< イザヤ書 8 >
1 主はわたしに言われた、「一枚の大きな札を取って、その上に普通の文字で、『マヘル・シャラル・ハシ・バズ』と書きなさい」。
परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठुलो पाटी ले र त्यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'
2 そこで、わたしは確かな証人として、祭司ウリヤおよびエベレキヤの子ゼカリヤを立てた。
मेरो कुरा पक्का गर्नलाई म विश्वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।”
3 わたしが預言者の妻に近づくと、彼女はみごもって男の子を産んだ。その時、主はわたしに言われた、「その名をマヘル・シャラル・ハシ・バズと呼びなさい。
म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।
4 それはこの子がまだ『おとうさん、おかあさん』と呼ぶことを知らないうちに、ダマスコの富と、サマリヤのぶんどり品とが、アッスリヤ王の前に奪い去られるからである」。
किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्न जान्नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।”
परमप्रभु फेरि मसँग बोल्नुभयो,
6 「この民はゆるやかに流れるシロアの水を捨てて、レヂンとレマリヤの子の前に恐れくじける。
“यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
7 それゆえ見よ、主は勢いたけく、みなぎりわたる大川の水を彼らにむかってせき入れられる。これはアッスリヤの王と、そのもろもろの威勢とであって、そのすべての支流にはびこり、すべての岸を越え、
त्यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्नुभएको छ । त्यसका सबै नहरमा त्यो आउनेछ र त्यसका किनारहरू भरिएर बग्नेछन् ।
8 ユダに流れ入り、あふれみなぎって、首にまで及ぶ。インマヌエルよ、その広げた翼はあまねく、あなたの国に満ちわたる」。
यो तिमीहरूका घाँटीसम्म पुगुन्जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्नेछ ।”
9 もろもろの民よ、打ち破られて、驚きあわてよ。遠き国々のものよ、耳を傾けよ。腰に帯して、驚きあわてよ。腰に帯して、驚きあわてよ。
मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।
10 ともに計れ、しかし、成らない。言葉を出せ、しかし、行われない。神がわれわれと共におられるからである。
योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्वर हामीसँग हुनुहुन्छ ।
11 主は強いみ手をもって、わたしを捕え、わたしに語り、この民の道に歩まないように、さとして言われた、
परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।
12 「この民がすべて陰謀ととなえるものを陰謀ととなえてはならない。彼らの恐れるものを恐れてはならない。またおののいてはならない。
यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो ।
13 あなたがたは、ただ万軍の主を聖として、彼をかしこみ、彼を恐れなければならない。
तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
14 主はイスラエルの二つの家には聖所となり、またさまたげの石、つまずきの岩となり、エルサレムの住民には網となり、わなとなる。
उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्गो र ठेस लाग्ने चट्टान हुनुहुनेछ— र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ ।
15 多くの者はこれにつまずき、かつ倒れ、破られ、わなにかけられ、捕えられる」。
धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्नेछन् र समातिनेछन् ।
16 わたしは、あかしを一つにまとめ、教をわが弟子たちのうちに封じておこう。
मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्यो मेरा चेलाहरूलाई देऊ ।
17 主はいま、ヤコブの家に、み顔をかくしておられるとはいえ、わたしはその主を待ち、主を望みまつる。
याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।
18 見よ、わたしと、主のわたしに賜わった子たちとは、シオンの山にいます万軍の主から与えられたイスラエルのしるしであり、前ぶれである。
हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन् ।
19 人々があなたがたにむかって「さえずるように、ささやくように語る巫子および魔術者に求めよ」という時、民は自分たちの神に求むべきではないか。生ける者のために死んだ者に求めるであろうか。
तिनीहरूले तिमीहरूलाई भन्नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?
20 ただ教とあかしとに求めよ。まことに彼らはこの言葉によって語るが、そこには夜明けがない。
व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
21 彼らはしえたげられ、飢えて国の中を経あるく。その飢えるとき怒りを放ち、自分たちの王、自分たちの神をのろい、かつその顔を天に向ける。
तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्दा, आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन् ।
22 また地を見ると、見よ、悩みと暗きと、苦しみのやみとがあり、彼らは暗黒に追いやられる。
तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्यकुलता, अन्धकार र अत्याचारको बादल देख्नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।