< エゼキエル書 30 >

1 ヱホバの言我にのぞみて言ふ
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 人の子よ預言して言へ主ヱホバかく言たまふ汝ら叫べ其日は禍なるかな
“ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”
3 その日近しヱホバの日近し是雲の日これ異邦人の時なり
त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्‍ति त्यो बादल लागेको, अन्‍त्‍यको दिन हुनेछ ।
4 劍エジプトに臨まん殺さるる者のエジプトに仆るる時エテオピアに痛苦あるべし敵その財寶を奪はんその基址は毀たるべし
तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।
5 エテオピア人フテ人ルデ人凡て加勢の兵およびクブ人ならびに同盟の國の人々彼らとともに劍にたふれん
कूश र पूत, लूद र सारा अरब देश, र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।
6 ヱホバかく言ふエジプトを扶くる者は仆れ其驕るところの勢力は失せんミグドルよりスエネにいたるまで人劍によりて己の中に仆るべし主ヱホバこれを言なり
परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
7 其は荒て荒地の中にあり其邑々は荒たる邑の中にあるべし
उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।
8 我火をエジプトに降さん時又是を助くる者の皆ほろびん時は彼等我のヱホバなるを知ん
जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
9 その日には使者船にて我より出てかの心強きエテオピア人を懼れしめんエジプトの日にありし如く彼等の中に苦痛あるべし視よ是は至る
त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ ।
10 主ヱホバかく言たまふ我バビロンの王ネブカデネザルをもてエジプトの喧噪を止むべし
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।
11 彼および彼にしたがふ民即ち國民の中の暴き者を召來りてその國を滅さん彼ら劍をぬきてエジプトを攻めその殺せる者を國に滿すべし
त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।
12 我その河々を涸し國を惡き人の手に賣り外國人の手をもて國とその中の物を荒すべし我ヱホバこれを言り
नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
13 主ヱホバかく言たまふ我偶像を毀ち神々をノフに絕さんエジプトの國よりは再び君のいづることなかるべし我エジプトの國に畏怖を蒙らしめん
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
14 我バテロスを荒しゾアンに火を擧げノに鞫を行ひ
तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।
15 わが怒をエジプトの要害なるシンに洩しノの群衆を絕つべし
किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु ।
16 我火をエジプトに降さんシンは苦痛に悶えノは打破られノフは日中敵をうけん
तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
17 アベンとピベセテの少者は劍に仆れ其中の人々は擄ゆかれん
हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।
18 テバネスに於ては吾がエジプトの軛を其處に摧く時に日暗くならんその誇るところの勢力は失せん雲これを覆はんその女子等は擄へゆかれん
तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ ।
19 かく我エジプトに鞫をおこなはん彼等すなはち我のヱホバなるを知べし
म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
20 十一年の一月の七日にヱホバの言われに臨みて言ふ
एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
21 人の子よ我エジプトの王パロの腕を折れり是は再び束へて藥を施し裹布を卷て之を裹み強く爲して劍を執にたへしむること能はざるなり
“ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।
22 是故に主ヱホバかく言たまふ視よ我エジプトの王パロを罰し其強き腕と折たる腕とを俱に折り劍をその手より落しむべし
यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
23 我エジプト人を諸の民の中に散し諸の國に散さん
तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।
24 而してバビロンの王の腕を強くして我劍をこれに授けん然ど我パロの腕を折れば彼は刺透されたる者の呻くが如くにその前に呻かん
म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।
25 我バビロンの王の腕を強くせんパロの腕は弱くならん我わが劍をバビロンの王の手に授けて彼をしてエジプトにむかひて之を伸しむる時は人衆我のヱホバなるを知ん
किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
26 我エジプト人を諸の民の中に散し諸の國に散さん彼らすなはち我のヱホバなるを知るべし
यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

< エゼキエル書 30 >