< 1 Yohana 5 >
1 J'hoj'hioha j'he ikiera kuj'ha Yesu ndo Kristu ahogoliki ni K'yara. Na j'hoj'hioha j'haan'ganili muene ambaj'he ahomili kwa tata pia akabhagana bhana munu.
जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।
2 Kwa e'le tumanyili kuj'ha tubhaganili bhana bha K'yara— patukan'gana K'yara ni kutekelasya amri syake.
जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
3 Naha ndo kyatukan'gana K'yara kwa kusikamula Amri syake mbepe.
किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
4 kwa kuj'ha kila j'ha ahogoliki nu K'yara akabhushinda bhulimwengu. Na obho ndo bhushindi bhwa kubhushinda bhulimwengu, imani j'hitu.
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।
5 Niani j'ha abhushindi bhulimwengu? Ndo j'hola j'ha ij'hamini kuj'ha Yesu ndo muana ghwa K'yara.
येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो?
6 O'j'ho ndo j'haahadili kwa masi ni muasi- Yesu Kristu. Ahidili lepi kwa masi tu bali kwa masi ni muasi.
उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
7 Kwa kuj'ha bhaj'he bhadatu bhabhashuhudili.
किनकि गवाही दिनेहरू तिन छन्,
8 Roho, masi ni muasi. Abha bhadatu bhikakubaliana. (Zingatilai: Malobhi agha “Tata, Lilobhi, ni Roho Mtakatifu” ghibhonekana lepi mu nakala sinofu sya muandi).
आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् ।
9 Kama twikabhaj'ham'belela bhushuhuda bhwa bhanadamu bhushuhuda bhwa K'yara ndo mmbaha kuliko obho- kwa kujha aj'he nabhu bhushuhuda kuhusiana nu mwanabhe.
हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
10 Muene j'haikamwamini mwana ghwa K'yara aj'he ni bhushuhuda mugati mwake muene. Na j'hej'hioha j'haabelili kumwamini K'yara am'bombali kuj'ha n'desi, kwa kuj'ha abhwaminilepi bhushuhuda ambabho K'yara abhulatili kup'hetela mwanabhe.
जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन ।
11 Ni bhushuhuda ndo obho— kuj'ha K'yara atupele bhusima bhwa milele, ni bhusima obho bhuj'hele mugati mwa Mwanabhe. (aiōnios )
अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । (aiōnios )
12 J'ha aj'he nu mwanabhe aj'he ni bhusima. Na g'haabeli kuj'ha nu mwanabhe aj'helepi ni bhusima.
जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन ।
13 Nibhalembili agha ili mbwesiagha kumanya kuj'ha muj'henabhu bhusima bhwa milele— Muenga j'ha mwikuera mu lihina lya mwana ghwa K'yara. (aiōnios )
मैले यी कुराहरू परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्ने तिमीहरूले जान्न सक । (aiōnios )
14 Na obho ndo bhujasiri bhwa tujhe nabhu pa mihu pa muene, kuj'ha Kama tus'okuli k'henu kyokyoha k'hela sawasawa ni mapenzi ghake, akatup'heleka.
अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ । उहाँको सामुन्ने हामीसँग भएको दृढता यही हो ।
15 Na Kama tumenye kuj'ha akatup'heleka— kyokyoha kyatukans'oma, tumanyili kuj'ha tuj'he naku kyatuns'omili.
अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।
16 Kama twikabhaj'ham'belela bhushuhuda bhwa bhanadamu bhushuhuda bhwa K'yara ndo mmbaha kuliko obho- kwa kujha aj'he nabhu bhushuhuda kuhusiana nu mwanabhe. Muene j'haikamwamini mwana ghwa K'yara aj'he ni bhushuhuda mugati mwake muene. Na j'hej'hioha j'haabelili kumwamini K'yara am'bombali kuj'ha n'desi, kwa kuj'ha abhwaminilepi bhushuhuda ambabho K'yara abhulatili kup'hetela mwanabhe.
यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्याउने पाप गर्ने त्यसलाई परमेश्वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।
सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्याउने पाप पनि छ ।
18 Tumanyili j'ha kuj'ha j'haahogoliki nu K'yara ibhomba lepi sambi. Bali j'haahogoliki nu K'yara itunzibhwa nu muene salama daima, ni j'hola mwovu ibhwesyalepi kumdhuru.
हामी जान्दछौँ, कि जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्वरबाट जन्मेको छ, परमेश्वरले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन ।
19 Tumanyili kuj'ha tete ni bha K'yara na tumanyili kuj'ha bhulimwengu bhuoha bhuj'hele pasi pa bhutawala bhwa j'hola mwovu.
हामी जान्दछौँ, कि हामी परमेश्वरका हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ ।
20 Lakini tumanyili kuj'ha mwana ghwa K'yara ahidili na atupelili bhujuzi, kuj'ha tummanyili muene j'haaj'hele ghwa bhukweli na kwamba tujhele mugati mwa muene j'haaj'hele ghwa bhukweli, hata kwa mwanabhe Yesu Kristu. Ni K'yara ghwa bhukweli ni bhusima bhwa milele. (aiōnios )
तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ । (aiōnios )
21 Bhana bhapenzi, mkij'hepusiaghe ni lisanamu.
प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।