< 箴言 知恵の泉 22 >
1 嘉名は大なる富にまさり恩寵は銀また金よりも佳し
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
2 富者と貧者と偕に世にをる 凡て之を造りし者はヱホバなり
धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।
3 賢者は災禍を見てみづから避け 拙者はすすみて罰をうく
विवेकी मानिसले सङ्कष्ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
4 謙遜とヱホバを畏るる事との報は富と尊貴と生命となり
विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।
5 悖れる者の途には荊棘と罟とあり 霊魂を守る者は遠くこれを離れん
टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्ने छन् ।
6 子をその道に從ひて敎へよ 然ばその老たる時も之を離れじ
बच्चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
8 惡を播くものは禍害を穡り その怒の杖は廢るべし
अन्याय छर्नेले सङ्कष्टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
9 人を見て惠む者はまた惠まる 此はその糧を貧者に與ふればなり
उदार दृष्टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
10 嘲笑者を逐へば爭論も亦さり 且闘諍も恥辱もやむ
खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।
11 心の潔きを愛する者はその口唇に憐憫をもてり 王その友とならん
शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
12 ヱホバの目は知識ある者を守る 彼は悖れる者の言を敗りたまふ
परमप्रभुको दृष्टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
13 惰者はいふ獅そとにあり われ衢にて殺されんと
अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
14 妓婦の口は深き坑なり ヱホバに憎まるる者これに陷らん
व्यभिचारी स्त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
15 痴なること子の心の中に繋がる 懲治の鞭これを逐いだす
बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
16 貧者を虐げて自らを富さんとする者と富者に與ふる者とは遂にかならず貧しくなる
आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्ने छ ।
17 汝の耳を傾ぶけて智慧ある者の言をきき且なんぢの心をわが知識に用ゐよ
आफ्नो कान थाप् र बुद्धिमान्का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।
18 之を汝の腹にたもちて 盡くなんぢの口唇にそなはらしめば樂しかるべし
किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
19 汝をしてヱホバに倚賴ましめんが爲にわれ今日これを汝に敎ふ
तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।
20 われ勸言と知識とをふくみたる勝れし言を汝の爲に録ししにあらずや
के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र?
21 これ汝をして眞の言の確實なることを暁らしめ 且なんぢを遣しし者に眞の言を持歸らしめん爲なり
तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र?
22 弱き者を弱きがために掠むることなかれ 艱難者を門にて壓つくること勿れ
गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
23 そはヱホバその訴を糺し且かれらを害ふものの生命をそこなはん
किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
24 怒る者と交ること勿れ 憤ほる人とともに往ことなかれ
रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
नत्रता तैँले त्यसका मार्गहरू सिक्ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
26 なんぢ人と手をうつ者となることなかれ 人の負債の保證をなすこと勿れ
धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
27 汝もし償ふべきものあらずば人なんぢの下なる臥牀までも奪ひ取ん 是豈よからんや
तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्न सक्छ?
तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
29 汝その業に巧なる人を見るか 斯る人は王の前に立ん かならず賤者の前にたたじ
के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।