< エレミヤ書 10 >

1 イスラエルの家よ、主のあなたがたに語られる言葉を聞け。
हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
2 主はこう言われる、「異邦の人の道に習ってはならない。また異邦の人が天に現れるしるしを恐れても、あなたがたはそれを恐れてはならない。
परमप्रभु यसो भन्‍नुहुन्छ, “जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन् ।
3 異邦の民のならわしはむなしいからだ。彼らの崇拝するものは、林から切りだした木で、木工の手で、おのをもって造ったものだ。
किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।
4 人々は銀や金をもって、それを飾り、くぎと鎚をもって動かないようにそれをとめる。
त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।
5 その偶像は、きゅうり畑のかかしのようで、ものを言うことができない。歩くこともできないから、人に運んでもらわなければならない。それを恐れるに及ばない。それは災をくだすことができず、また幸をくだす力もないからだ」。
तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्‍न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्‍ने भएका हुनाले तिनलाई बोक्‍नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।”
6 主よ、あなたに並びうる者はありません。あなたは大いなる者であり、あなたの名もその力のために大いなるものであります。
हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।
7 万国の王であるあなたを、恐れない者がありましょうか。あなたを恐れるのは当然のことであります。万国のすべての知恵ある者のうちにも、その国々のうちにも、あなたに並びうる者はありません。
हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
8 彼らは皆、愚かで鈍く、偶像の教は、ただ木にすぎない。
तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।
9 銀ぱくはタルシシから渡来し、金はウパズから携えてくる。これらは工人と金細工人の工作である。彼らの着物はすみれ色と紫色である。これらはみな巧みな細工人の作った物である。
तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्‍त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।
10 しかし主はまことの神である。生きた神であり、永遠の王である。その怒りによって地は震いうごき、万国はその憤りに当ることができない。
तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
11 あなたがたは彼らに、こう言わなければならない、「天地を造らなかった神々は地の上、天の下から滅び去る」と。
तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन् ।
12 主はその力をもって地を造り、その知恵をもって世界を建て、その悟りをもって天をのべられた。
तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
13 彼が声を出されると、天に多くの水のざわめきがあり、また地の果から霧を立ちあがらせられる。彼は雨のために、いなびかりをおこし、その倉から風を取り出される。
उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
14 すべての人は愚かで知恵がなく、すべての金細工人はその造った偶像のために恥をこうむる。その偶像は偽り物で、そのうちに息がないからだ。
हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
15 これらは、むなしいもので、迷いのわざである。罰せられる時に滅びるものである。
ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन् ।
16 ヤコブの分である彼はこのようなものではない。彼は万物の造り主だからである。イスラエルは彼の嗣業としての部族である。彼の名を万軍の主という。
तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
17 囲みの中におる者よ、あなたの包を地から取り上げよ。
ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
18 主がこう言われるからだ、「見よ、わたしはこのたび、この地に住む者を投げ捨てる。かつ彼らをせめなやまして、思い知らせる」。
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु । म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”
19 わたしはいたでをうけた、ああ、わざわいなるかな、わたしの傷は重い。しかしわたしは言った、「まことに、これは悩みである。わたしはこれを忍ばなければならない」と。
मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ ।”
20 わたしの天幕は破れ、綱はことごとく切れ、子どもたちはわたしを捨てて行って、いなくなった。もはやわたしの天幕を張る者はなく、幕を掛ける者もない。
मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्‍यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन ।
21 牧者は愚かであって、主に問うことをしないからである。それゆえ彼らは栄えることもなく、その群れはみな散り去っている。
किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।
22 聞けよ、うわさのあるのを。見よ、北の国から大いなる騒ぎが来る。これはユダの町々を荒して山犬の巣とする。
समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
23 主よ、わたしは知っています、人の道は自身によるのではなく、歩む人が、その歩みを自分で決めることのできないことを。
हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।
24 主よ、わたしを懲らしてください。正しい道にしたがって、怒らずに懲らしてください。さもないと、わたしは無に帰してしまうでしょう。
हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।
25 あなたを知らない国民と、あなたの名をとなえない人々にあなたの怒りを注いでください。彼らはヤコブを食い尽しこれを食い尽して滅ぼし、そのすみかを荒したからです。
तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।

< エレミヤ書 10 >