< 出エジプト記 1 >

1 イスラエルの子等のエジプトに至りし者の名は左のごとし衆人各その家族をたづさへてヤコブとともに至れり
याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्:
2 すなはちルベン、シメオン、レビ、ユダ、
रूबेन, शिमियोन, लेवी र यहूदा,
3 イツサカル、ゼブルン、ベニヤミン、
इस्साखार, जबूलून, र बेन्यामीन,
4 ダン、ナフタリ、ガド、アセルなり
दान, नप्‍ताली, गाद र आशेर ।
5 ヤコブの腰より出たる者は都合七十人ヨセフはすでにエジプトにありき
याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
6 ヨセフとその諸の兄弟および當世の人みな死たり
त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे ।
7 イスラエルの子孫饒く子を生み彌増殖え甚だしく大に強くなりて國に滿るにいたれり
इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो ।
8 茲にヨセフの事をしらざる新き王エジプトに起りしが
त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।
9 彼その民にいひけるは視よ此民イスラエルの子孫われらよりも多く且強し
तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् ।
10 來れわれら機巧く彼等に事をなさん恐くは彼等多ならん又戰爭の起ることある時は彼等敵にくみして我等と戰ひ遂に國よりいでさらんと
आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।”
11 すなはち督者をかれらの上に立て彼らに重荷をおはせて之を苦む彼等パロのために府庫の邑ピトムとラメセスを建たり
त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।
12 然るにイスラエルの子孫は苦むるに隨ひて増し殖たれば皆これを懼れたり
तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
13 エジプト人イスラエルの子孫を嚴く動作かしめ
मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
14 辛き力役をもて彼等をして苦みて生を度らしむ即ち和泥、作甎および田圃の諸の工にはたらかしめけるが其働かしめし工作は皆嚴かりき
मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।
15 エジプトの王又ヘブルの產婆シフラと名くる者とブワと名くる者の二人に諭して
तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने,
16 いひけるは汝等ヘブルの婦女のために收生をなす時は床の上を見てその子若男子ならばこれを殺せ女子ならば生しおくべしと
“हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार ।
17 然に產婆神を畏れエジプト王の命ぜしごとく爲ずして男子をも生しおけり
तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
18 エジプト王產婆を召て之にいひけるは汝等なんぞ此事をなし男子を生しおくや
मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?”
19 產婆パロに言けるはヘブルの婦はエジプトの婦のごとくならず彼等は健して產婆のかれらに至らぬ前に產をはるなりと
ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् ।
20 是によりて神その產婆等に恩をほどこしたまへり是において民増ゆきて甚だ強くなりぬ
परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
21 產婆神を畏れたるによりて神かれらのために家を成たまへり
सुँडिनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।
22 斯有しかばパロその凡の民に命じていふ男子の生るあらば汝等これを悉く河に投いれよ女子は皆生しおくべし
फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”

< 出エジプト記 1 >