< 列王記Ⅰ 16 >

1 爰にヱホバの言ハナニの子ヱヒウに臨みバアシヤを責て曰く
बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,
2 我爾を塵の中より擧て我民イスラエルの上に君となしたるに爾はヤラベアムの道に歩行みわが民イスラエルに罪を犯させて其罪をもて我怒を激したり
“मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् ।
3 されば我バアシヤの後と其家の後を除き爾の家をしてネバテの子ヤラベアムの家の如くならしむべし
हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।
4 バアシヤに屬する者の城邑に死るをば犬之を食ひ彼に屬する者の野に死るをば天空の鳥これを食はんと
बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
5 バアシヤの其餘の行爲と其爲たる事と其功績はイスラエルの王の歴代志の書に記載さるるにあらずや
के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
6 バアシヤ其父祖と倶に寝りてテルザに葬らる其子エラ之に代りて王となれり
बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।
7 ヱホバの言亦ハナニの子ヱヒウに由て臨みバアシヤと其家を責む是は彼がヱホバの目のまへに諸の惡事を行ひ其手の所爲を以てヱホバの怒を激してヤラベアムの家に傚たるに縁り又其ナダブを殺したるに縁てなり
यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।
8 ユダの王アサの第二十六年にバアシヤの子エラ、テルザに於てイスラエルの王となりて二年を經たり
यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे ।
9 彼がテルザにありてテルザの宮殿の宰アルザの家において飮み酔たる時其僕ジムリ戰車の半を督どる者之に敵して黨を結べり
तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।
10 即ちユダの王アサの第二十七年にジムリ入て彼を撃ち彼を殺し彼にかはりて王となれり
जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए ।
11 彼王となりて其位に上れる時バアシヤの全家を殺し男子は其親族にもあれ朋友にもあれ一人も之に遺さざりき
जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् ।
12 ジムリ斯バアシヤの全家を滅ぼせりヱホバが預言者ヱヒウに由てバアシヤを責て言たまへる言の如し
यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए ।
13 是はバアシヤの諸の罪と其子エラの罪のためなり彼等は罪を犯し又イスラエルをして罪を犯し其虚物を以てイスラエルの神ヱホバの怒を激さしめたり
बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो ।
14 エラの其餘の行爲と凡て其爲たる事はイスラエルの王の歴代志の書に記載さるるにあらずや
के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
15 ユダの王アサの第二十七年にジムリ、テルザにて七日の間王たりき民はペリシテ人に屬するギベトンに向ひて陣どり居たりしが
यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस
16 陣どれる民ジムリは黨を結び亦王を殺したりと言を聞り是に於てイスラエル皆其日陣營にて軍の長オムリをイスラエルの王となせり
बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे ।
17 オムリ乃ちイスラエルの衆と偕にギベトンより上りてテルザを圍り
ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले ।
18 ジムリ其邑の陷るを見て王の家の天守に入り王の家に火をかけて其中に死り
त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।
19 是は其犯したる罪によりてなり彼ヱホバの目のまへに惡を爲しヤラベアムの道にあゆみヤラベアムがイスラエルに罪を犯させて爲したるところの罪を行ひたり
तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो ।
20 ジムリの其餘の行爲と其なしたる徒黨はイスラエルの王の歴代志の書に記載るるにあらずや
के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
21 其時にイスラエルの民二に分れ民の半はギナラの子テブニに從ひて之を王となさんとし半はオムリに從へり
तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए ।
22 オムリに從へる民ギナテの子テブニに從へる民に勝てテブニは死てオムリ王となれり
तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए । त्यसैले तिब्नी मरे, र ओम्री राजा बने ।
23 ユダの王アサの第三十一年にオムリ、イスラエルの王となりて十二年を經たり彼テルザにて六年王たりき
यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे ।
24 彼銀二タラントを以てセメルよりサマリア山を買ひ其上に邑を建て其建たる邑の名を其山の故主なりしセメルの名に循ひてサマリアと稱り
तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे ।
25 オムリ、ヱホバの目のまへに惡を爲し其先に在し凡の者よりも惡き事を行へり
ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे ।
26 彼はネバテの子ヤラベアムの凡の道にあゆみヤラベアムがイスラエルをして罪を犯し其虚物を以てイスラエルの神ヱホバの怒をおこさしめたる其罪を行へり
किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
27 オムリの爲たる其餘の行爲と其なしたる功績はイスラエルの王の歴代志の書に記載るるにあらずや
के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र?
28 オムリ其父祖と偕に寝りてサマリアに葬らる其子アハブ之に代りて王となれり
यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।
29 ユダの王アサの第三十八年にオムリの子アハブ、イスラエルの王となれりオムリの子アハブ、サマリアに於て二十二年イスラエルに王たりき
यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।
30 オムリの子アハブは其先に在し凡の者よりも多くヱホバの目のまへに惡を爲り
ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।
31 彼はネバテの子ヤラベアムの罪を行ふ事を軽き事となせしがシドン人の王エテバアルの女イゼベルを妻に娶り往てバアルに事へ之を拝めり
आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे ।
32 彼其サマリアに建たるバアルの家の中にバアルのために壇を築けり
तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए ।
33 アハブ又アシラ像を作れりアハブは其先にありしイスラエルの諸の王よりも甚だしくイスラエルの神ヱホバの怒を激すことを爲り
आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
34 其代にベテル人ヒエル、ヱリコを建たり彼其基を置る時に長子アビラムを喪ひ其門を立る時に季子セグブを喪へりヌンの子ヨシユアによりてヱホバの言たまへるがごとし
आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पुरा भयो ।

< 列王記Ⅰ 16 >