< 箴言 知恵の泉 13 >

1 智慧ある子は父の敎訓をきき 戯謔者は懲治をきかず
बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
2 人はその口の徳によりて福祉をくらひ悖逆者の霊魂は強暴をくらふ
आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ ।
3 その口を守る者はその生命を守る その口唇を大きくひらく者には滅亡きたる
आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ ।
4 惰る者はこころに慕へども得ることなし 勤めはたらく者の心は豊饒なり
अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ ।
5 義者は虚偽の言をにくみ 惡者ははぢをかうむらせ面を赤くせしむ
धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ ।
6 義は道を直くあゆむ者をまもり 惡は罪人を倒す
धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।
7 自ら富めりといひあらはして些少の所有もなき者あり 自ら貧しと稱へて資財おほき者あり
कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ ।
8 人の資財はその生命を贖ふものとなるあり 然ど貧者は威嚇をきくことあらず
धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्‍नुपर्दैन ।
9 義者の光は輝き惡者の燈火はけさる
धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्‍टको बत्ती निभाइने छ ।
10 驕傲はただ爭端を生ず 勸告をきく者は智慧あり
घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ ।
11 詭計をもて得たる資財は減る されど手をもて聚めたくはふる者はこれを増すことを得
बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
12 望を得ること遅きときは心を疾しめ 願ふ所旣にとぐるときは生命の樹を得たるがごとし
आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
13 御言をかろんずる者は亡され 誡命をおそるる者は報賞を得
अर्तीलाई तुच्छ ठान्‍नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ ।
14 智慧ある人の敎訓はいのちの泉なり 能く人をして死の罟を脱れしむ
बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
15 善にして哲きものは恩を蒙る されど悖逆者の途は艱難なり
असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
16 凡そ賢者は知識に由りて事をおこなひ 愚なる者はおのれの痴を顯す
समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
17 惡き使者は災禍に陷る されど忠信なる使者は良薬の如し
दुष्‍ट दूत सङ्कष्‍टमा फस्छ, तर विश्‍वासयोग्य दूतले मिलाप ल्याउँछ ।
18 貧乏と恥辱とは敎訓をすつる者にきたる されど譴責を守る者は尊まる
अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ ।
19 望を得れば心に甘し 愚なる者は惡を棄つることを嫌ふ
पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्‍टताबाट फर्कन मन पराउँदैनन् ।
20 智慧ある者と偕にあゆむものは智慧をえ 愚なる者の友となる者はあしくなる
बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ ।
21 わざはひは罪人を追ひ 義者は善報をうく
विपत्तिले पापीहरूलाई खेद्‍ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
22 善人はその產業を子孫に遺す されど罪人の資財は義者のために蓄へらる
असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
23 貧しき者の新田にはおほくの糧あり されど不義によりて亡る者あり
गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
24 鞭をくはへざる者はその子を憎むなり 子を愛する者はしきりに之をいましむ
आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।
25 義しき者は食をえて飽く されど惡者の腹は空し
आफ्नो भोक तृप्‍त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्‍टको पेट सधैँ भोकभोकै हुन्छ ।

< 箴言 知恵の泉 13 >