< 箴言 知恵の泉 10 >
1 ソロモンの箴言。知恵ある子は父を喜ばせ、愚かな子は母の悲しみとなる。
सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
2 不義の宝は益なく、正義は人を救い出して、死を免れさせる。
दुष्टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।
3 主は正しい人を飢えさせず、悪しき者の欲望をくじかれる。
परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
4 手を動かすことを怠る者は貧しくなり、勤め働く者の手は富を得る。
अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
5 夏のうちに集める者は賢い子であり、刈入れの時に眠る者は恥をきたらせる子である。
बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्नेले अपमान ल्याउँछ ।
6 正しい者のこうべには祝福があり、悪しき者の口は暴虐を隠す。
परमेश्वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
7 正しい者の名はほめられ、悪しき者の名は朽ちる。
धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्टहरूको नामचाहिँ सडेर जाने छ ।
8 心のさとき者は戒めを受ける、むだ口をたたく愚かな者は滅ぼされる。
संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्ट हुने छ ।
9 まっすぐに歩む者の歩みは安全である、しかし、その道を曲げる者は災にあう。
निष्ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
10 目で、めくばせする者は憂いをおこし、あからさまに、戒める者は平和をきたらせる。
द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
11 正しい者の口は命の泉である、悪しき者の口は暴虐を隠す。
धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
12 憎しみは、争いを起し、愛はすべてのとがをおおう。
घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
13 さとき者のくちびるには知恵があり、知恵のない者の背にはむちがある。
बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
14 知恵ある者は知識をたくわえる、愚かな者のむだ口は、今にも滅びをきたらせる。
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
15 富める者の宝は、その堅き城であり、貧しい者の乏しきは、その滅びである。
धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
16 正しい者の受ける賃銀は命に導き、悪しき者の利得は罪に至る。
धर्मी मानिसको ज्यालाले जीवनमा पुर्याउँछ, तर दुष्टहरूको लाभले पापमा पुर्याउँछ ।
17 教訓を守る者は命の道にあり、懲しめを捨てる者は道をふみ迷う。
अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
18 憎しみを隠す者には偽りのくちびるがあり、そしりを口に出す者は愚かな者である。
घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
19 言葉が多ければ、とがを免れない、自分のくちびるを制する者は知恵がある。
जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
20 正しい者の舌は精銀である、悪しき者の心は価値が少ない。
धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
21 正しい者のくちびるは多くの人を養い、愚かな者は知恵がなくて死ぬ。
धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
22 主の祝福は人を富ませる、主はこれになんの悲しみをも加えない。
परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न ।
23 愚かな者は、戯れ事のように悪を行う、さとき人には賢い行いが楽しみである。
दुष्टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
24 悪しき者の恐れることは自分に来り、正しい者の願うことは与えられる。
दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
25 あらしが通りすぎる時、悪しき者は、もはや、いなくなり、正しい者は永久に堅く立てられる。
दुष्टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।
26 なまけ者は、これをつかわす者にとっては、酢が歯をいため、煙が目を悩ますようなものだ。
दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
27 主を恐れることは人の命の日を多くする、悪しき者の年は縮められる。
परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्टको आयु छोटिने छ ।
28 正しい者の望みは喜びに終り、悪しき者の望みは絶える。
धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्ट मानिसहरूको आयु छोटिने छ ।
29 主は、まっすぐに歩む者には城であり、悪を行う者には滅びである。
परमप्रभुको मार्गले निष्ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्टको लागि यो विनाश हो ।
30 正しい者はいつまでも動かされることはない、悪しき者は、地に住むことができない。
धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन ।
31 正しい者の口は知恵をいだし、偽りの舌は抜かれる。
धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
32 正しい者のくちびるは喜ばるべきことをわきまえ、悪しき者の口は偽りを語る。
धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।