< 箴言 知恵の泉 29 >
1 しばしば責られてもなほ強項なる者は救はるることなくして猝然に滅されん
धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्ट हुने छ ।
2 義者ませば民よろこび 惡きもの權を掌らば民かなしむ
धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
3 智慧を愛する人はその父を悦ばせ 妓婦に交る者はその財產を費す
बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्ट पार्छ ।
4 王は公義をもて國を堅うす されど租税を征取る者はこれを滅す
राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
7 義きものは貧きものの訟をかへりみる 然ど惡人は之を知ることを願はず
धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्टले यस्तो ज्ञान बुझ्दैन ।
खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्हरूले क्रोधलाई पाखा लगाउँछ ।
9 智慧ある人おろかなる人と爭へば或は怒り或は笑ひて休むことなし
बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
10 血をながす人は直き人を惡む されど義き者はその生命を救はんことを求む
रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
11 愚なる者はその怒をことごとく露はし 智慧ある者は之を心に蔵む
मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्ट हुने छन् ।
13 貧者と苛酷者と偕に世にをる ヱホバは彼等の目に光をあたへ給ふ
गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्टि दिनुहुन्छ ।
14 眞實をもて弱者を審判する王はその位つねに堅く立つべし
राजाले सत्यताद्वारा गरिबको न्याय गर्यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
15 鞭と譴責とは智慧をあたふ 任意になしおかれたる子はその母を辱しむ
लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
16 惡きもの多ければ罪も亦おほし 義者は彼等の傾覆をみん
दुष्ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्ट मानिसहरूको पतन देख्ने छन् ।
17 なんぢの子を懲せ さらば彼なんぢを安からしめ 又なんぢの心に喜樂を與へん
आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
18 默示なければ民は放肆にす 律法を守るものは福ひなり
जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
19 僕は言をもて譴むるとも改めず 彼は知れども從はざればなり
कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
20 なんぢ言を謹まざる人を見しや 彼よりは却て愚なる者に望あり
के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
21 僕をその幼なき時より柔かに育てなば終には子の如くならしめん
जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्ट भोग्ने छ ।
रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
23 人の傲慢はおのれを卑くし 心に謙だる者は榮譽を得
मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
24 盗人に黨する者はおのれの霊魂を惡むなり 彼は誓を聽けども説述べず
चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन ।
25 人を畏るれば罟におちいる ヱホバをたのむ者は護られん
मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
26 君の慈悲を求むる者はおほし 然れど人の事を定むるはヱホバによる
शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।
27 不義をなす人は義者の惡むところ 義くあゆむ人は惡者の惡むところなり
अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्टको लागि घृणित हुन्छ ।