< 箴言 知恵の泉 2 >

1 我が子よ汝もし我が言をうけ 我が誡命を汝のこころに蔵め
हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,
2 斯て汝の耳を智慧に傾け汝の心をさとりにむけ
बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3 もし知識を呼求め聰明をえんと汝の聲をあげ
तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,
4 銀の如くこれを探り 秘れたる寳の如くこれを尋ねば
तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने,
5 汝ヱホバを畏るることを暁り 神を知ることを得べし
तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् ।
6 そはヱホバは智慧をあたへ 知識と聰明とその口より出づればなり
किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।
7 かれは義人のために聰明をたくはへ 直く行む者の盾となる
उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ । निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
8 そは公平の途をたもち その聖徒の途すぢを守りたまへばなり
उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।
9 斯て汝はつひに公義と公平と正直と一切の善道を暁らん
तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
10 すなはち智慧なんぢの心にいり 知識なんぢの霊魂に樂しからん
किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
11 謹愼なんぢを守り 聰明なんぢをたもちて
विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।
12 惡き途よりすくひ虚偽をかたる者より救はん
तिनीहरूले तँलाई दुष्‍ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् ।
13 彼等は直き途をはなれて幽暗き路に行み
त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।
14 惡を行ふを樂しみ 惡者のいつはりを悦び
तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन् ।
15 その途はまがり その行爲は邪曲なり
तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।
16 聰明はまた汝を妓女より救ひ 言をもて諂ふ婦より救はん
बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
17 彼はわかき時の侶をすて その神に契約せしことを忘るるなり
त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।
18 その家は死に下り その途は陰府に赴く
किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् ।
19 凡てかれにゆく者は歸らず また生命の途に達らざるなり
त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
20 聰明汝をたもちてよき途に行ませ 義人の途を守らしめん
त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
21 そは義人は地にながらへをり 完全者は地に止らん
किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन् ।
22 されど惡者は地より亡され悖逆者は地より抜さらるべし
तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन् ।

< 箴言 知恵の泉 2 >