< 詩篇 102 >
1 ヱホバよわが祈をききたまへ 願くはわが號呼のこゑの御前にいたらんことを
हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
2 わが窮苦の日みかほを蔽ひたまふなかれ なんぢの耳をわれにかたぶけ 我がよぶ日にすみやかに我にこたへたまへ
मेरो कष्टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्तै जवाफ दिनुहोस् ।
3 わがもろもろの日は煙のごとくきえ わが骨はたきぎのごとく焚るるなり
किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
4 わがこころは草のごとく撃れてしほれたり われ糧をくらふを忘れしによる
मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
मेरो निरन्तरको सुस्केराले म धेरै दुब्लो भएको छु ।
6 われは野の鸅鸕のごとく荒たる跡のふくろふのごとくになりぬ
म उजाडस्थानको धनेसझैं भएको छु । भग्नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
7 われ醒てねぶらず ただ友なくして屋蓋にをる雀のごとくなれり
एक्लिएको चराझैं छानामाथि म एक्लै जागा रहन्छु ।
8 わが仇はひねもす我をそしる 猖狂ひて我をせむるもの我をさして誓ふ
मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
9 われは糧をくらふごとくに灰をくらひ わが飮ものには涙をまじへたり
खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
10 こは皆なんぢの怒と忿恚とによりてなり なんぢ我をもたげてなげすて給へり
तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्नलाई माथि उचाल्नुभएको छ ।
11 わが齡はかたぶける日影のごとし またわれは草のごとく萎れたり
मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
12 されどヱホバよなんぢは永遠にながらへ その名はよろづ世にながらへん
तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
13 なんぢ起てシオンをあはれみたまはん そはシオンに恩惠をほどこしたまふときなり そのさだまれる期すでに來れり
तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
14 なんぢの僕はシオンの石をもよろこび その塵をさへ愛しむ
किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
15 もろもろの國はヱホバの名をおそれ 地のもろもろの王はその榮光をおそれん
हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
16 ヱホバはシオンをきづき榮光をもてあらはれたまへり
परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्नो महिमामा देखा पर्नुहुनेछ ।
17 ヱホバは乏しきものの祈をかへりみ彼等のいのりを藐しめたまはざりき
त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
18 來らんとするのちの世のためにこの事をしるさん 新しくつくられたる民はヤハをほめたたふべし
यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।
19 ヱホバその聖所のたかき所よりみおろし天より地をみたまへり
किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
20 こは俘囚のなげきをきき死にさだまれる者をときはなち
कैदीहरूका विलाप सुन्न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
21 人々のシオンにてヱホバの名をあらはしヱルサレムにてその頌美をあらはさんが爲なり
तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
22 かかる時にもろもろの民もろもろの國つどひあつまりてヱホバに事へまつらん
जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
23 ヱホバはわがちからを途にておとろへしめ わが齢をみじかからしめ給へり
उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
24 我いへりねがはくはわが神よわがすべての日のなかばにて我をとりさりたまふなかれ 汝のよはひは世々かぎりなし
मैले भनें, “हे मेरो परमेश्वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
25 汝いにしへ地の基をすゑたまへり 天もまたなんぢの手の工なり
प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
26 これらは亡びん されど汝はつねに存らへたまはん これらはみな衣のごとくふるびん 汝これらを袍のごとく更たまはん されば彼等はかはらん
तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
27 然れども汝はかはることなし なんぢの齢はをはらざるなり
तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
28 汝のしもべの子輩はながらへん その裔はかたく前にたてらるべし
तपाईंका सेवकहरूका सन्तानहरू निरन्तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्नेछन् ।”