< Ebhikolwa bhya Jintumwa 17 >
1 Bhejile bhalabha mu misi ja Amfipoli na Apollonia, nibhaja bhakinga mu musi gwa Thesalonike anu lyaliga lili elikofyanyisho lya Abayaudi.
अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।
2 Lwa kutyo aliga analile Paulo, agendele kubhene, ku mwanya gwa naku esatu eja Isabhato bhabhushanya ingulu ya maandiko.
पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे ।
3 Aliga nabhegulila amaandiko no kubhelesha ati, jimwiile Kristo anyasibhwe no kumala nasuluka lindi okusoka mubhafuye. Abhabhwiliye,” Yesu unu enibhabhwila emisango jae niwe Kristo”
उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।”
4 Abayaudi abhandi bhekilisishe no kugwatana na Paulo na Sila, amwi na bhagiliki na bhanu baliga bhamulamya Nyamuanga, bha mai bhafu na liijo enene lwa bhanu bhafu bhakisibhwa.
केही यहूदीहरू साथै ईश्वरभक्त ग्रीकहरू, धेरै अगुवा स्त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्वास गरे ।
5 Mbe nawe Abayaudi abhandi abho bhekilishe, nibhejula libhubha, nibhagenda mwigulilo no kubhagega abhanu abhandi abhajabhi, nibhakumanya liijo lwa bhanu amwi, no kuletelela ijogele mumusi, okumala nibhengila kwamanaga mu nyumbha ya Jason, nibhwenda ukubhagwata Paulo na Sila koleleki bhalete imbhele ya abhanu.
तर अविश्वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे ।
6 Mbe nawe bhejile bhabhatasha, nibhamugwata Yasoni na bhandi abhasu abhadi ni nibhabhasila imbele ya bhakulu bho musi nibhayogana abhalume bhanu bhaindue echalo bhakigile enu one,
तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”
7 Abhalume bhanu bhanu bhakabhisibhwe na jasoni abhanyamula echilagilo cha kaisali, abhaika alio omkama oudi oyo kabhilikilwa Yesu”
यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्ने अर्को एकजना राजा पनि छन् ।”
8 Liijo na bhakulu bho musi Bhejile bhakongwa emisango jinu, nibhengilwa no bhubha
यी कुराहरू सुनेर मानिसहरूका भिड र सहरका हाकिमहरू आत्तिए ।
9 BHejile bhakamala okugega jipilya je chibhalo Cho mulisi okusoka ku Jason na bhandi, bhabhatatie bhagede.
तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।
10 Mugeta ilya abhasu bhamtumile Paulo Sila Beroya. bhejile bhakakinga elia bhagedele mu mulikofyanyosho lya bhaudi.
त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।
11 Abhanu bhalia baliga no bhegeso bunene okukila abhanu balya Abha Thesalonike, kwa insoga baliga bhali bhagu bho kulamila omusango kwo bhwege bhwebhwe, no kuigilisha amaandiko bhuli lunaku koleleki bhalole emisango kutyo jaikilwe labha nikwo kutyo jili.
थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
12 Kulwejo ku bhwafu bhwebhwe bhekilisishe bhalimo Abagasi abhokukongya Abhakulu bhe chigiriki abhalume bhafu.
यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्वास गरे ।
13 Mbe nawe Abayaudi abha Thesalonike Bhejile bhamenya ati Paulo kalasha omusango gwa Nyamuwanga eyo Beroya, bhagendeleyo no kusoyelesha no kumala mbhabisha injogele ku bhanu.
तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए ।
14 kwo bhwangu, abhasu nibhamusila Paulo kwa injila ya inyanja, nawe Sila na Timotheo nibhasigala alia.
त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
15 Abhasu bhalya bhanu bhamusilile Paulo bhagendele nage nibhakinga Athene, eyo bhamsigile Paulo, bhalamie amalagililo kusoka ku mwene ati, Sila na Timotheo bhagende ku mwene bhwangu kutyo ejitulikana.
पावललाई डोर्याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्ने निर्देशन दिएर पठाए ।
16 O mwanya ogwo nabhatendesha eyo Athene, omwoyo gwae gwabhiiliywe munda yae lwa kutyo agulolele omusi gwijue ebhisusano bhafu.
पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17 kwibyo nabhusilishanya ne likofyanyisho lya abhayaudi bhanu bhaliga nibhamulamya Nyamuanga na ku bhalia Bona abho abhonene nabho bhuli lunaku mwigulilo.
यसैकारण उनले यहूदीहरू र परमेश्वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
18 Mbe nawe abhasomi abhandi abha Waepikureo na Wastoiko bhamulubha. Abhandi nibhaika,”nichinuki chinu kaika omwaiki unu mulela? Abhandi mbhaika,” ejibhonekana kalasha emisango ja Nyamuanga mgenyi” kwa insonga kalasha emisango jo bhusuluko bha Yesu.
तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
19 Mbhamugega Paulo no kumleta Areopago, mbhaika,”echitula gamenya ameigisho mayaya ganu owaika?
तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ?
20 Kwa insonga uleta misango miyaya mu matwi geswe. Kulwejo echenda okumenya emisango jinu jili na nsonga ki?”
किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्न चाहन्छौँ ।”
21 (Abhanu Bhona abha Athene amwi na abhagenyi abho bhalio kubhene, abhakolela omwanya gwebhe amwi mu kwaika no kutegelesha ingulu ye misango miyaya.)
(अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
22 Kulwejo Paulo nemelegulu agati-gati ya bhanu bha Areopago no kwaika,”emwe abhanu bha Athene, enilola ati emwe muli bhanu bha idini kwa bhuli nyami,
त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखेँ ।
23 mukulabha kwani no kulola ebhinu bhyemwe ebyo kulamya, enilola emisango jandikilwe ku bhimwi bhye bhishengelo bhemwe, nijaika “KU NYAMUANGA UNU ATAKUMENYEKANA”. kwibyo woli, unu omulamya mtamenya, oyo niwe enibhamenyesha emwe.
किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʼअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
24 Nyamuanga unu amogele echalo na bhuli chinu chinu chili munda, kulwo kubha niwe Latabugenyi wo lwile ne Chalo, atakutula kwiyanja mu mayekalu ganu gakolelwe na mabhoko.
परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
25 Ona atakolelwa na mabhoko ga bhana bhanu kuti kenda chinu ku bhene, kulwo kubha omwenene niwe kabhayana abhanu obhuwanga no mwika ne bhinu ebhindi Bhona.
न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
26 Okutulila munu umwi, akolele Amaanga gona ganu abhanu bhekaemo ingulu yo bhusu bhe Chalo, na bhatelao omwanya na jimbibi mu mabala ganu bhekaemo.
उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
27 Kulwejo, abhendibhwa okumuinga Nyamuanga koleleki bhamukingeko no kumubhona, na kulwe chimali atali kula na bhuli umwi weswe.
यसैकारण उनीहरूले तिनै परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न ।
28 KU mwene chilamile, echilibhata no kubha no bhuanga bhweswe, lwa kutyo omwimbi umwi owa lishaili kutyo aikile “chili bhebhulwa bae.”
किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʼकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
29 Kulwejo, alabha Eswe chili bhebhulwa bha Nyamuanga, kuteile okwiganilisha ati Nyamuanga ni uti jaabhu amwi uti mpilya amwi uti mabhui amwi bhisusano bhinu ebhibhajwa kwo buryo na meganilisho ga bhanu.
यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन ।
30 Kulwejo, Nyamuwanga ajibhie omwanya gulya ogwo bhumumu nawe woli kalagilila abhanu bhona bha bhuli ebhala bhate.
यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।
31 Inu niyo insonga ateeyo Olunaku lunu alija okulamula echalo muchimali KU munu unu asolele. Nyamuanga asosishe echimali ku bhuli munu anu amusuluye okusoka mubhafue alya.
किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
32 Abhanu bha Athene Bhejile bongwa emisango jo kusululwa kwa bhafue, abhandi mbamjimya Paulo, Mbe nawe abhandi bhaika “echija okukutegelesha lindi KU misango ja gunu”
जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।”
33 Jejile jawa ejo, Paulo nabhasiga.
त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए ।
34 Mbe nawe abhanu abhandi mbagwatana nage mu kwilisha, alimo Dionisio unu aliga Ali mureopago, no mugasi unu kabhwilikilwa Damari na bhandi amwi nabho.
तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्त्री र अरू कतिपय मानिसहरू पावललाई भेट्न आए र उनको कुरामा विश्वास गरे ।