< 士師記 3 >

1 すべてカナンのもろもろの戦争を知らないイスラエルの人々を試みるために、主が残しておかれた国民は次のとおりである。
यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्‍यक्‍तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।
2 これはただイスラエルの代々の子孫、特にまだ戦争を知らないものに、それを教え知らせるためである。
(युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो ।)
3 すなわちペリシテびとの五人の君たちと、すべてのカナンびとと、シドンびとおよびレバノン山に住んで、バアル・ヘルモン山からハマテの入口までを占めていたヒビびとなどであって、
ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्‍ने हिव्वीहरू ।
4 これらをもってイスラエルを試み、主がモーセによって先祖たちに命じられた命令に、彼らが従うかどうかを知ろうとされたのである。
इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
5 しかるにイスラエルの人々はカナンびと、ヘテびと、アモリびと、ペリジびと、ヒビびと、エブスびとのうちに住んで、
यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
6 彼らの娘を妻にめとり、また自分たちの娘を彼らのむすこに与えて、彼らの神々に仕えた。
तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
7 こうしてイスラエルの人々は主の前に悪を行い、自分たちの神、主を忘れて、バアルおよびアシラに仕えた。
परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
8 そこで主はイスラエルに対して激しく怒り、彼らをメソポタミヤの王クシャン・リシャタイムの手に売りわたされたので、イスラエルの人々は八年の間、クシャン・リシャタイムに仕えた。
यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन-रिशातैमको सेवा गरे ।
9 しかし、イスラエルの人々が主に呼ばわったとき、主はイスラエルの人々のために、ひとりの救助者を起して彼らを救われた。すなわちカレブの弟、ケナズの子オテニエルである。
जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल (कालेबका भाइ) थिए ।
10 主の霊がオテニエルに臨んだので、彼はイスラエルをさばいた。彼が戦いに出ると、主はメソポタミヤの王クシャン・リシャタイムをその手にわたされたので、オテニエルの手はクシャン・リシャタイムに勝ち、
परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
11 国は四十年のあいだ太平であった。ケナズの子オテニエルはついに死んだ。
देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो ।
12 イスラエルの人々はまた主の前に悪をおこなった。すなわち彼らが主の前に悪をおこなったので、主はモアブの王エグロンを強めて、イスラエルに敵対させられた。
त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
13 エグロンはアンモンおよびアマレクの人々を集め、きてイスラエルを撃ち、しゅろの町を占領した。
एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
14 こうしてイスラエルの人々は十八年の間モアブの王エグロンに仕えた。
इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे ।
15 しかしイスラエルの人々が主に呼ばわったとき、主は彼らのために、ひとりの救助者を起された。すなわちベニヤミンびと、ゲラの子、左ききのエホデである。イスラエルの人々は彼によってモアブの王エグロンに、みつぎ物を送った。
जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
16 エホデは長さ一キュビトのもろ刃のつるぎを作らせ、それを衣の下、右のももの上に帯びて、
एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे ।
17 モアブの王エグロンにみつぎ物をもってきた。エグロンは非常に肥えた人であった。
तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
18 エホデがみつぎ物をささげ終ったとき、彼はみつぎ物をになってきた民を帰らせ、
एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
19 かれ自身はギルガルに近い石像のある所から引きかえして言った、「王よ、わたしはあなたに申しあげる機密をもっています」。そこで王は「さがっておれ」と言ったので、かたわらに立っている者は皆出て行った。
गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
20 エホデが王のところにはいって来ると、王はひとりで涼みの高殿に座していたので、エホデが「わたしは神の命によってあなたに申しあげることがあります」と言うと、王は座から立ちあがった。
एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
21 そのときエホデは左の手を伸ばし、右のももからつるぎをとって王の腹を刺した。
एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
22 つるぎのつかも刃と共にはいったが、つるぎを腹から抜き出さなかったので、脂肪が刃をふさいだ。そして汚物が出た。
त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23 エホデは廊下に出て、王のおる高殿の戸を閉じ、錠をおろした。
त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24 彼が出た後、王のしもべどもがきて、高殿の戸に錠のおろされてあるのを見て、「王はきっと涼み殿のへやで足をおおっておられるのだ」と思った。
एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25 しもべどもは長いあいだ待っていたが、王がなお高殿の戸を開かないので、心配してかぎをとって開いて見ると、王は床にたおれて死んでいた。
राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26 エホデは彼らのためらうまに、のがれて石像のある所を過ぎ、セイラに逃げていった。
अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
27 彼が行ってエフライムの山地にラッパを吹き鳴らしたので、イスラエルの人々は彼と共に山地から下ってエホデに従った。
जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
28 エホデは彼らに言った、「わたしについてきなさい。主はあなたがたの敵モアブびとをあなたがたの手にわたされます」。そこで彼らはエホデに従って下り、ヨルダンの渡し場をおさえ、モアブびとをひとりも渡らせなかった。
उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।
29 そのとき彼らはモアブびとおおよそ一万人を殺した。これはいずれも肥え太った勇士であって、ひとりも、のがれた者がなかった。
त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन ।
30 こうしてモアブはその日イスラエルの手に服し、国は八十年のあいだ太平であった。
यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।
31 エホデの後、アナテの子シャムガルが起り、牛のむちをもってペリシテびと六百人を殺した。この人もまたイスラエルを救った。
एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।

< 士師記 3 >