< 詩篇 140 >
1 聖歌隊の指揮者によってうたわせたダビデの歌 主よ、悪しき人々からわたしを助け出し、わたしを守って、乱暴な人々からのがれさせてください。
हे परमप्रभु, मलाई दुष्टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् ।
2 彼らは心のうちに悪い事をはかり、絶えず戦いを起します。
तिनीहरूले आफ्ना हृदयहरूमा दुष्ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्चाउँछन् ।
3 彼らはへびのようにおのが舌を鋭くし、そのくちびるの下にはまむしの毒があります。 (セラ)
सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ । सेला
4 主よ、わたしを保って、悪しき人の手からのがれさせ、わたしを守って、わが足をつまずかせようとする乱暴な人々からのがれさせてください。
हे परमप्रभु, मलाई दुष्टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्ने योजना बनाउँछन् ।
5 高ぶる者はわたしのためにわなを伏せ、綱をもって網を張り、道のほとりにわなを設けました。 (セラ)
घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
6 わたしは主に言います、「あなたはわが神です。主よ、わが願いの声に耳を傾けてください。
मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।”
7 わが救の力、主なる神よ、あなたは戦いの日に、わがこうべをおおわれました。
हे परमप्रभु मेरा परमेश्वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्नुहुन्छ ।
8 主よ、悪しき人の願いをゆるさないでください。その悪しき計画をとげさせないでください。 (セラ)
हे परमप्रभु, दुष्टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला
9 わたしを囲む者がそのこうべをあげるとき、そのくちびるの害悪で彼らをおおってください。
मलाई घेर्नेहरूले आफ्ना शिर उठाउँछन् । आफ्नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
10 燃える炭を彼らの上に落してください。彼らを穴に投げ入れ、再び上がることのできないようにしてください。
बलिरहेको भुङ्ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्डमा फाल्नुहोस् ।
11 悪口を言う者を世に立たせないでください。乱暴な人をすみやかに災に追い捕えさせてください」。
निन्दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्यसलाई खेदोस् ।
12 わたしは主が苦しむ者の訴えをたすけ、貧しい者のために正しいさばきを行われることを知っています。
कष्टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
13 正しい人は必ずみ名に感謝し、直き人はみ前に住むでしょう。
निश्चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।