< サムエル記Ⅰ 9 >

1 さて、ベニヤミンの人で、キシという名の裕福な人があった。キシはアビエルの子、アビエルはゼロルの子、ゼロルはベコラテの子、ベコラテはアピヤの子、アピヤはベニヤミンびとである。
बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
2 キシにはサウルという名の子があった。若くて麗しく、イスラエルの人々のうちに彼よりも麗しい人はなく、民のだれよりも肩から上、背が高かった。
तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए ।
3 サウルの父キシの数頭のろばがいなくなった。そこでキシは、その子サウルに言った、「しもべをひとり連れて、立って行き、ろばを捜してきなさい」。
शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्‍न जाऊ ।”
4 そこでふたりはエフライムの山地を通りすぎ、シャリシャの地を通り過ぎたけれども見当らず、シャリムの地を通り過ぎたけれどもおらず、ベニヤミンの地を通り過ぎたけれども見当らなかった。
त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।
5 彼らがツフの地にきた時、サウルは連れてきたしもべに言った、「さあ、帰ろう。父は、ろばのことよりも、われわれのことを心配するだろう」。
जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”
6 ところが、しもべは言った、「この町には神の人がおられます。尊い人で、その言われることはみなそのとおりになります。その所へ行きましょう。われわれの出てきた旅のことについて何か示されるでしょう」。
तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”
7 サウルはしもべに言った、「しかし行くのであれば、その人に何を贈ろうか。袋のパンはもはや、なくなり、神の人に持っていく贈り物がない。何かありますか」。
तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”
8 しもべは、またサウルに答えた、「わたしの手に四分の一シケルの銀があります。わたしはこれを、神の人に与えて、われわれの道を示してもらいましょう」。
त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”
9 昔イスラエルでは、神に問うために行く時には、こう言った、「さあ、われわれは先見者のところへ行こう」。今の預言者は、昔は先見者といわれていたのである。
(इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
10 サウルはそのしもべに言った、「それは良い。さあ、行こう」。こうして彼らは、神の人のいるその町へ行った。
तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।
11 彼らは町へ行く坂を上っている時、水をくむために出てくるおとめたちに出会ったので、彼らに言った、「先見者はここにおられますか」。
जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
12 おとめたちは答えた、「おられます。ごらんなさい、この先です。急いで行きなさい。民がきょう高き所で犠牲をささげるので、たった今、町にこられたところです。
तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ ।
13 あなたがたは、町にはいるとすぐ、あのかたが高き所に上って食事される前に会えるでしょう。民はそのかたがこられるまでは食事をしません。あのかたが犠牲を祝福されてから、招かれた人々が食事をするのです。さあ、上っていきなさい。すぐに会えるでしょう」。
खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”
14 こうして彼らは町に上っていった。そして町の中に、はいろうとした時、サムエルは高き所に上るため彼らのほうに向かって出てきた。
त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
15 さてサウルが来る一日前に、主はサムエルの耳に告げて言われた、
अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
16 「あすの今ごろ、あなたの所に、ベニヤミンの地から、ひとりの人をつかわすであろう。あなたはその人に油を注いで、わたしの民イスラエルの君としなさい。彼はわたしの民をペリシテびとの手から救い出すであろう。わたしの民の叫びがわたしに届き、わたしがその悩みを顧みるからである」。
“भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”
17 サムエルがサウルを見た時、主は言われた、「見よ、わたしの言ったのはこの人である。この人がわたしの民を治めるであろう」。
जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”
18 そのときサウルは、門の中でサムエルに近づいて言った、「先見者の家はどこですか。どうか教えてください」。
तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”
19 サムエルはサウルに答えた、「わたしがその先見者です。わたしの前に行って、高き所に上りなさい。あなたがたは、きょう、わたしと一緒に食事しなさい。わたしはあすの朝あなたを帰らせ、あなたの心にあることをみな示しましょう。
शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
20 三日前に、いなくなったあなたのろばは、もはや見つかったので心にかけなくてもよろしい。しかしイスラエルのすべての望ましきものはだれのものですか。それはあなたのもの、あなたの父の家のすべての人のものではありませんか」。
तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?”
21 サウルは答えた、「わたしはイスラエルのうちの最も小さい部族のベニヤミンびとであって、わたしの一族はまたベニヤミンのどの一族よりも卑しいものではありませんか。どうしてあなたは、そのようなことをわたしに言われるのですか」。
शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ?”
22 サムエルはサウルとそのしもべを導いて、へやにはいり、招かれた三十人ほどのうちの上座にすわらせた。
त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।
23 そしてサムエルは料理人に言った、「あなたに渡して、取りのけておくようにと言っておいた分を持ってきなさい」。
शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ ।”
24 料理人は、ももとその上の部分を取り上げて、それをサウルの前に置いた。そしてサムエルは言った、「ごらんなさい。取っておいた物が、あなたの前に置かれています。召しあがってください。あなたが客人たちと一緒に食事ができるように、この時まで、あなたのために取っておいたものです」。こうしてサウルはその日サムエルと一緒に食事をした。
त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
25 そして彼らが高き所を下って町にはいった時、サウルのために屋上に床が設けられ、彼はその上に身を横たえて寝た。
जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
26 そして夜明けになって、サムエルは屋上のサウルに呼ばわって言った、「起きなさい。あなたをお送りします」。サウルは起き上がった。そしてサウルとサムエルのふたりは、共に外に出た。
त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
27 彼らが町はずれに下った時、サムエルはサウルに言った、「あなたのしもべに先に行くように言いなさい。しもべが先に行ったら、あなたは、しばらくここに立ちとどまってください。神の言葉を知らせましょう」。
जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

< サムエル記Ⅰ 9 >