajobhela bhadala, “Kwandajha kiki mukandonda jha ajhe hai miongoni mwa bhafu?
ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”
6 Ajhelepi apa, ila afufuiki! Mukhombokayi kyaajobhi ni muenga bho ajhe ni muenga Galilaya,
उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
7 Ajobhili kujha Mwana ghwa Adamu lazima abhosibhwajhi mu mabhoko gha bhanu bhenye dhambi ni kusulubisibhwa, ni ligono lya tatu, afufukajhi kabhele.”
मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
8 Bhadala bhalabhakakhomboka malobhi gha muene,
तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
9 ni kubhujha kuhoma kumakaburi ni kubhajobhela mambo agha ghoha bhala kumi na moja ni bhangi bhoha.
र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
10 Basi Maria Magdalena, Joana, Maria mabhu ghwa Yakobo, ni bhadala bhangi pamonga nabhu bhakahomesya taarifa e'se kwa mitume.
अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
11 Lakini ujumbe obho bhwabhonekene kama mzaha tu kwa mitume, na bhebhaamini lepi bhadala bhala.
तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
12 Hata hivyo Petro ajhumuiki, ni kujumba kulota kulikaburi, ni kuhongolela mgati abhuene sanda jhiene. Petro kisha akabhoka akalota kunyumba kwa muene, ni kustaajabu kiki kyakikahomili.
यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
13 Na langayi, bhabhele miongoni mwa bhene bhajhele bhilota ligono leluelu mu kijiji kimonga kyakikutibhwa Emmau, ambakyo kyajhele maili sitini kuhoma Yerusalemu.
हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
14 Bhajadiliene bhene kwa bhene kuhusu mambo ghaghatokili.
जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
15 Jhatokili kwamba, wakati bhijadiliana ni kukota na maswali, Yesu akahegelela karibu akaambatana nabhu.
तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
16 Lakini mihu gha bhene ghazuilibhu kummanya muene.
तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
17 Yesu akabhajobhela, “Kiki ambakyo muenga bhabhele mkilongelela wakati mwigenda?” Bhakajhema pala bhakajha bhibhonekana ni huzuni.
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
18 Mmonga bhabhi, lihina lya muene Cleopa, an'jibili, “Je bhebhe ghwe munu pekee apa Yerusalemu ambajhe amanyilepi mambo ghaghatokili okhu magono agha?”
तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए,”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ?”
19 Yesu akabhajobhela, “Mambo ghaloki?” Bhakan'jibu, “Mambo kuhusu Yesu Mnazareti, ambajhe ajhele nabii, muweza mu matendo ni malobhi mbele sya K'yara ni bhanu bhoha.
येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
20 Ni jinsi ambavyo bhabhaha bha makuhani ni bhalongosi bha jhotu kyampisili kuhukumibhwa kifo ni kun'sulubisya.
र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
21 Lakini twatumaini kujha muene ndo jhaibeta kubhebheka huru Israeli. Ena, patali ni agha ghoha, henu ndo ligono lya tatu kuhomela mambo agha ghatokili.
तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
22 Lakini kabhele, baadhi jha bhadala kuhoma mu likundi lya tete bhatusyangese, baada jha kujha kulikaburi lubhuliku.
तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
23 Bho bhaudulili mbele ghwa muene, bhakahida, bhakajobha kwamba bhabhuene kabhele maono gha malaika bhabhajobhili kwamba muomi.
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
24 Baadhi jha bhagosi ambabho bhajhele pamonga natu bhalotili ku likaburi, ni kukolela ni kama vile bhadala kyabhajobhili. Lakini bhambwene lepi muene.”
हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
25 Yesu akabhajobhela, “Muenga bhanu bhajinga na bhenye mioyo mizito gha kuamini ghoha ambagho manabii bhajobhili!
येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र?
26 Je jhajhelepi lazima Yesu kuteseka kwa mambo agha, ni kujhingila mu utukufu bhwa muene?”
के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”
27 Kisha kujhandila kuhoma kwa Musa ni manabii bhoha, Yesu abhatafsiriri mambo ghaghakamhusu muene mu maandiku ghoha.
तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
28 Bhobhakaribili kijiji khela, okhu kwa bhaloteghe, Yesu akabhomba kana kwamba ijhendelela palongolo.
तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
29 Lakini bhandasimisi, bhakajobha, “Tamayi pamonga ni tete, maana jhilotela kimihi ni ligono kama limaliki.” Hivyo Yesu akajhingila kulota kutama nabhu.
तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
30 Jhatokili kwamba, wakati atamili nabhu kulya, atolili n'kate abhubariki, ni kuumetula, akabhapela.
जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
31 Kisha mihu gha bhene ghafungulibhu, bhakammanya, na abhokili ghafla palongolo pa mihu gha bhene.
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
32 Bhakajobhesana bhene kwa bhene, “Hivyo mioyo ghya jhotu ghyikajhelepi mu mioyo ghya jhotu, wakati ilongela natu munjela, wakati atufungutili maandiku?”
तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
33 Bhakajhinuka lisaa leluelu nikukerebhuka Yerusalemu. Bhakabhakolela bhala kumi na moja bhakibhongeniye pamonga, nibhala bhabhajhe pamonga nabhu.
त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
34 Bhakajobha, “Bwana afufuiki kweli kweli, na an'tokili Simoni.”
तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
35 Hivyo bhakabhajobhela mambo ghaghatokili mu njela ni namna Yesu kyaadhihirishibhu kwa bhene mukuumetula n'kate.
त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
36 Wakati bhilongela mambo agha, Yesu muene ajhemili pagati pa bhene ni kubhajobhela, “Amani jhijhelayi kwa muenga.”
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
37 Lakini bhatilili ni kujhingilibhwa ni hofu, na bhafikiriri kujha bhabhwene roho.
तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
38 Yesu akabhajobhela, kwa ndajhakiki mwifadhaika? kwa ndajhakiki maswali ghijhinuka mu mioyo ghya jhomu?
येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ?
39 Mulangayi mabhoko ghangu ni magolo ghangu, kwamba ni nene ne muene. Munigusayi na mulolayi kwa mana roho ijhelepi ni nyama ni mafupa, kama kyamukanibhona nene kujha nafu.”
मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
40 Bho amali kujobha naha, akabhalasya mabhoko gha muene ni magolo gha muene.
जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
41 Bhabhakona ni furaha jhajhichanganyikene ni kutokuakiniana ni kustaajabu, Yesu akabhajobhela, “Je mujhe ni khenu kyokyoha kya kulya?”
तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
42 Bhakampela kipandi kya somba jhaanyanyibhu.
तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
43 Yesu akakitola, ni kukilya mbele jha bhene.
येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
44 Akabhajobhela, “Bhonijhele namu, nabhajobhili kujha ghoha ghaghalembibhu musheria sya Musa ni manabii ni Zaburi lazima ghatimilikayi.”
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
45 Kisha akafungula akili sya bhene, kwamba bhabhwesiajhi kughajhelebhwa maandiku.
तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
46 Akabhajobhela, “Kwamba jhilembibhu, Kristu lazima atesekayi, ni kufufuka kabhele kuhoma kwa bhafu ligono lya tatu.
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
47 Ni toba ni msamaha bhwa dhambi lazima ihubiribhwayi kwa lihina lya muene kwa mataifa ghoha, kujhandila kuhomela Yerusalemu.
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
48 Muenga mashahidi bha mambo agha.
तिमीहरू यी कुराहरूका साक्षी छौ ।
49 Langayi nikabhapelekela ahadi jha Dadi jhangu juu jha muenga. Lakini mulendayi apa jijini, mpaka pamwibeta kufwatikibhwa nghofu kuhoma kunani.
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
50 Kisha Yesu abhalonguisi kwibhala mpaka pabhakaribili Bethania. Ajhinuili mabhoko gha muene kunani, ni kubhabariki.
त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
51 Jhatokili kwamba, wakati ikabhabariki, abhalekili ni kup'endibhwa kunani kulotela kumbinguni.
त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
52 Basi bhakamwabudu, ni kukerebhuka Yerusalemu ni furaha mbaha.
त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
53 Bhajhendelili kujha mu lihekalu, bhikambariki K'yara.
तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।