< 1 Cronache 29 >
1 Il re Davide disse a tutta l'assemblea: «Salomone mio figlio, il solo che Dio ha scelto, è ancora giovane e debole, mentre l'impresa è grandiosa, perché la Dimora non è destinata a un uomo ma al Signore Dio.
राजा दाऊदले सारा सभालाई भने, “परमेश्वरले चुन्नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान् छ । किनकि यो मन्दिर मानिसहरूका निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो ।
2 Secondo tutta la mia possibilità ho fatto preparativi per il tempio del mio Dio; ho preparato oro su oro, argento su argento, bronzo su bronzo, ferro su ferro, legname su legname, ònici, brillanti, topàzi, pietre di vario valore e pietre preziose e marmo bianco in quantità.
यसैले मेरा परमेश्वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्ति आनिक्स, फिरोजा, विभिन्न रङ्गका पत्थरहरू— सबै किसिमका बहुमूल्य पत्थरहरू पनि म प्रशस्त मात्रामा दिंदैछु ।
3 Inoltre, per il mio amore per la casa del mio Dio, quanto possiedo in oro e in argento dò per il tempio del mio Dio, oltre quanto ho preparato per il santuario:
अब, मेरा परमेश्वरको मन्दिरमा मेरो आनन्दको कारणले यसको निम्ति आफ्नो निजी भण्डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्दिरको निम्ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
4 tremila talenti d'oro, d'oro di Ofir, e settemila talenti d'argento raffinato per rivestire le pareti interne,
ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु ।
5 l'oro per gli oggetti in oro, l'argento per quelli in argento e per tutti i lavori da eseguirsi dagli artisti. Ora, chi vuole essere generoso oggi per il Signore?».
सुनबाट बनाउने कुराहरूका निम्ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्छा गर्ने अरू कोही छ?”
6 Si dimostrarono volenterosi i capifamiglia, i capitribù di Israele, i capi di migliaia e di centinaia e i dirigenti degli affari del re.
तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू, इस्राएलका कुलहरूका अगुवाहरू, हजार र सयका कमाण्डरहरू र राजाका सेवाको जिम्मामा रहेका अधिकारीहरूले स्वइच्छा भेटी चढाए ।
7 Essi diedero per l'opera del tempio cinquemila talenti d'oro, diecimila darìci, diecimila talenti d'argento, diciottomila talenti di bronzo e centomila talenti di ferro.
तिनीहरूले परमेश्वरको मन्दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए ।
8 Quanti si ritrovarono pietre preziose le diedero a Iechièl il Ghersonita, perché fossero depositate nel tesoro del tempio.
बहुमूल्या रत्नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्तान यहीएलको जिम्मामा परमप्रभुको मन्दिरका भण्डारको निम्ति दिए ।
9 Il popolo gioì per la loro generosità, perché le offerte erano fatte al Signore con cuore sincero; anche il re Davide gioì vivamente.
यी स्वइच्छा भेटीका कारणले मानिसहरूले आनन्द मनाए, किनभने तिनीहरूले सम्पूर्ण हृदयले परमप्रभुको निम्ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्दित भए ।
10 Davide benedisse il Signore davanti a tutta l'assemblea. Davide disse: «Sii benedetto, Signore Dio di Israele, nostro padre, ora e sempre.
दाऊदले सबै सभाको उपस्थितिमा परमप्रभुलाई धन्यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, सदासर्वदा तपाईंको प्रशंसा होस् ।
11 Tua, Signore, è la grandezza, la potenza, la gloria, lo splendore e la maestà, perché tutto, nei cieli e sulla terra, è tuo. Signore, tuo è il regno; tu ti innalzi sovrano su ogni cosa.
हे परमप्रभु, महान्ता, शक्ति, महिमा, विजय र ऐश्वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन् । हे परमप्रभु, राज्य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्च पारिनुभएको छ ।
12 Da te provengono la ricchezza e la gloria; tu domini tutto; nella tua mano c'è forza e potenza; dalla tua mano ogni grandezza e potere.
धन र मान दुबै तपाईंबाट नै आउँछन्, र तपाईंले सबै मानिसमाथि राज्य गर्नुहुन्छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन् ।
13 Ora, nostro Dio, ti ringraziamo e lodiamo il tuo nome glorioso.
अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिन्छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं ।
14 E chi sono io e chi è il mio popolo, per essere in grado di offrirti tutto questo spontaneamente? Ora tutto proviene da te; noi, dopo averlo ricevuto dalla tua mano, te l'abbiamo ridato.
तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्वइच्छाले यी कुराहरू दिन सक्छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं ।
15 Noi siamo stranieri davanti a te e pellegrini come tutti i nostri padri. Come un'ombra sono i nostri giorni sulla terra e non c'è speranza.
किनकि तपाईंको सामु हामी परदेशी र घुमन्तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्यस्तै थिए । पृथ्वीमा हाम्रा दिन छायाजस्तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।
16 Signore nostro Dio, quanto noi abbiamo preparato per costruire una casa al tuo santo nome proviene da te, è tutto tuo.
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको पवित्र नाउँका सम्मान गर्न मन्दिर बनाउन हामीले जम्मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन् ।
17 So, mio Dio, che tu provi i cuori e ti compiaci della rettitudine. Io, con cuore retto, ho offerto spontaneamente tutte queste cose. Ora io vedo il tuo popolo qui presente portarti offerte con gioia.
हे मेरा परमेश्वर, म यो पनि जान्दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्छ, र सोझोपनामा खुशी हुनुहुन्छ । मेरो बारेमा, मेरो हृदयको सोझोपनामा मैले स्वइच्छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्थित तपाईंका मानिसहरूले स्वइच्छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।
18 Signore, Dio di Abramo, di Isacco e di Israele, nostri padri, custodisci questo sentimento per sempre nell'intimo del cuore del tuo popolo. Dirigi i loro cuori verso di te.
हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् । तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस् ।
19 A Salomone mio figlio concedi un cuore sincero perché custodisca i tuoi comandi, le tue disposizioni e i tuoi decreti, perché eseguisca tutto ciò e costruisca l'edificio, per il quale io ho eseguito i preparativi».
मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्थान बनाउने योजना पुरा गर्न सम्पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
20 Davide disse a tutta l'assemblea: «Su, benedite il Signore vostro Dio!». Tutta l'assemblea benedisse il Signore, Dio dei suoi padri; si inginocchiarono e si prostrarono davanti al Signore e al re.
दाऊदले सम्पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्ना परमेश्वरलाई धन्यवाद देओ ।” सम्पूर्ण समुदायले आफ्ना पुर्खाहरूका परमेश्वरलाई धन्यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्टो परेर दण्डवत् गरे ।
21 Offrirono sacrifici al Signore e gli bruciarono olocausti il giorno dopo: mille giovenchi, mille arieti, mille agnelli con le relative libazioni, oltre numerosi sacrifici per tutto Israele.
भोलिपल्ट तिनीहरूले परमप्रभुको निम्ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्ना अर्घबलि र सबै इस्राएलको निम्ति अरू प्रशस्त बलिदान चढाए ।
22 Mangiarono e bevvero alla presenza del Signore in quel giorno con manifestazioni di grande gioia. Di nuovo proclamarono re Salomone, figlio di Davide, lo unsero, consacrando lui al Signore come capo e Zadòk come sacerdote.
त्यो दिनमा, तिनीहरूले ठुलो उत्सव मनाउँदै परमप्रभुको सामु त्यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे ।
23 Salomone sedette sul trono del Signore come re al posto di Davide suo padre; prosperò e tutto Israele gli fu sottomesso.
त्यसपछि सोलोमन आफ्ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।
24 Tutti gli ufficiali, i prodi e anche tutti i figli del re Davide si sottomisero al re Salomone.
सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्नो राजभक्ति देखाए ।
25 Il Signore rese grande Salomone di fronte a tutto Israele e gli diede uno splendore di regno, che nessun predecessore in Israele aveva avuto.
सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।
26 Davide, figlio di Iesse, aveva regnato su tutto Israele.
यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्य गरे ।
27 La durata del suo regno su Israele era stata di quarant'anni; in Ebron aveva regnato sette anni e in Gerusalemme trentatrè.
दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म राज्य गरे । तिनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तिस वर्ष राज्य गरे ।
28 Morì molto vecchio, sazio di anni, di ricchezza e di gloria. Al suo posto divenne re il figlio Salomone.
तिनी दिर्घ जीवन, धन-सम्पत्ति र मानमा आनन्द भई वृद्धावस्थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।
29 Le gesta del re Davide, le prime come le ultime, ecco sono descritte nei libri del veggente Samuele, nel libro del profeta Natan e nel libro del veggente Gad,
शमूएल अगमवक्ताको इतिहास, नतान अगमवक्ता इतिहास र गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन् ।
30 con tutta la storia del suo regno, della sua potenza e di quanto avvenne in quei tempi durante la sua vita, in Israele e in tutti i regni degli altri paesi.
त्यहाँ तिनको शासनको समयका कामहरू, तिनका उपलब्धिहरू र तिनलाई असर पारेका घटनाहरू, इस्राएल, र अन्य देशका राज्यहरूको बारेमा त्यहाँ लेखिएका छन् ।